Khabar Dabali Logo
  November 18, Mon

सार्वजनिक सेवामा सहज पहुँच पाउनुपर्छः मुख्यमन्त्री पौडेल

हेटौँडा । प्रदेश नं। ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सार्वजनिक सेवामा सबैको सहज पहुँच हुनुपर्ने बताएका छन् ।

प्रदेश नं ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आयोजित दुई दिने ‘कानूनी सहजकर्ता तालीम’को आज यहाँ उद्घाटन गर्दै उनले भने, “गरीब, विपन्न, असहाय र अशक्तहरुको सार्वजनिक सेवामा सहज पहुँचका लागि प्रदेश सरकार सम्वेदनशील रहेको छ ।”

मुख्यमन्त्री पौडेलले स्थनीय तहको न्यायिक समितिलाई सहयोग गर्न तथा उपेक्षित, उत्पीडित र शोषित वर्ग एंव समुदायको सहायताका लागि कानूनी सहजकर्ता खटाइएको बताउँदै स्थानीय तहलाई सबल, सुदृढ र सक्षम बनाउनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको धारणा व्यक्त गरे ।

उनले नवनियुक्त कानूनी सहजकर्तालाई आफ्नो भूमिकालाई प्रभावकारी बनाउन निर्देशन दिँदै भ्रष्टाचारप्रति प्रदेश सरकार कठोर रहेको हुँदा सहजकर्ताबाट अनियमितता भएको देखिएमा तत्काल कारवाही गरिने बताए ।

प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले विधिको शासन सञ्चालनका लागि नवनियुक्त सहजकर्ताले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकतामाथि जोड दिए ।

तालीममा काभ्रे, नुवाकोट, रामेछाप, दोलखा, रसुवा र सिन्धुपाल्चोकका ५९ स्थानीयतहका लागि नियुक्त कानूनी सहजकर्ता, प्रदेशका ६ वटै जिल्लाका जिल्ला समन्वय समितिका उपप्रमुख र सबै स्थानीय तहका उपप्रमुखको सहभागिता रहेको छ ।

भदौ २४ गते, २०७६ - २०:०७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनावश्यक मुआब्जा माग्ने प्रवृत्तिले विकास निर्माणमा अवरोध बढ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणको काममा आवश्यकभन्दा बढी मुआब्जा माग्ने प्रचलनप्रति...   

राष्ट्रपतिसमक्ष दुई प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया...   

नयाँ ट्याक्सीको दर्ता खुल्दै

काठमाडौं । सरकारले नयाँ ट्याक्सी दर्ता खोल्ने तयारी गरेको छ । एक हजार २०० अश्वक्षमताको र त्योभन्दा...   

नेमकिपाका वडाध्यक्षको उम्मेदवारसहित नेकपा प्रवेश

भत्तपुर । नेपाल मजदूर किसान पार्टीमा विभिन्न तहमा रहेका नेताहरु पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट...   

वर्तमान सरकारले नै सीमा समस्या हल गर्छ : पूर्वप्रधानमन्त्री खनाल

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपाको...   
नयाँ ट्याक्सीको दर्ता खुल्दै

नयाँ ट्याक्सीको दर्ता खुल्दै

काठमाडौँ । सरकारले नयाँ ट्याक्सी दर्ता खोल्ने तयारी गरेको छ । एक हजार २०० आवश्यक क्षमताको र त्योभन्दा...   
यस्तो छ  माथिल्लो त्रिशूली थ्री ए को नालीबेली !

यस्तो छ माथिल्लो त्रिशूली थ्री ए को नालीबेली !

काठमाडौं । लामो प्रतिक्षापछि ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री ए जलविद्युत् आयोजनाको औपचारिक...   

बाँकेमा बस दुर्घटना हुँदा १२ जना घाइते

राँझा । दाङको तुल्सीपुरबाट नेपालगञ्ज आउँदै गरेको यात्रुवाहक बस आज बिहान बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित...   
टिकटकका १ अर्ब ५० करोड प्रयोगकर्ता

टिकटकका १ अर्ब ५० करोड प्रयोगकर्ता

क्यालिफोर्निया। पछिल्लो समय निकै लोकप्रिय भइरहेको “टिकटक” नामको भिडियो एप डाउनलोड गर्नेहरुको संख्या...   
‘दिसा–पिसाबले च्यापे कहाँ जाने ?सार्वजानिक शौचालय छैन’

‘दिसा–पिसाबले च्यापे कहाँ जाने ?सार्वजानिक शौचालय छैन’

काठमाडौँ । ‘शौचालयको पहुँचबाट कोही पनि वञ्चित हुन नपरोस्’ भन्ने नाराका साथ साताँै शौचालय दिवस भोलि...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top