Khabar Dabali Logo
  September 16, Mon

शहीदका सपना पूरा गरिने: अध्यक्ष पाण्डे

कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गण्डकी प्रदेश कमिटी अध्यक्ष हितराज पाण्डेले जनयुद्ध तथा जनआन्दोलनका शहीदले देखाएको बाटो पार्टीले अवलम्बन गरेकाले तिनका सपना पूरा गरिने बताए ।

जनयुद्धका शहीदद्वय सुरेश वाग्ले र भीमसेन पोखरेलको २०औँ स्मृति दिवसका अवसरमा राष्ट्रिय युवा सङ्घ कास्की शाखाले आज आयोजना गरेको रक्तदान कार्यक्रम शुभारम्भ गर्दै उनले पार्टी एकीकरणका बाँकी काम छिट्टै सम्पन्न गरेर सरकार र पार्टीका कामलाई प्रभावकारी बनाइने उनको भनाइ थियोे ।

वर्तमान सरकारले लिएको ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारालाई कार्यान्वयन गरिने प्रतिबद्धता जनाउँदै उनले नेकपाको नेतृत्वमा रहेका तीनै तहका सरकारले यो नारा साकार बनाउने गरी कार्य गरिरहेको बताए ।

पार्टीका जिल्ला इन्चार्ज राजकाजी गुरुङले पार्टीले निर्वाचनका बेला सार्वजनिक गरेको घोषणापत्र र जनतामा गरेको प्रतिबद्धता पाँच वर्षभित्रै पूरा गरिने उल्लेख गरे ।

युवा सङ्घका नेताहरु विष्णु पुन, भोजराज पौडेललगायतले युवा सङ्घलाई समग्र युवाको नेतृत्व गर्ने गरी अघि बढाइने बताए । कार्यक्रममा १५१ पिन्ट रगत सङ्कलन भएको थियो ।

भदौ २३ गते, २०७६ - १३:३४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जब श्रीमानको व्यवहारमा परिवर्तन हुन थाल्छ

श्रीमान-श्रीमतीको जीवन यात्रा सजिलो होस् भन्नाका लागि एक-अर्कालाई सम्झन् र बुझ्न आवश्यक हुन्छ । कहिलेकाहीँ...   

मनास्लुमा आरोहीको ओइरो

काठमाडौ । यस वर्षको शरद ऋतु (अटम सिजन) मा सगरमाथासहितका हिमाल आरोहणका लागि ४७ आरोहण समूहका ३९५ आरोहीले...   

डेङ्गु नियन्त्रणमा सांसद बस्नेत आफैँ टोलटोलमा औषधि छर्कदै

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–६ स्थित कमेरोटारका छ सामुदायिक संस्थालाई आज डेङ्गु नियन्त्रणसम्बन्धी...   

आज पनि नेप्से दोहोरो अङ्कले घट्यो

काठमाडौ । आइतबार दोहोरो अङ्कले ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि...   

यसकारण ह्वात्तै बढ्रयो सम्बन्धविच्छेदका घटना

बागलुङ । आर्थिक वर्ष ०७३÷०७४ मा बागलुङ जिल्ला अदालतमा सम्बन्धविच्छेदका जम्मा १२७ मुद्दा दर्ता भए ।...   

अण्डाको मूल्यले खर्च नधानेपछि कृषक मारमा

चितवन । विगत दुई वर्ष यता फुल (अण्डा)को मूल्यले खर्च धान्न नसकेपछि व्यवसायी विस्थापित हुने अवस्थामा...   

विद्यालयमा डेङ्गु रोकथाम अभियान

धनगढी । डेङ्गुको संक्रमण बढ्दै गएपछि यसको रोकथामका लागि यहाँका विद्यालयमा अभियान शुरु गरिएको छ । यस...   
स्वर्ण पदक विजेता प्रिन्सलाई स्वागत

स्वर्ण पदक विजेता प्रिन्सलाई स्वागत

काठमाडाै । संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा सम्पन्न ‘दुबई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिजको...   

आन्ध्र प्रदेशमा डुङ्गा दुर्घटनामा परी ३९ बेपत्ता

नयाँ दिल्ली । भारतको दक्षिणपूर्वी राज्य आन्ध्र प्रदेशमा आइतबार दिउँसो भएको डुङ्गा दुर्घटनामा परी...   

अफगानिस्तानमा २४ लडाकूद्धारा आत्मसमर्पण

सिन्ह्वा । अफगानिस्तानका सरकारी सुरक्षाकर्मीसमक्ष २४ तालिबान लडाकूले आत्मसमर्पण गरेका छन् । देशको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top