Khabar Dabali Logo
  May 30, Sat

चारदशक पुगेपनि पीडितले पाएनन् लालपुर्जा

पोखरा । झण्डै चार दशक अघि गएको पहिरो सम्झदा ९२ वर्षिय धनराज गुरुङको मन अझै पनि चसक्क हुन्छ । विसं २०३३ जेठ २२ गते कास्कीको भगवतीटार (माझठाना)मा बिहान ६ बजेतिर गएको पहिरोपछि भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा नपाउँदा उनलाई उक्त घट्नाले अझै पिरोलीरहेको छ ।

तत्कालीन समयमा सरकारले भगवतीटार (माझठाना)का बाढीपीडितमध्येका २३२ परिवाररलाई कास्कीकै साबिक छिनेडाँडा गाउँ पञ्चायतको वडा नं २, ४ र ९ मा पुनर्वास गराएको थियो । वडा नं २ र ४ अहिलेको पोखरा महानगरपालिका–१४ मा पर्दछन् । वडा नं ९ महानगरको १५ नं वडामा पर्दछ ।

पुनर्वास गराइएकामध्ये केही समयपछि ७२ परिवारलाई कैलाली लगिएको र तीमध्ये १९ परिवार पुनः यही ठाउँमा आएको गुरुङले जानकारी दिए । “पहिरोका कारण आफ्नो थातथलो छोडेर हिँड्नु परेको पीडा त छँदैछ, सरकारले तत्कालीन अवस्थामा पुनर्वास गराएपनि भोगचलन गर्दै आएको जमीनको लालपुर्जा अहिलेसम्म पनि पाउन सकेका छैनौँ”, दुःखेसो व्यक्त गर्दै गुरुङले भने ।

तत्कालीन समयमा मन्त्रिपरिषद्बाटै निर्णय गरी सरकारले पुनर्वास गराउँदा प्रति घरधुरी घरवासका लागि १२ आना र खेतीबालीका लागि सात रोपनी चार आना गरी आठ रोपनी जग्गा उपलब्ध गराएको उनले जानकारी दिए । त्यसपछि केही व्यक्तिले जेनतेन लालपुर्जा लिए पनि अझै आफूजस्ता ३० घरपरिवार लालपुर्जाकै खोजीमा भौँतारिनुपरेको उनले गुनासो पोखे।

चार नाति र एक नातिनीका हजुरबुबा गुरुङ यतिखेर परिवारका सदस्य र अन्य आफूजस्तै पीडितले सरकारबाट उपलब्ध गराइएको जग्गाको पुर्जा पाएको हेर्ने इच्छा रहेको बताउछन् ।

गुरुङका अनुसार सरकारले तत्कालीन समयमा घरवास निर्माणका लागि प्रतिपरिवार एक÷एक हजार उपलब्ध गराएको थियो । त्यस समयमा एक हजार रुपैयाँले यही ठाउँमा पुर्जासहितको झण्डै १५ रोपनीसम्म जग्गा किन्न पनि पाइन्थ्यो ।

भोगचलन गर्न पाए पनि पुर्जा नभएकै कारण केही काम गरौँ भने पनि बैंकबाट ऋण निकाल्न नसकिनु जस्ता धेरै समस्याले आफूहरुलाई पिरोलेको अर्का पीडित क्षेत्रबहादुर गुरुङले बताए । पहिरो जाँदाकै भोलिपल्ट जन्मिएका क्षेत्रबहादुर अहिले ४३ वर्ष पुग्नुभयो । सरकारले भोगचलन गर्न दिएकै जग्गामा हुर्के बढेका उनी आफू जान्ने बुझ्ने भएदेखि लालपुर्जाकै खोजीमा भौँतारिँदै आएको छन् ।

आफू जन्मेसँगै हजुरबुबा रामजीत, बुबा गिरिराजसहितको परिवार त्यसबेलादेखि नै सरकारले उपलब्ध गराएको जग्गामा बस्दै आएको उनले बताए । “लालपुर्जा पाउन हजुरबुबा, बुबा हुँदै गर्दै आएको सङ्घर्षमा यतिखेर आफू तेस्रो पुस्ताको व्यक्ति लागिरहेको छु”, उनले भने, “यस बीचमा धेरै चुनाव पनि भए, भोट माग्न आउँदा लालपुर्जा उपलब्ध गराइदिन्छौँ, समस्या समाधान गर्छौं भन्छन्, जितेपछि फेरि बेवास्ता ।”

पञ्चायती शासन व्यवस्थादेखि बहुदलीय प्रजातन्त्र हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थासम्म आइपुग्दा पनि आफूहरूको समस्या ज्यूँको त्यूँ रहेको पीडितको गुनासो छ ।

लालपुर्जाकै अभावमा आफूहरू विकल्पविहीन बनेको अर्की पीडित सकुन्तला गुरुङले बताए । कास्कीमा २०३३ साल जेठ २२ गते भगवतीटार (माझठाना) मा गएको पहिरोलाई जिल्लाकै ठूलो प्राकृतिक विपत्तिका रुपमा लिइन्छ । उक्त पहिरोका कारण कैयौँ घरपरिवार विस्थापित बन्नाका साथै भगवतीटार खड्खडे बजारमा ९६ जनाको मृत्यु भएको गुरुङले जानकारी दिए । खड्खडे बजार तत्कालीन समयमा तनहुँ, लमजुङ लगायतका स्थान जाने मुख्य नाका थियो ।

भदौ ५ गते, २०७६ - १४:०२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हृदयाघातका कारण कोरियामा व्यवसाय गर्दै आएकी सबी भण्डारीको मृत्यु

हृदयाघातका कारण कोरियामा व्यवसाय गर्दै आएकी सबी भण्डारीको मृत्यु

सउल । कास्की, पोखरा घर भई हाल दक्षिण कोरियामा रेष्टुरेण्ट व्यवसाय गर्दै आएकी सबी भण्डारीको हृदयाघातका...   

प्रदेश नं. २ मा सङ्क्रमितको सङ्ख्या पाँच सय ५३ पुगे

जनकपुरधाम । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या ५५३ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा ५७ जना...   

ललितपुर सुनाकोठीकी महिलामा कोरोना सङ्क्रमण

ललितपुर । ललितपुर महानगरपालिका वडा नं २७ सुनाकोठी बस्ने स्थायी ठेगाना सुनसरी घर भएकी २३ वर्षीया महिलामा...   

आजदेखि कोरोनामुक्त भयो भक्तपुर

भक्तपुर । भक्तपुर नगरपालिका– ५ भेलुखेलका ४२ वर्षीय पुरुष ११ दिनको उपचारपछि कोरोनामुक्त भएर घर फर्किएसँगै...   
इरानबारे पछिल्लो अमेरिकी निर्णयको बेलायत, फ्रान्स, जर्मनीद्वारा आलोचना

इरानबारे पछिल्लो अमेरिकी निर्णयको बेलायत, फ्रान्स, जर्मनीद्वारा आलोचना

लन्डन । इरानसँगको आणविक सम्झौतामा परेका राष्ट्रका कम्पनीहरूको प्रतिबन्ध माफी अन्त्य गर्ने अमेरिकी...   
गुडिरहेको बसमा वम विस्फोट हुँदा पत्रकारसहित बस चालकको मृत्यु

गुडिरहेको बसमा वम विस्फोट हुँदा पत्रकारसहित बस चालकको मृत्यु

काबुल । अफगानिस्तानको राजधानी काबुलमा भएको वम आक्रमणमा परी एक टेलीभिजन पत्रकार र बसका चालकको मृत्यु...   
पिसिआर विधिलाई व्यापक बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन

पिसिआर विधिलाई व्यापक बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन

काठमाडौ । सङ्घीय संसद्को अन्तरराष्ट्रिय सम्बन्ध समितिले कोभिड–१९ को परीक्षणका लागि आरडिटी विधि प्रभावकारी...   

गर्भवतीले जितिन् कोरोना

चितवन । गत बुधबार हेटौँडामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएकी महिलाको दोस्रो पटकको पिसिआर परीक्षण...   

कैलालीमा महिला मृत फेला, हत्याको आशङ्कामा तीन नियन्त्रणमा

कैलाली । धनगढी उपमहनगरपालिका–३ स्थित विशालनगरमा एक विवाहित महिला आज मृत अवस्थामा फेला परेकी छन् । विशालनगरस्थित...   
धान किसान निराश : बीउ अभाव कायमै

धान किसान निराश : बीउ अभाव कायमै

तानसेन । पाल्पामा सबैजसो स्थानीय तहले कृषकलाई धानको बीउ वितरण गरेका छन् । स्थानीय तहले मागअनुसारको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top