Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

पुडासैनी मृत्यु प्रकरण : ‘निष्पक्ष छानबिन गर्न दिनुपर्छ’

काठमाडौ । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने र अनुसन्धानमा कुनै अवरोध सिर्जना गर्न नहुनेमा कानून व्यवसायी, पत्रकार, नागरिक समाजको एकमत छ ।

सम्बद्ध विभिन्न सङ्घसंस्थाले विज्ञप्ति जारी गरेरै घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कारवाही गर्न सरकारसँग माग गरेका छन् । घटनाको अनुसन्धान प्रभावित हुने काम कसैले गर्न नहुनेमा जोड दिइएको छ ।

पोलिएका व्यक्तिलाई यसअघि पटक–पटक अनुसन्धानको दायरामा ल्याइएको र मुद्दा चलाइएका घटना रहेकाले अनुसन्धानलाई नै प्रभावित पार्ने मनसायले कुनै पनि पक्षबाट प्रदर्शन गर्न नहुने कानून व्यवसायी बताउँछन् । अनुसन्धानका लागि नियन्त्रणमा लिइएका व्यक्ति दोषी हो या निर्दोष हो भन्ने कुरा अदालतले निर्णय गर्ने भएकाले पक्ष वा विपक्षमा प्रदर्शन गर्नुको अर्थ नहुने उनीहरुको भनाइ छ ।

घटनाको अनुसन्धानका लागि टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जना समातिएपछि भइरहेका गतिविधिबारे नेपाल बार एशोसिएसन चितवनका पूर्वअध्यक्ष गोपीलाल देवकोटाले कानूनमा आधिकारिक निकायलाई कुनै पनि घटनामा संलग्न रहेको आशङ्का गरिएका व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गर्ने अधिकार रहेको बताए ।

देवकोटाले भने, “पत्रकार पुडासैनीको आत्महत्याको ढङ्गबाट मृत्यु भएको देखिन्छ, मृत्युकालीन घोषणामा केही व्यक्तिको नाम पोलेको छ, यसलाई अदालतले निक्र्यौल गर्ने कुरा हो, अनुसन्धानलाई दबाब दिनु हुँदैन र प्रदर्शन जरुरी पनि छैन, राज्यले पनि उनीहरुमाथि दबाब सिर्जना गर्नु हुँदैन ।”

प्रहरीले उक्त घटनामा पत्रकार पुडासैनीले मर्नुअघि मोबाइलमा श्रव्यदृश्य रेकर्ड गरेको भिडियोमा नाम किटान भएअनुसार पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ । नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले न्यायिक चरणमा पुगिसकेकाले उक्त घटनामा न्यायालयको फैसला पर्खनुको विकल्प नरहेको प्रतिक्रिया दिए । “संयम भएर फैसला कुर्नुभन्दा अरु केही देखिँदैन”, खतिवडाले भने । लामिछानेको समर्थनमा सत्यतथ्य छानबिनको माग गर्दै प्रदर्शन भइरहेको र अर्कोतर्फ पुडासैनीले न्याय पाउनुपर्छ भन्दै ¥याली निकाल्ने काम भएको उनले जानकारी दिए ।

चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले चितवनमा भइरहेको उच्छृङ्खल गतिविधिको सूक्ष्म निगरानी भइरहेको र धैर्यका साथ संयम भएर प्रहरीले काम गरिरहेको बताए । “अस्पताल जस्तो संवेदनशील क्षेत्रलाई आड बनाएर प्रहरीमाथि नै आक्रमणको दुष्प्रयास भएको छ, प्रहरीले भीड नियन्त्रण गर्न खोज्दा अस्पतालमा लुक्ने अनि फेरि गैरकानूनी गतिविधिमा उत्रने काम शनिवार भयो, तैपनि प्रहरी संयम भएर सुरक्षामा खटिएको छ”, मल्लले भने । शनिबार मोबाइल गस्तीमा रहेको प्रहरीको गाडीलाई आक्रमण प्रयास भएपछि प्रहरीले केही सेल अश्रुग्यास र लाठी चार्ज गरेर भीड तितरवितर पारेको थियो ।

उक्त घटनाको विषयमा नेपाल पत्रकार महासङ्घले केही दिनअघि विज्ञप्ति जारी गरी सत्यतथ्य छानबिन गर्न आग्रह गरेको छ । महासङ्घले सञ्चारगृहमा गएर गरिएको सञ्चारकर्मीको गिरफ्तारीको पनि विरोध गरेको छ । नागरिक समाज चितवनले पनि शनिवार विज्ञप्ति जारी गरी जाहेरीउपर अनुसन्धानको सिलसिलामा मानिस पक्राउ गर्नु स्वाभाविक भएको उल्लेख गर्दै उक्त घटनाको निष्पक्षरूपमा छानबिन र अनुसन्धान गर्न माग गरेको सचिव गोपीलाल देवकोटाले बताए । विज्ञप्तिमा छानबिनको विषयमा कुनै पनि किसिमको दबाब सिर्जना नगर्न र निष्पक्ष छानबिनका लागि सहयोग गर्न नागरिक समुदायसँग आग्रह गरिएको उनले जानकारी दिए ।

बिहीबार सार्वजनिक भएको पुडासैनीले मर्नुअघि मोवाइलमा रेकर्ड गरेएको भिडियोका आधारमा प्रहरीले अनुसन्धानका लागि न्यूज २४ टेलिभिजनको ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका सञ्चालन रवि लामिछाने, सोही कार्यक्रममा कार्यरत युवराज कँडेल र ओखलढुङ्गाकी रुकु भन्ने अस्मिता कार्कीलाई काठमाडौँबाट पक्राउ गरी चितवन लगेको थियो । उनीहरुलाई प्रहरीले शुक्रबार चितवन जिल्ला अदालतमा पेश गरेकामा अदालतले अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको छ ।

उक्त भिडियोको प्रहरीले डिजिटल परीक्षणसमेत गरिसकेको छ । परीक्षणमा रेकर्ड गरिएको भिडियो उनकै रहेको पुष्टि भएको प्रहरीले जनाएको छ । मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी कसुरअन्तर्गत दफा १८५ मा कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन । यस्तो कसुर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र रु ५० हजारसम्म जरिवाना हुने उल्लेख छ ।

शनिबारको प्रदर्शनमा उच्छृङ्खलता प्रदर्शन गरी प्रहरीमाथि ढुङ्गा हानेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरी अनुसन्धान थालेको चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । उनीहरुलाई कानूनअनुसार कारवाही हुने बताउँदै कोइरालाले भने, “प्रदर्शन एउटा पाटो, अनुसन्धान अर्को पाटो हो, यसले अनुसन्धानलाई केही फरक पर्दैन ।”

यसअघि शुक्रबार पनि चितवनमा प्रदर्शन भएको थियो । माउन्टेन टेलिभिजनका पत्रकार पुडासैनी यही साउन २० गते चितवनको नारायणगढस्थित होटल कङ्गारुको कोठाभित्र झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । घटना हुनुअघि उनले पक्राउ परेका तीन जनाको नाम लिएर आफूलाई यो अवस्थामा पु¥याउन बाध्य बनाएको भन्दै रेकर्ड गरिएको भिडियो फेला परेको थियो ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies