Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

काठमाडौंको होटलहरुमा बाहिर खाजाघर, भित्र यौनधन्दा

काठमाडाै । खाजा पसलको नाममा दर्ता नगरी र पसलमा १–२ वटा खाजाका ‘आइटम’ राख्ने र महिला तथा युवतीलाई यौन धन्दामा लगाउने गरेको प्रहरीले तथ्य फेला पारेको हो ।
पछिल्लो समय खाजा पसलका नाममा यस्तो क्रियाकलाप गरेको भन्दै गत जेठ ३ गते काठमाडौंको नयाँ बसपार्कबाट २८ जनालाई प्रहरीले पक्राउ गरेकोे थियो । प्रहरीले नयाँ बसपार्क क्षेत्रका खाजाघर तथा रेस्टुरेन्टमा यौन क्रियाकलाप गर्ने १५ पुरुष र १३ जना महिला गरी २८ जना पक्राउ गरेको थियो ।

नयाँ बसपार्क, कोटेश्वर, चाबहिल, गौशाला लगायतका क्षेत्रमा दर्ता नगरिकनै खाजा पसलका नाममा यौनधन्दा भइरहेको तथ्य खुलेको प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले बताए ।

‘मानिसको भीडभाड हुने तथा राजधानीका मुख्य ठाउँ मानिने कोटेश्वर, कलकंकी, नयाँ बसपार्क, रत्नपार्क लगायतका क्षेत्रमा उनीहरूको सक्रिय देखिन्छ,’ एसएसपी सुवेदीले भने ।

‘ए दाई हामी मिलाइदिन्छौं, जाने हो ? सुरक्षित छ क्या ? जस्ता शब्द प्रयोग गर्ने दलालले सर्वधारणलाई अप्ठ्यारो पारेको भन्ने सूचनाहरू हामी कहाँ आइरहन्छन् । त्यसलाई हामीले समुदायसँग साझेदारीमा नियन्त्रणमा लिने, सम्झाउने तथा सुध्रिनको समय दिने । यति हुँदाहुँदै पनि अटेरी गर्नेलाई कानून बमोजिमको कारवाहीका लागि सिफारिस गर्छौं,’ प्रमुख सुवेदीले भने ।

३ थरिका यौन क्रियाकलाप

दिउँसो यौन क्रियाकलाप गर्ने महिला–पुरुष, राति ८ बजेदेखि ११ बजेसम्म यौन क्रियाकलाप गर्ने र तेस्रोलिङ्गी यौन क्रियाकलप गर्ने गरी ३ थरिका समूह सक्रिय छन् । प्रहरीले यस्ता समूहलाई कानूनी दायरामा ल्याउन र राजधानीमा आम सर्वसाधारणलाई सहज रुपमा हिँडडुल गर्न सक्ने वातावरण बनाउन लागिपरेको प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए ।

‘तेस्रोलिङ्गीहरू ठमेलको सञ्चय कोष छेउछाउ, चाबहिल, नयाँ बसपार्कमा सक्रिय रहेका छन् । हामीले उनीहरूलाई यस्ता क्रियाकलापबाट निरुत्साहित गर्न अथवा सचेत गराउने, नमानेमा कानूनको दायरामा ल्याउने गरेका छौं,’ उनले भने ।

शनिवार रत्नपार्क विशेष सरसफाइ

रत्नपार्कमा यौनजन्य क्रियाकलाप गर्ने समूहलाई लगभग अन्त्य गर्दै लैजाने क्रममा त्यस्ता क्रियाकलाप गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको एसएसपी सुवेदीले बताए । उनका अनुसार अझै पनि यौनजन्य गतिविधि गर्नेलाई छाडिने छैन ।

‘हामीले यौनजन्य गतिविधि गर्नेहरूलाई त्यसक्षेत्रबाट हटाइसकेका छौं । अब हामीले त्यस क्षेत्रमा भएका भौतिक फोहोरलाई पनि शनिवार काठमाडौं परिसरको पहलमा सरसफाइ अभियान राखेका छौं,’ एसएसपी सुवेदी थपे, ‘त्यस क्षेत्रमा कागज तथा अन्य फोहोर जम्मा भएका छन् । साथै ओभर ब्रीजहरू पनि जीर्ण भएका छन् । जिम्मा लिएका ठेकेदार मनोज भेटवालसँग कुरा गरिसकेका छौं । अब शनिवार मर्मतसँगै रंगरोगन पनि गरिने छ र सुन्दर बनाउँछौं ।’

खाजा व्यवसायी र कामदार महिलालाई सचेतना तालिम

काठमाडौंका खाजा पसल र त्यसमा काम गर्ने मजदूर र महिला कर्मचारीलाई प्रहरीले सचेतनामूलक तालिमको व्यवस्था गरेको छ । काठमाडौं प्रहरी परिसर, राजस्व विभाग र होटल व्यवसायीको सहकार्यमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न लागेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) होविन्द्र बोगटीले बताए ।

‘राजस्वको दायरामा नआएका खाजा पसललाई राजस्व विभागले दायरामा ल्याउँछ र अनैतिक क्रिलाकलाप गर्नबाट जोगाउनको लागि हामीले सचेतनामूलक तालिम दिन्छौं,’ बोगटीले थपे, ‘समुदायको सहकार्यमा हामीले यस्ता कार्यक्रम गर्ने हो यसले गर्दा समाजले पचाउन नसक्ने यस्ता क्रियाकलप भए गरेको देखेमा हामीलाई सूचना आउनेछ भन्ने विश्वास लिएका छौं ।’

इच्छाले होटल गएका जोडीलाई छूट

इच्छाले होटलमा बस्ने जोडीलाई प्रहरीले हस्तक्षेप गर्न छोडेको छ । ‘कुनै पनि मानिसको निजी मामिलामा हस्तक्षेप गर्न कानूनले पनि दिँदैन र हामीले सुरक्षाको हिसाबले बाहेकका अन्य कुराले सर्वसाधारणलाई पक्राउ गर्दैनौं,’ अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सहकुल थापाले लोकान्तरलाई भने, ‘सामान्य रुपमा कुनै होटलमा मानिसहरू जान्छन्, ड्रिंक्सहरू गर्दछन, खाजानास्ता खान्छन् भने त्यसलाई सामान्य रुपमा लिइन्छ । यसलाई रोक्ने कुरा भएन ।’

केटाकेटी, प्रेमीप्रेमिका कानूनी रुपमा होटलमा जाँदा प्रहरीले कुनै रोकावट नगर्ने प्रहरीले स्पष्ट पारेको छ । ‘कुनै होटल, गेस्ट हाउस वा लजमा केटाकेटी, ब्वाइ फ्रेन्ड र गर्ल फ्रेन्डको रुपमा लिगल्ली रुपमा जान्छन् भने त्यो अधिकार पनि छ । त्यसमा हाम्रो रोकावट हुँदैन । हामीले मुख्य गरेर होटल, गेस्ट हाउस वा लजमा गलत कामका लागि युवायुवती राख्ने, बाहिरबाट ग्राहक खोजेर ल्याउने अवस्थालाई हाम्रो कानूनले छुट दिएको छैन र हामीले त्यस्तो गतिविधि गर्ने वा गराउनेलाई नियन्त्रणमा लिन्छौं,’ उनले भने । लोकान्तर

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies