Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

भोजपुर घटना: मृतक राईकी पत्नीले रुँदै सरकारलाई गरिन् यस्तो आग्रह

तत्कालीन माओवादीबाट फुटेर बनेको नेत्रविक्रम चन्द नेतृत्वको दलको आक्रमणमा एकजना प्रहरी मारिएको अधिकारीहरूले जनाएका छन्।

उक्त घटनामा चन्दको दलका एकजना जिल्ला नेता निरकुमार राई पनि मारिएका छन्।

प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार भोजपुर नगरपालिका वडा नम्बर ७ स्थित हटियालाईनमा हतियार सहित केही व्यक्तिहरु लुकीछिपी बसेको सूचनाको आधारमा अनुसन्धानमा खटिएको प्रहरीमाथि हतियारधारी समूहले एक्कासी गोली प्रहार गरेपछि घटना भएको हो।

को-को मारिए ?
प्रहरी जवान सहित दुईजनाको जिल्ला अस्पताल भोजपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मारिएका प्रहरी संजिव राई जिल्ला प्रहरी कार्यालयमा कार्यरत थिए।

प्रहरीले हतियारधारी समूहका करिब ३५ वर्षीय निरकुमार राईको साथबाट ठूलो चिनियाँ पेस्तोल र त्यसको म्याग्जिन एक-एक थान र उक्त पेस्तोलमा लाग्ने गोली छ राउण्ड बरामद भएकोु जनाएको छ।

घटनामा अन्य दुईजना प्रहरी जवान समेत घाइते भएका छन्।
उनीहरूको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।

विप्लवको दलका अन्य ४र५ जना व्यक्तिहरू फरार भएको र उनीहरूको खोजतलास गर्नुका साथै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

यसअघि विप्लवको दलले सुरक्षाकर्मीलाई आक्रमण गर्ने कुनै नीति नरहेको बताएको थियो।

तर उसले राजधानी उपत्यका लगायत देशका विभिन्न ठाउँमा भएका कैयौं हिंसात्मक घटनाको जिम्मेवारी लिएको थियो। ती घटनामा सर्वसाधारण र उसकै कार्यकर्ता पनि मारिएका छन्।

प्रहरी मारिएको भने यो पहिलो घटना हो। सरकारले उक्त दलका गतिविधिमाथि प्रतिबन्ध लगाएको छ।

मृतककी पत्नीको भनाइ
घटनाबारे विप्लवको दलको प्रतिक्रिया यो समाचार तयार पारुन्जेल आइसकेको छैन।

मृतक निरकुमार राईकी पत्नी इन्द्रकला राईले आफ्ना पति आफूहरूलाई भेट्न बिहान पाँच बजेतिर डेरामा आएको र करिब एक घन्टापछि गएको बताइन्।

उनले भनिन्, त्यसको एक घन्टापछि एकजना दिदीले बोलाउनु भयो। म सानो बच्चा लिएर त्यता जाँदै थिएँ, प्रहरीले बाटो बन्द गरेका थिए। के भयो भनेर सोध्दा प्रहरीले विप्लवका कार्यकर्तासँग भिडन्त भएको र मान्छेहरू मारिएको बताए।

त्यसपछि ती दिदी कहाँ पुग्दा यो मान्छे चिन्छ्यौं भनेर अनुहार घोप्टो परिरहेको मान्छेको फोटो देखाइन्। फोटोमा रगताम्य देखिन्छ। तर घटनास्थलमा रगत देखिन। पानी परिरहेको थियो।

उनले घटना कसरी भयो भन्नेबारे आफूलाई कुनै जानकारी नभएको तर फोटोमा हात बाँधिएको देखेको भन्दै उनले समातेर हत्या गरिएको हो कि भन्ने शङ्का आफूलाई लागेको बताइन्।

उनले भनिन्, आफू त सानो बच्चा पढाएर बसेको मान्छे, केही जान्दिन, घटना के भएको हो भन्नेबारे अब छिनोफानो सरकार र पार्टीले गर्नुपर्छ।

आइन्दा यस्तो घटना नहोस्

त्यति भनेपछि उनको गला अवरूद्ध भयो। उनले रुँदै सरकारलाई आफ्नो केही आग्रह रहेको सुनाइन्।

म तपाईँको मिडिया मार्फत के भन्न चाहन्छु भने आइन्दा यस्तो खालको घटना नहोस्, आखिर मर्ने र मार्ने जो भए पनि दुबै जनाको मृत्यु भयो। मर्ने नेपाली दाजुभाई नै हुन्। सरकारले यस्तो काम गर्नु भएन। आज यो घटना भयो भोलि अर्को होला, सरकारले के गर्न खोजेको ? विशेष गरेर सरकारले कुरा बुझ्नु पर्याे।

सरकार भनेको देशको अभिभावक हो। सरकार, मन्त्री, गृहमन्त्री आमाबाबु हुन्। बाबुआमाले यस्तो गर्न मिल्दैन। आखिर उनीहरूका पनि छोराछोरी छन्। आज मेरो श्रीमान बित्नु भयो। भोलि अरू दाजुभाई दिदीबहिनीको यस्तै हालत होला। सरकारले (विप्लवको दललाई) प्रतिबन्ध लगायो, आफ्नै तरिकाले गरिखाँदै आएका सोझा साझा जनतालाई, त्यसैले मान्छेहरू मारिइरहेका छन्। मारिएका प्रहरी दाजुभाईका पनि त श्रीमती थिए। उनी पनि म जस्तै विधवा भएर बस्नु पर्ने भयो। मृतक दुबैको के दोष थियोरु तपाईँहरूले कसरी हुन्छ नेता, सरकार र मन्त्रीहरूलाई ब्युँझाउनु होस्। किन भने बाँच्नु छ, शान्ति ल्याउनु छ।

उनले आफू पार्टीमा नलागेको सर्वसाधारण भएको र पार्टीबारे आफूलाई केही थाहा नभएको बताइन्।

म जस्तो अरूलाई नपरोस्
उनी भन्दै गइन्:

जो मारिए उनीहरूबीच के दुश्मनी थियो ररु त्यसैले प्रतिबन्ध हटाउनु पर्‍यो। सोझा सिधा जनताले गरिखान पाउनु पर्छ। सरकारले पनि घमण्ड नगरोस्, पार्टीले पनि नगरोस्। आज म जुन दुस्खमा छु, अब यस्तो दुखमा अरू नपरुन् भन्न चाहन्छु। एजेन्सी

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies