Khabar Dabali Logo
  July 19, Fri

नाइजेरिया र सेनेगल सेमिफाइनलमा

एजेन्सी । नाइजेरिया र सेनेगल अफ्रिका कप अफ नेसन्स फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा नाइजेरियाले दक्षिण अफ्रिकालाई २–१ गोलले हराउँदै अन्तिम चारमा पुगेको हो । अर्को खेलमा सेनेगलले १० खेलाडीमा सिमित बेनिनलाई १–० गोलले हराउँदै सेमिफाइनलमा स्थान बनायो ।

नाइजेरियाको जितमा स्यामुएल चुकेउजेले २७औं मिनेटमा सुरुवाती गोल गरेका थिए । त्यसपछि दक्षिण अफ्रिकाका बोनगानी जुंङगुले ७१औं मिनेटमा बराबरी गोल फर्काए । अफ्रिकाको बराबरी गोलपछि जोसिएको नाइजेरियाले ८९औं मिनेटमा निर्णायक गोल गरेको थियो । नाइजेरियाका विलियम ट्रोस्ट एकोङले गोल गर्दै टोलीलाई सेमिफाइनलमा पुर्याएका थिए । सेमिफाइनलमा नाइजेरियादे आइभरी कोस्ट र अल्जेरियाबीचको विजेतासँग खेल्नेछ ।

यसैगरी प्रतिस्पर्धात्मक अर्को खेलमा सेनेगलको जितमा इडिरसा गाना युईएले ७०औं मिनेटमा गोल गरेका थिए । बेनिनले खेलभर गोलगर्न लायक अवसर बनाउन सकेन । ८३औं मिनेटमा बेनिनका ओलिभर भर्डोन रातो कार्ड पाउँदै बाहिरिएका थिए । त्यसपछि बेनिन थप दबाबमा देखिएको थियो । सेमिफाइनलमा सेनेगलले माडागास्कर र ट्युनिसियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

असार २६ गते, २०७६ - १०:१३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मंसिर पहिलो साता उपनिर्वाचनको सम्भावना

काठमाडौं । निर्वाचन आयोगले कात्तिक मसान्त वा मंसिर पहिलो साताभित्रै रिक्त सबै स्थानमा उपनिर्वाचन...   
अनेरास्ववियुमा विवादः माधव नेपाल र प्रचण्ड पक्षको बहिस्कार

अनेरास्ववियुमा विवादः माधव नेपाल र प्रचण्ड पक्षको बहिस्कार

काठमाडौं । नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूको पत्रकार सम्मेलनलाई माधव नेपाल र प्रचण्ड पक्षधरले...   

जग्गा सरकारी, दर्ता निजी, मोही वाग्मती खोलो

काठमाडौं । सिनामंगलको ४३ रोपनी ५ आना ३ पैसा सरकारी जग्गा व्यक्तिका नाममा पाइएको छ । काठमाडौँ मेडिकल...   

१५ महिनाअघि नै पाइपलाइनबाट पेट्रोलियम पदार्थ ल्याउदै

काठमाडौं । तोकिएको समयभन्दा झन्डै आधा समयमै भारतको मोतिहारीबाट नेपालको अमलेखगञ्जसम्म पाइप लाइनबाट...   

प्रशासन हाँक्ने कानुन खै ?

काठमाडौं । संघीयता कार्यान्वयनमा आएको चार वर्षसम्म पनि संघीय शासनअनुरूपको प्रशासनिक संयन्त्र तयार...   

मलेसियाले जरिवाना तिरे गैरकानुनी कामदारलाईस्वदेश फर्कन दिने

काठमाडौं । मलेसियाले गैरकानुनी आप्रवासी कामदारलाई माफीसहित स्वदेश फर्कन दिने भएको छ । आजको कान्तिपुर...   

आजको राशिफल

काठमाडौं । वि.सं.२०७६ साल साउन ०३ गते । शुक्रबार । ईश्वी सन् २०१९ जुलाई १९ तारिख । नेपाल संवत् ११३९ ।...   

२ सय ४० न्यायाधीश एकैचाेटी सरुवा

काठमाडौं । न्यायपरिषद्ले एकैपटक २ सय ४० न्यायाधीशलाई सरुवा गरेको छ । न्यायपरिषद्का अध्यक्ष तथा प्रधानन्यायाधीश...   

गण्डकीमा बढे पर्यटक

पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मा गत आर्थिक वर्ष सबैभन्दा धेरै पर्यटक आएका छन्।...   
प्यान दर्ता तत्काल सम्भव छैन : महासंघ

प्यान दर्ता तत्काल सम्भव छैन : महासंघ

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले तत्काल प्यान दर्ता गरी बैंकमार्फत तलब भुक्तानी गर्ने...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top