Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

हराउने मान्छेको संख्या १५ सय बढी पुग्याे , किन हराउँछन् त मान्छे ?

काठमाडौं । टोखाकी १५ वर्षीया किशोरी विगत १० दिनदेखि हराइरहेकी थिइन् । सुरुमा परिवारले आफन्त र छिमेकमा बुझे । फेला पारेनन् । एसईई दिएर बसेकी छोरी हराएपछि अभिभावकले उनका साथीसँग बुझे ।

आजको अन्न्पुर्ण पोष्ट दैनिकमा खबर छ - उनी एक किशोरसँग भारतको उत्तर प्रदेश पुगेको सूचना आयो । उमेर नपुगीकनै छोरी किशोरसँग हिँडेपछि बाबुआमा चिन्तित नहुने कुरै भएन ।

घटना महानगरीय प्रहरी परिसर टेकुसम्म पुग्यो । प्रहरीले कल लोकेसनका आधारमा उत्तर प्रदेशको झाँसीमा किशोरी देखियो । प्रहरीले परिवारकै विशेष आग्रहमा किशोरीलाई काठमाडौं ल्याउँदैछ ।

चोभारकी एक गृहिणी विगत १५ दिनदेखि हराइरहेकी छिन् । पारिवारिक स्रोतले उनी दिल्लीतर्फ उडेको जानकारी प्रहरीलाई दिएको छ । श्रीमान्ले उनका नाममा घरजग्गा राखिदिएका थिए । विवाहमा खर्चिएको गहना लिएर भागेपछि श्रीमान् तनावमा छन् । परिसर टेकुमा श्रीमती खोजतलासका लागि निवेदन लिएर पुगेका श्रीमान् प्रहरीसामु भन्दै थिए, ‘मेरा दुई श्रीमती छन् । अहिले भागेकी दोस्री हुन् । धेरै माया गर्थें । जग्गाघर पनि उनकै नाममा गरिदिएँ । केमा चित्त बुझेन भागिन् ।’ ठेक्कापट्टाको काम गर्ने श्रीमान्ले कमाएको सम्पत्ति लिएर भागेकी ती गृहिणीलाई प्रहरीले खोजी गरिरहेको छ ।

टेकुस्थित घरबाटै १५ वर्षीया किशोरी हराएपछि परिवारले प्रहरीमा उजुरी दियो । प्रहरीले फोन लोकेसनका आधारमा ती किशोरीलाई एक किशोरसँग धनगढीमा फेला पा¥यो । उनलाई प्रहरीले समातेर ल्यायो । किन भाग्यौ भन्ने प्रश्नमा किशोरीको जबाफ थियो, ‘मलाई त्यो केटा मन प¥यो, परिवारले विवाह गर्न मानेन अनि भागें ।’

यी तीन घटना प्रतिनिधि मात्रै हुन् । राजधानीमा पछिल्ला दिनमा दिनहुँजसो कोही छोरी, कोही बुहारी त कोही श्रीमती हराएको भन्दै खोजतलासका लागि निवेदन पर्ने गरेको महानगरीय प्रहरी परिसरले जनाएको छ । परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले चालु आर्थिक वर्षको जेठसम्म मानिस हराएका एक हजार पाँच सय ४१ वटा उजुरी परेको बताए । अघिल्लो आर्थिक वर्षको तुलनामा यो संख्या तीन सय २८ बढी हो । चालु आवमा हराएकामध्ये महिलाको संख्या ६ सय ७८ छ ।

खोजतलास गर्दा सात सय ७९ जना भेटिएका छन् । प्रहरीले भेटिएका महिला र पुरुषको भिन्नाभिन्नै तथ्यांका भने दिएको छेन । डीएसपी बोगटीका अनुसार बढी हराउनेमा १५ वर्षदेखि ५५ वर्ष उमेर समूहका किशोरी र महिला छन् । ‘केही परिवारसँग पूरै सम्पर्कविहीन भएरै हराएका देखिन्छन्’, उनले भने, ‘तर अधिकांश परिवारले शंका गरेकै व्यक्तिसँग भागेर लुकिछिपी बसेका भेटिन्छन् ।’

घरायसी खटपट, महिला हिंसा, परपुरुषसँगको सम्बन्धका कारणले व्यक्ति हराउने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । केही ‘डिप्रेसन’ का रोगी पनि परिवारलाई थाहै नदिई भागेका घटना छन् ।

काठमाडौं मेडिकल कलेजमा चिकित्सा शास्त्र ९एमबिबिएस० चौथो वर्षमा पढिरहेका शिशिर खनाल गत जेठ २५ गते मृत भेटिए । उनी जेठ १७ गतेबाट हराएका थिए । प्रहरीका अनुसार खनालले डिप्रेसनको औषधि खाँदै आएका थिए ।

डिएसपी बोगटीका अनुसार वैदेशिक रोजगारमा गएका पुरुष स्वदेश फर्किंदा श्रीमती अर्कै पुरुषसँग भागेका घटना पनि धेरै छन् । ‘ श्रीमान् विदेशमा बसेर काम गरी पसिना काटी पैसा पठाउँछ । यता नेपालमा बसेर श्रीमती अर्कैसँग लागेकी हुन्छिन्’, बोगटी भन्छन्, ‘ श्रीमान् घर आउँदा श्रीमती र पैसा दुवै हुँदैन । अनि श्रीमान्ले श्रीमती हराइन् भनेर उजुरी लिएर आउँछन्।’

मनोविद् गोपाल ढकाल व्यक्ति हराउनुमा थुप्रै कारण रहेको बताउँछन् । उनी भन्छन्, ‘किशोराकिशोरी हराउनुमा अभिभावकसँगको तालमेल नमिल्नु, सामाजिक सञ्जालको दुरुपयोग र परिवारभित्र स्वतन्त्रता नपापाउनु हो ।

अर्को कुरा मानसिक रोगी परिवारलाई थाहै नदिई हराउने गरेका छन् ।’ कतिपय अवस्थामा किशोरीमा यौन उत्तेजना पलाउने तर, त्यो कुण्ठा कता पोख्ने भनेर आपसी रमाइलो गर्न पनि परिवारलाई थाहै नदिई बेपत्ता हुने प्रवत्ति देखिन्छ । ‘सबै इच्छा पूरा हुँदाहुँदै पनि व्यक्ति हराउनु पारिवारभित्रको कलहका कारणले हो’, ढकालले भने, ‘आफ्नो पिरमर्का परिवारलाई सुनाएर किन दुःख दिने भन्ने सोचले पनि व्यक्ति हराएको देखिन्छ ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies