Khabar Dabali Logo
  October 22, Tue

छिट्टै नै आउने भो ‘टेलिकम र एनसेलको ‘फोन पे’को मोबाइल वालेट सेवा ‘

मोबाइल वालेट सेवा सुरु भएसँगै ग्राहकले मोबाइलको ब्यालेन्स प्रयोग गरी विद्युत् महसुल, पानीको महसुल, कर, इन्टरनेटलगायतको सेवा शुल्क तिर्न सक्नेछन्।

काठमाडौं । मोबाइल सेवाप्रदायक कम्पनी नेपाल दूरसञ्चार कम्पनी लिमिटेड ९नेपाल टेलिकम० र एनसेल प्रालिले मोबाइल वित्तीय सेवा सञ्चालन गर्ने भएका छन्। त्यसका लागि नेपाल टेलिकम र एनसेलले सहायक कम्पनी स्थापना गरी मोबाइल वित्तीय सेवा सञ्चालन गर्न प्राधिकरणबाट स्वीकृति पाएका छन्। प्राधिकरणबाट स्वीकृत पाएसँगै दुवै कम्पनीले ग्राहकलाई मोबाइल भुक्तानी सेवा दिने निश्चित भएको छ।

आजको अन्न्पुर्ण पोष्ट दैनिकमा खबर छ – यो सँगै मोबाइलका प्रयोगकर्ताले मोबाइलको ब्यालेन्सबाटै पसलबाट सामान खरिद गर्न सक्ने भएका छन्। अहिलेसम्म मोबाइलको ब्यालेन्स प्रयोग गरेर कल गर्न, म्यासेज पठाउन र डाटा खरिद गरी इन्टरनेट चलाउन सकिन्थ्यो। यो सेवा सुरु भएसँगै ग्राहकले मोबाइलको ब्यालेन्स प्रयोग गरी विद्युत् महसुल, पानीको महसुल, सरकारी कर, इन्टरनेटको शुल्कलगायत विभिन्न सेवा शुल्क तिर्न सक्नेछन्। यस्तो सेवा सञ्चालन गर्न नेपाल टेलिकम र एनसेलले प्राधिकरणबाट स्वीकृति पाएका हुन्। यसअघि दुवै कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणमा भुक्तानी सेवाप्रदायकको रूपमा सहायक कम्पनी स्थापना गर्न अनुमति माग गर्दै निवेदन दिएका थिए। कम्पनीहरूले दिएको निवेदनको आधारमा प्राधिकरण बोर्ड बैठकले दुवै कम्पनीलाई मोबाइल भुक्तानी सेवा सञ्चालनका लागि स्वीकृत गरेको हो।

प्राधिकरणका अनुसार यहीँ जेठ १५ गते बसेको बोर्ड बैठकले नेपाल टेलिकम र जेठ २४ गते बसेको बोर्ड बैठकले एनसेललाई मोबाइल भुक्तानी सेवा सञ्चालनका लागि स्वीकृत दिने निर्णय गरेको हो। उक्त निर्णयमा भुक्तानीसम्बन्धी कुनै प्राविधिक समस्या देखिए मुख्य कम्पनी र सहायक कम्पनी नै उत्तरदायी हुने गरी नेपाल टेलिकम र एनसेलले माग गरेबमोजिम सहायक कम्पनी स्थापना गर्न स्वीकृति दिएको उल्लेख छ। यो सँगे दुवै कम्पनीले आफूले छुट्टा छुट्टै सहायक कम्पनी स्थापना गरेर मोबाइल वित्तीय सेवा प्रदान गर्न सक्ने भएका छन्। तर, त्यसका लागि नयाँ खोलिने सहायक कम्पनीले नेपाल राष्ट्र बैंकबाट पनि सहायक कम्पनी स्थापनाको अनुमतिपत्र लिनुपर्ने प्राधिकरणले जनाएको छ।

यसअघि प्राधिकरणले पनि टेलिकम कम्पनी र वित्तीय सेवाप्रदायक कम्पनीबीच सहकार्य गरेर मोबाइल वित्तीय सेवालाई प्रवद्र्धन गर्ने उद्देश्यका राष्ट्र बैंकसँग सम्झौता गरेको थियो। उक्त सम्झौताअनुसार दूरसञ्चार प्राधिकरणसँग त्यस्ता कम्पनीलाई नो अब्जेक्सन लेटर दिने वा नदिने अधिकार रहन्छ। सोही अधिकारका आधारमा नेपाल टेलिकम र एनसेललाई स्वीकृति प्रदान गरिएको हो। योसँगै प्राधिकरणबाट स्वीकृति पाएसँगै टेलिकम र एनसेलले सहायक कम्पनीको काम अघि बढाएका छन्। नेपाल टेलिकमका सहप्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार नीतिगत रूपमा दूरसञ्चार कम्पनीको हिसाबले टेलिकमले वित्तीय क्षेत्रमा सीधै काम गर्न पाउँदैन। त्यसका लागि वित्तीय कम्पनीका रूपमा जान राष्ट्र बैंकबाट स्वीकृति लिएर सहायक कम्पनी खोल्न सक्ने प्रावधान छ। ‘टेलिकम कम्पनी भएकाले यसको निगरानी नेपाल दूरसञ्चार प्राधिकरणले गर्दै आएको छ। मोबाइल मनी वित्तीय क्षेत्रअन्तर्गत पर्ने भएकाले फेरि राष्ट्र बैंकले निगरानी गर्नुपर्ने हुन्छ’, भण्डारीले भने, ‘त्यसैले प्राधिकरणबाट नो अब्जेक्सन लेटर आवश्यक थियो।’

प्राधिकरणबाट नो अब्जेक्सन लेटर पाएपछि राष्ट्र बैंकसँग अनुमति लिनुपर्छ।’ टेलिकमले प्राधिकरणबाट नो अब्जेक्सन लेटर प्राप्त गरेको छ। त्योसँगै कम्पनी दर्ताका लागि आवश्यक कागजात तयारीको क्रममा रहेको भण्डारीले बताए। भण्डारीका अनुसार कम्पनी दर्ताको काम सकेर मात्रै राष्ट्र बैंकबाट लाइसेन्स लिने भएकाले सञ्चालन गर्न कति समय लाग्छ भन्ने कुनै यकीन भने छैन। उनका अनुसार टेलिकमले यसअघि नै राष्ट्रिय वाणिज्य बैंकसँग मिलेर मोबाइल वित्तीय सेवा सञ्चालन गर्न सम्झौता गरिसकेको छ। त्यसमा मोबाइलको सिम नम्बरलाई नै एकाउन्टको रूपमा मानेर मोबाइलको ब्यालेन्सबाटै पैसा तिर्न सकिने व्यवस्था गर्ने की ई–सेवाजस्ता मोबाइल वालेट एप बनाएर सेवा दिने भन्ने विषयमा भने निर्णय नभएको भण्डारीले बताए। तर, यसअघि राष्ट्रिय वाणिज्य बैंकसँग भएको सम्झौताको विषयमा अन्नपूर्णसँग कुराकानी गर्दै टेलिकमका कार्यकारी निर्देशक डिल्लीराम अधिकारीले भने प्रयोगकर्ताको मोबाइल नम्बर नै उनीहरूको एकाउन्ट बन्ने र मोबाइलमा भएको ब्यालेन्स नै प्रयोग गरेर सामान खरिद गर्न सकिने बताएका थिए।

एनसेलले अहिलेसम्म त्यस्तो कुनै सम्झौता भने गरेको छैन। एनसेल स्रोतका अनुसार प्राधिकरणबाट भर्खरैमात्र मोबाइल वित्तीय सेवा प्रदान गर्न सहायक कम्पनी खोल्न पाउने स्वीकृति पाएको छ। स्वीकृत पाएको भए पनि यो विषयमा कसरी अघि बढ्ने भन्नेबारे कुनै निर्णय नभएको बताइएको छ।

असार ३ गते, २०७६ - ०८:५७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल चीन सडक जाेड्ने सडककाे तीन सातामा तीन किलोमिटर ट्र्याक खोलियाे

ताप्लेजुङ । तिब्बतको रिउ बजारमा मजदुरले पूर्वोत्तर नेपालको व्यापारिक नाका ओलाङचुङगोलाबाट सुरु हुने...   

पार्टी मिलीसक्दा पनि मिलेनन् सांसद: दलका पदाधिकारी पूर्ववत् कार्यालयमै

काठमाडौं । संसदीय दलबाट एकताको सन्देश दिने भन्दै नेकपाले एउटै परिसरमा पदाधिकारीका कार्यालय बनाउन...   

ललिता निवास जग्गा प्रकरणकाे छानबिनमा गच्छदार पनि तानिए

काठमाडौं । ‘कांग्रेस उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारसमेत ललिता निवास जग्गा अनियमितत...   

आलमको त्रासले पिरोलिदैँ पिडित परिवार भन्छन्, ‘दोषी उम्के भने हामी बाँच्न पाउँदैनौँ’

रौतहट। १२ वर्षअघिको बम विस्फोट घटनामा कांग्रेस सांसद मोहम्मद आफताब आलमविरुद्ध किटानी जाहेरी दिएकाका...   

फोहोरबाट उत्पादित बायोग्यास सिलिन्डरमै भरेर आपूर्ति

काठमाडौं । कुहिने फोहोरलाई बायोग्यास प्लान्टमा ल्याएर पोखरामा ग्यास तथा प्राङ्गारिक मलको उत्पादन...   

नागढुङ्गा–मुग्लिन सडक छ लेनसम्म विस्तार गरिदैँ

काठमाडौं । पृथ्वी राजमार्गको मुख्य कठिनाइका रूपमा रहेको नागढुङ्गा–मुग्लिन सडकखण्ड विस्तार गरिने...   

प्रदेश सरकार आफैँ हेटौँडा-काठमाडौँ सुरुङमार्ग निर्माणलाई तीव्रता दिदैँ

काठमाडौं । हेटौंडा– बहुचर्चित हेटौँडा–काठमाडौँ सुरुङमार्ग प्रदेश नं ३ सरकार आफैँले निर्माण गर्ने...   

स्थानिय तहकाे पारिश्रमिक: तलब नै नलिई कसरी चल्छ त जीविका ?

काठमाडौं । सर्वोच्च अदालतको पछिल्लो फैसलाले स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधाका सम्बन्धमा...   

नेकपाको नेता नै नभएको भन्दै सांसद पद राजीनामा दिएनन्

काठमाडौं । संसद् सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोपमा हिरासतमा रहेका निवर्तमान...   

रौतहट बम बिस्फोट प्रकरण: घाइतेहरु प्रहरीको सम्पर्कमा, अनुसन्धानमा सहजता

काठमाडौं । २०६४ चैत २७ गते साँझ रौतहटको राजपुरमा भएको बम बिस्फोटका जीवित घाइतेहरु रौतहट प्रहरीको सम्पर्कमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top