Khabar Dabali Logo
  July 17, Wed

हामी मार्क्सवादकै निर्देशन र पथप्रर्दशनमा अगाडि बढेका छाैं

आन्दोलनको बाटो सिधा हुँदैन् । यो निकै उकालो ओरालो गर्दै अघि बढ्ने प्रक्रिया हो । कम्युनिष्ट आन्दोलनको सुरुवातदेखि माक्र्सवादको अनुसन्धानपूर्वको इतिहासले पनि त्यहि देखाउँछ । त्यसपछिका पार्टी र आन्दोलनका इतिहासले पनि खुबै अप्ठ्यारा मार्गमा आफुँलाई हिँडाएका छन् । हामी पनि त्यहि शैलीमा नै यहाँ आईपुगेका छौं । हामी हिंड्दा कहिले दाँया खुट्टा अगाडि जान्छ अनि कहिले बाँया खुट्टा अगाडि जान्छ । कम्युनिष्ट आन्दोलन पनि त्यसरी नै दाँया र बाँया गर्दै अगाडि जाने कुरा हो ।

हामी अहिले निराश हुने स्थितिमा छैनौं । यहाँसम्म ल्याउन भूमिका खेल्ने महान् शहिदहरुको सपना पुरा गर्न जहाँ आईपुगेका छौं त्यो ठाउँबाट योगदान गर्ने गरि संकल्प गर्नुपर्छ । पार्टी एकताको जो स्थिति छ त्यो स्थितिबाट अगाडि बढ्ने संकल्प गर्ने र आफुँलाई उद्देश्यबाट विचलित नहुने संकल्प गर्ने कुरा महत्वपूर्ण हुन्छ । हामी ति महान् सहिदहरुको सम्झना गर्छौं अनि उहाँहरुलाई सम्मान गर्छौं भने हामी आन्दोलनको लक्ष्यबाट विचलित हुँदैनौं ।

कम्युनिष्ट पार्टीका संस्थापक क. पुष्पलालदेखि क. मदन भण्डारी, क. जीवराज आश्रीत अनि जययुद्ध र जनआन्दोलनका तमाम शहिदहरुले गरेको योगदानकै कारण आज हामी यहाँ छौं । हाम्रो आन्दोलनलाई समिक्षा गर्दा, आन्दोलनमा सरिक ति महान् शहिदहरुले गरेका बलिदान, लाखौं श्रमजिवी जनताले गरेको योगदान, सबैलाई सम्मानित गर्ने र स्थापित गर्ने बाटोमा हामी अगाडि बढ्नुको विकल्प हुन्न । यो नै सहि माक्र्सवादी र क्रान्तिकारी बाटो हुनसक्छ ।

हामीले पार्टी एकता गरेर एउटा ठूलो र असाधारण कामको सुरुवात गरेका छौं । हामी सिद्धान्तहिन ढंगले पार्टी एकता गरेका हेनौं । हामी माक्र्सवादकै निर्देशन, पथप्रर्दशनमा समाजवादी रणनीतिमा अगाडि बढ्ने, समाजवादको लक्ष्य प्राप्त गर्ने उद्देश्यमा छौं ।

हामीले पार्टी एकता गरेर एउटा ठूलो र असाधारण कामको सुरुवात गरेका छौं । हामी सिद्धान्तहिन ढंगले पार्टी एकता गरेका हेनौं । हामी माक्र्सवादकै निर्देशन, पथप्रर्दशनमा समाजवादी रणनीतिमा अगाडि बढ्ने, समाजवादको लक्ष्य प्राप्त गर्ने उद्देश्यमा छौं । समाजवाद तर्फ अगाडि बढेको जनताको जनवादको कार्यक्रमसहित देशलाई आर्थिक समृद्धि र नयाँ विकासको युगतिर लैजाने प्रक्रियामा छौं । समाजवादको निर्माण गर्ने बडो प्रष्ट लक्ष्यका साथ हामीले पार्टी एकता गरेका छौं ।

चाहे त्यो जनताको बहुदलीय जनवादको कुरा होस् या चाहे त्यो एक्काईसौं सताब्दीको जनवादको कुरा होस् या माओवादी जनयुद्धको कुरा होस् । तिनले खेलेको सकारात्मक भूमिकाको मूल्यांकन गर्दै अब हामी अगाडि जानको लागि ति इतिहासका अनुभवहरु, नीति कार्यक्रमहरुलाई परिमार्जन गर्दै विकसित गरेर जाने मान्यताका साथ हामीले एकता गरेका छौं ।

हामीले ति महान् सहिदहरुलाई सम्झिनुको अर्थ हामीले पार्टी एकताका बेलामा गरेका सैद्धान्तिक राजनीतिक प्रतिवद्धता र समझदारी सहमति प्रति इमान्दार रहनु भन्ने पनि हो । हामीले गरेका सम्झौतालाई इमान्दारीताका साथ कार्यान्वयन गर्दै महाधिवेशनसम्म गएर हाम्रा विचार, राजनीति र कार्यनीतिलाई अझ विकसित र अझ परिमार्जित गर्नु पनि हो ।

ति तमाम सहिदहरुलाई स्मरण गर्दा, यतिबेला हामीले इमान्दारीताका साथ पार्टी एकतालाई सुद्धढ गर्ने, पार्टी एकतामा बाँकी रहेका कामलाई इमान्दारीताका साथ टुंग्याउने र बाँकी भएका समझदारीमा इमान्दारीमा साथ उभिने काम गर्नुपर्छ । जसरी हिजो हामी एउटा घोषणा मार्फत गठबन्धन कायम गर्ने र पार्टी एकताको लक्ष्यसहित अगाडि बढ्ने र निर्वाचनमा एउटै घोषणा पत्र अनुसार साझा उम्मेदवारसाथ चुनावमा होमिने काम गर्यौं त्यसरी नै एकढिक्का भएर अब अगाडि जानुपर्छ ।

हामीले एकढिक्का हुने घोषणा गर्दै गर्दा लाखौं लाख जनताले दिल खोलेर समर्थन गरेका थिए । त्यसमा कुनै हिचकिचाहट र आंशका थिएन । जसको कारण हामीलाई जनताले दुईतिहाई बहुमतको ठाउँमा पनि पुर्याए । र, अहिले सरकार गठन गर्ने र देशको नेतृत्व गर्ने ठाउँमा हामीलाई जिम्मेवारी दिएका छन् । यो एउटा ऐतिहासिक महान् भूमिका पनि हो ।

महान् काम गर्दा जटिलताहरु हुन्छन् । त्यो विज्ञानको नियमभित्रै पर्छ । सरलबाट जटिलतिर, छिपछिपेबाट गहिराई तिर अगाडि बढ्नु विकासको नियम हो । समस्याहरु आउन सक्छन् तर हामीले युगिन मान्यता र युगिन सिद्धान्तको आधार खडा गरेर अगाडि जानु पर्छ ।

(जनयुद्धका सहिद रितबहादुर खड्काको १७ औं स्मृति दिवसका अवसरमा आयोजित स्मृति सभामा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको सम्बोधनको सार)

असार २ गते, २०७६ - १५:२३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी एकताका बाँकी काम आजै टुंगिन्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी...   
यसरी गरेकी हुन्छिन् आमाले संघर्ष

यसरी गरेकी हुन्छिन् आमाले संघर्ष

सबै कथाले सबैको मन नछुन सक्छ । तर, केही कथाले भने कसैको मन छोएको हुन्छ । सबैका आफ्ना आफ्ना कथा हुन्छन्...   
यस्तो थियो कोशी सम्झौता, जसले वर्षेविच्छे नेपालीलाई रुवाउँदैछ

यस्तो थियो कोशी सम्झौता, जसले वर्षेविच्छे नेपालीलाई रुवाउँदैछ

काठमाडौं । कोशी नदिमा भारतले बनाएको बाँधको कारण प्रत्येक वर्ष पुर्वी तराई डुबानमा पर्ने गरेको छ । सुनसरी...   
भारतीय कांग्रेसमा भद्रगोल, राहुलले राजीनामा गरेको २ महिनासम्म पनि नयाँ अध्यक्ष चुनिएन

भारतीय कांग्रेसमा भद्रगोल, राहुलले राजीनामा गरेको २ महिनासम्म पनि नयाँ अध्यक्ष चुनिएन

नयाँ दिल्ली । लोकसभा चुनावमा हारभएसँगै राहुल गान्धीले २५ मईमा कांग्रेस कार्यसमिति (सीडब्ल्यूसी)को...   

चीनको लागि भारी पर्यो अमेरिकासँगको व्यापार युद्ध, २७ वर्ष पछाडि पुग्यो जिडिपी

एजेन्सी । चिनीयाँ आर्थिक बृद्धिको गति यस वर्षको दोस्रो त्रैमासमा करिब तीन दशककै सबैभन्दा निम्न स्तर...   
यी हुन् हाम्रो तराई डुवानमा पर्ने कारण

यी हुन् हाम्रो तराई डुवानमा पर्ने कारण

काठमाडौं । भारतको जमिन पश्चिम अग्लो र पूर्व होचो छ । जमिनको बनोटका कारण पानी पूर्वतिर बगेको छ । पश्चिम...   

संसद स्थगन प्रति कांग्रेसको आपत्ति, विपद व्यवस्थापनमा सरकार उदासिन देखियो (विज्ञप्तीसहित)

काठमाडौं । शुक्रबारको संसद वैठक सूचना टाँस गरि स्थगित गरिएको बारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले...   
विदेशबाट आउँदा के–के सामान ल्याउन पाइन्छ ? जान्नुहोस् सरकारले यी कुरा ल्याउन निषेध गरेको छ

विदेशबाट आउँदा के–के सामान ल्याउन पाइन्छ ? जान्नुहोस् सरकारले यी कुरा ल्याउन निषेध गरेको छ

काठमाडौं । सरकारले आगामी जेठ १५ देखि कार्यान्वयन गर्ने गरि विदेश जाने र आउने यात्रुले के कस्ता सामानहरु...   
सिंचाइ डिभिजन भोजपुरका प्रमुख १ लाख ८० हजार घुससहित पक्राउ

सिंचाइ डिभिजन भोजपुरका प्रमुख १ लाख ८० हजार घुससहित पक्राउ

काठमाडौं । सिँचाइ विकास डिभिजन कार्यालय भोजपुरका प्रमुख मोहन बाबु यादव १ लाख ८० हजार रुपैयाँ घुससहित...   
सुन किन्दै हुनुहुन्छ ? यस्तो छ आजको सुनको मुल्य

सुन किन्दै हुनुहुन्छ ? यस्तो छ आजको सुनको मुल्य

काठमाडौं । पछिल्लो केहि दिनदेखि सुनको मुल्य नेपाली बजारमा स्थिर रहेको छ । गत शुक्रबारदेखि सुनको मुल्यमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top