Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

स्यानेटरी प्याड बनाउने तालीममा १४० महिला सहभागी

कैलाली। कैलालीको जानकी गाउँपालिकाले महिलालाई स्यानेटरी प्याड बनाउने तालीम दिएको छ । महीनावारीको समयमा महिलाको स्वास्थ्यलाई ध्यान दिनुका साथै प्याड किन्ने खर्च बचतमा सहयोग होस् भनी तालीम दिएको गाउँपालिकाले जनाएको छ ।

\'महिलाहरु आफैँले स्यानेटरी प्याड बनाएमा खर्च बचत हुन्छ । ग्रामीण महिलाले खर्चिलो प्याड प्रयोग गर्न सकेका छैनन्\', गाउँपालिका अध्यक्ष प्रदीप चौधरीले भने, \'महीनावारीमा सरसफाइसँगै महिलालाई आवश्यक पर्ने प्याड बनाउन सिकाउने उद्देश्यले यो तालीम दिइएको हो ।\'

महिलाले महीनावारीको समयमा प्रयोग हुने लुगाफाटाको प्रयोगबाट विभिन्न सङ्क्रमण हुने गर्दछ । जसले महिलाको स्वास्थ्यमा असर गर्छ । विपन्न तथा सिमान्तकृत महिलाले प्याड खरीद गरेर प्रयोग गर्न सक्दैनन् । गाउँपालिकाका उपाध्यक्ष उमा महतोले भनिन्, \'हामीले स्वस्थ र सफा प्याड आफैँ बनाई आफू र परिवारको स्वास्थ्यका लागि यस्ता खाले कार्यक्रम ल्याएका हौँ ।\' उपाध्यक्ष महतोले स्यानेटरी प्याड बनाउने व्यवसाय गर्न चाहने महिलालाई गाउँपालिकाले सहयोगसमेत गर्ने बताइन् ।\'महीनावारीको समयमा महिलाले आफूलाई आवश्यक पर्ने प्याड घरमै तयार गरी प्रयोग गर्ने बानीको विकास गर्ने पहिलो उद्देश्य हो\', उपाध्यक्ष महतोले भनिन्, \'आगामी दिनमा व्यवसायी र उत्पादनमूलक कार्यक्रममा लगानी गर्छौँ ।\'

स्थानीयवासी हिमा महतोले आफूले सिकेपछि गाउँका अन्य महिलालाई समेत सिकाउने बताइन् । \'हामीले आफ्नो सरसफाइमा समेत ख्याल गरेका रहेनछौँ, तालीममा प्याड बनाउन सिक्नुका साथै सरसफाइबारे पनि ज्ञान पाएका छौँ\', हिमाले भनिन्, \'एकपटक प्रयोग गरेको प्याड धोएर फेरि प्रयोग गर्न मिल्नेरहेछ, यसले आर्थिक बचतसमेत हुने भएको छ ।\' तालीम नौ दिनसम्म चल्ने, तालीममा १४० महिला सहभागी छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies