Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

जनयुद्धका घाइते क्यान्सरले जीवन मरणको दोसाँधमा

काठमाडौं । रुकुम पश्चिम सानिभेरी गाउँपालिका वडा नं ७ फुक्रुटाकुरा निबासी धर्म बहादुर ओली जन्युद्धका लडाकु हुन् । तत्कालिन १० वर्षे जनयुद्धमा जति लडाई तथा आक्रमणहरु भए अधिकांशमा उनि सहभागी थिए ।

धेरै लडाइहरुमा उनी साधारण घाइते भए पनि अर्घाखाचीको एक आक्रमणमा खुट्टा र अन्य अंङ्गमा गम्भिर चोट लाग्यो । बम बारुदका छर्राहरु शरिरबाट निकाल्न सकिएन । बाहिरी अंगको चोट ठिक भएपनि शरिरमा रहेका बम बारुदका छर्राहरुले उनलाई सधै दुख दिइरह्यो ।

धेरै अस्पतालहरुमा उपचार गरेर पनि ठिक नभए पछी काठमान्डौंको नर्भिक अस्पत्तालमा चेकअप गराउँदा उनलाई क्यान्सर भएको पत्ता लाग्यो । शरिरको संवेदनशील अंग अण्डकोषमा क्यान्सर भएको थाहा पाएपछी अस्पतालले २ वटा अपरेशन गर्यो । २ वटा अपरेसन गर्दा पनि ठिक हुने नदेखिएपछी उनी नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर ललितपुरमा थप उपचारको लागी गए ।

त्यहाँ पनि अपरेशन गरेर हाल ६ महिनाको लागि किमो चढाइरहेका छन् । घरको अवस्था साधारण भएका ओलीको उपचारमा अहिले सम्म १७ लाख खर्च भइसकेको छ । उपचारमा खर्च भएको सबै रकम गाउँघरमा महंगो व्याजमा काढेर उपचार गरिरहेको उनकी श्रीमती आशा कुमारी रोका ओलीले बताएकी छिन् । ‘घरको सबै जायजेथा सकिने अवस्था भैसक्यो र अझै थप उपचारमा कति खर्च हुनेहो भन्ने केहि अनुमान नभएर घरपरिवार सबै निरास छौं’ उनले भनिन ।

कक्षा २ मा पढ्दा देखि नै तत्कालिन नेकपा माओबादी पार्टीको भातृ संगठन बालक्लबका जिल्ला सदस्य भएका धर्मबहादुर ओली पढ्ने र कमाउने उमेरमा पार्टीका इमान्दार लडाकु बनेर जिन्दगी नै राजनीतीमा बिताए । ओलीले जनताको मुक्तिका लागी जनयुद्धमा थुप्रै लडाईमा सहभागी गरे तर आफ्नो शरिर स्वस्थ राख्न सकेनन् र अहिले अस्पतालको सैयामा जीवन मरणको दोसाँधमा पिडा खेपिरहेका छन् ।

पैसा कमाउने र छाराछोरी पढाउने अनि घर परिवारलाई सुखी राख्ने कुरा त परै छ आफ्नो शरिरको उपचार गर्ने पैशा कहाँबाट जम्मा गर्ने भन्ने पिडामा छटपटाइरहेका छन् उनी । सहयोगका लागि पार्टी तथा नेताहरु सबैलाई याचना गर्दा पनि वास्ता नगरेको उनकी श्रीमतीको गुनासो छ ।

जिल्लाबाट प्रतिनिधीत्व गर्ने, सांसद र पूर्व मन्त्रीहरुले अहिले सम्म एक पटक पनि भेट्न नगएको गुनासो परिवारको छ । उनको उपचारको लागि सानीभेरी गाउँपालिकाले ५० हजार र उनको वडा, वडा नं ७ ले ४० हजार बाहेक अहिले सम्म कुनै नेता तथा सरकारबाट सहयोग भएको छैन ।

उनकी श्रीमतिले आर्थिक अभावले अस्पतालमा छटपटाई रहेका श्रीमानलाई आआफ्नो ठाउँबाट सक्दो आर्थिक सहयोग गरेर बचाईदिन अनुरोध गरेकी छिन । सहयोग गर्न चाहने ब्यक्तिहरुले बिरामी धर्मबहादुर ओलीकी श्रीमतीको मोबाइल नं ९८४७९९९४८६ र ९८४७९८२३१७ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies