Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

तालपोखरामा डुङ्गा बन्द

पाल्पा । क सय पर्यटकीय गन्तव्य स्थलमा सरकारले रामपुरको तालपोखरालाई छनोट गरेपछि यसले निकै चर्चा पायो । टाढा टाढाबाट पर्यटक तालपोखरा हेर्न रामपुर भित्रिन थाले । आन्तरिक पर्यटकले खचाखच हुने तालपोखरा क्षेत्र अहिले भने सुनसान छ ।

कृत्रिम तालका रुपमा विकास गरिएको तालपोखरामा दुई महिनाअघिदेखि डुङ्गा सञ्चालन बन्द गरिएपछि यहाँ आउने पर्यटकलाई सास्ती भएको छ । टाढा टाढाबाट डुङ्गा चढ्नकै निम्ति आएका पर्यटकहरु अहिले तालपोखरा नपसी सडकबाटै फर्कने गरेको पाइएको छ ।
तालपोखराको व्यवस्थापन पूरा नहुँदा नहुँदै हतार हतार डुङ्गा सञ्चालन गरिएकाले अहिले बीचैमा एक्कासी बन्द गर्नु परेको स्थानीयवासी बताउँछन् । डुङ्गा बन्द गराएर स्तरोन्नतिको काम गर्न लागिएको तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटाले बताए ।

\'तालपोखराको संरचना बलियो बनाएर बाह्य पर्यटक भित्र्याउने लक्ष्यका साथ अहिले डुङ्गा सञ्चालन बन्द गरेर स्तरोन्नति गर्नतर्फ लागेका हौं,\' उनले भने ।
तालको रुपमा फैलिएको जमीनको पूरै भागको सतह मिलाउने, मर्मत गर्ने, डुङ्गा लाग्ने स्थानमा सुधार र तालको चारैतिरको भाग बारबन्देज गर्ने काम सुरु गरिएको छ ।

तालपोखराको मध्यभागमा रहेको जलेश्वर महादेवको पूर्व र पश्चिमतिर पार्क निर्माण गर्ने समितिको योजना छ । यस आर्थिक वर्षमा स्तरोन्नतिका लागि रामपुर नगरपालिकाले रु २० लाख रकम सहयोग गरेको छ । नेपाल पर्यटन बोर्डबाट स्तरोन्नति शीर्षकमा रु २० लाख रकम सहयोग प्राप्त भएको छ ।
\'पानी सुकाउनै समय धेरै लागेकाले तालपोखरामा डुङ्गा बन्द गर्नु परेको हो, स्तरोन्नति गरेपछि व्यवस्थित तरीकाले नियमित रुपमा डुङ्गा सञ्चालन हुनेछ,\' डुङ्गा व्यवसायी भगवान् देवकोटाले भने ।
डुङ्गा बन्द हुँदा केही समय रोजगारी पनि बन्द हुन पुगेको उनी बताउछन् । उनले शुरुदेखि नै यहाँ डुङ्गा चलाउँदै आएका छन् ।
तालपोखरामा डुङ्गा चढेर फेवातालको अनुभूति गर्ने अभिलाषा बोकेर रामपुर आउनुभएका आर्यभञ्ज्याङ्ग पाल्पाकी नारायणी भट्टराई डुङ्गै नचढीकन त्यसै फर्किन् ।

\'लामो समयसम्म डुङ्गा नै बन्द गर्दा टाढाबाट आउने आन्तरिक पर्यटकलाई सकस भएको छ, निर्माण कार्यलाई दु्रत रुपले अगाडि बढाउनुपर्ने देखियो, काम अलि सुस्त भएको हो कि जस्तो लाग्यो,\' उनले भने ।

कृत्रिम ताललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरी तालमा परिणत गरिएको हो । अहिलेसम्म साढे दुई करोड रुपैयाँभन्दा बढीको काम भइसकेको छ । स्थानीय कुलो, नहर, खोल्सीबाट पानी पर्याप्त नभएपछि नजीकै बहेको कालीगण्डकीबाट लिफ्टिङ् गरेर पानीको व्यवस्थापन गरिएको छ ।
डुङ्गा सञ्चालनबाट यहाँका आठ जनालाई रोजगारी मिलेको छ । प्रतिव्यक्ति रु ५० टिकट कायम गरिएको छ । सबै खर्च कटाएर डुङ्गाबाट मासिक रु एक लाख ३५ हजार आम्दानी हुने गरेको तालपोखरा संरक्षण समितिका सचिव सुनिल देवकोटा बताउछन् ।

तालपोखरामा राखिएको माछाबाट पनि आम्दानी भइरहेको छ । भरिएको पानी सुकाएर अहिले माछा निकाल्ने काम भइरहेको छ । हाल देनिक चालीसदेखि पचास किलो माछा बिक्री हुने गरेको छ । माछाका कारण पनि काममा ढिलाइ भएको हो ।
दुई वटा काठको मात्र डुङ्गा सञ्चालन भइरहेकामा पछिल्लो समय पर्यटकको सङ्ख्या बढ्न थालेपछि दुई वटा ¥याफ्टिङ डुङ्गा सञ्चालनमा ल्याइएको थियो । झण्डै ७० रोपनी क्षेत्रफलमा रहेको तालपोखरा पहिला पानी जम्मा हुने पोखरी थियो ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies