Khabar Dabali Logo
  July 18, Thu

देशैभर मौसममा आंशिक बदली, यी स्थानमा मेघ गर्जनसहित चट्याङ पर्ने सम्भावना

काठमाडौँ। देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुँदा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र हुरीबताससहित हल्का वर्षाको सम्भावना देखिएको छ ।

भारतको बिहार र छत्तिसगढको मौसममा बनेको न्यून चापीय रेखाको प्रभावस्वरुप नेपालका पूर्व र मध्य क्षेत्रको मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यून चापीय क्षेत्र विद्यमान रहेकाले आइतबारदेखि बदली भएको मुलुकभरको मौसम बुधबारसम्म बदली रहने महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिए ।

पूर्व र मध्य क्षेत्रको तुलनामा पश्चिमको मौसममा कम बदली देखिएको छ । साथै पोखरा आसपास क्षेत्रमा स्थानीय मौसम प्रणाली उत्पन्न भई मेघगर्जनसहित हावाहुरीको सम्भावना देखिएको उनले बताए । नेपालको मौसममा मार्च, अप्रिल र मे महिनाभर प्रि–मनसुनको अवधि रहन्छ ।

मङ्गलबार र बुधबार पनि पहाडी क्षेत्रमा आंशिक देखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना देखिएको महाशाखाले प्रक्षेपण गरेको छ । पछिल्लो २४ घण्टाको मौसमी विवरणअनुसार काठमाडौँको अधिकतम् तापक्रम २७ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १२ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।

बैशाख ९ गते, २०७६ - १५:५१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हेटौंडाबाट लागुऔषधसहित दुई जना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले हेटौँडाबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा...   

प्रेम प्रस्ताव राख्दा यी ६ कुरामा ध्यान दिनुहोस्

तपाईलाई कुनै व्यक्ति मनपर्छ रु अनि तपाईले त्यसलाई प्रभावमा पार्न के गुर्नहुन्छ रु कतै गलत गर्दै त हुनुहुन्न...   
जापानी एनिमेशन स्टुडियोमा आगजनी, १३ जनाको मृत्यु

जापानी एनिमेशन स्टुडियोमा आगजनी, १३ जनाको मृत्यु

जापानको क्योटोस्थित एउटा एनिमेशन स्टुडियोमा भएको आगजनीको घटनामा कम्तीमा १३ जनाको मृत्यु भएको अधिकारीहरूले...   
फेसएपमाथि कत्तिको विश्वास गर्न सकिन्छ ?

फेसएपमाथि कत्तिको विश्वास गर्न सकिन्छ ?

अनुहारको तस्बिर सम्पादन गरेर साबिकको भन्दा युवा वा वृद्ध अवस्था देखाइदिने एप फेसएपबारे अहिले सबैतिर...   

फूल टिपेको भन्दै वडाध्यक्षको कुटाइबाट बालक घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–४ का वडाअध्यक्ष भीमबहादुर सार्कीले एक बालकलाई कुटपिट गरेको छ ।...   
तपाईंको कार्यथलोमा सम्बन्ध कस्ताे छ ?

तपाईंको कार्यथलोमा सम्बन्ध कस्ताे छ ?

घरपछि कर्यथलो अर्थात अफिस एउटा त्यस्तो स्थान हो, जहाँ तपाई सबैभन्दा बढि समय बिताउनु हून्छ । त्यसैले...   

महिलाहरू कस्ता पुरुष मन पराउछन् ? थाहा पाउनुहोस्

एजेन्सी । प्रत्येक पुरुषहरू महिलाको नजिक हुन् चाहन्छन् तर के तपाइहरूलाई थाहा छ ? कस्ता पुरुषहरूलाई...   

पर्यटन विभागद्वारा क्यासिनो अनुगमन

काठमाडौँ । पर्यटन विभागले नेपालमा सञ्चालित क्यासिनोको अवस्थाबारे अनुगमन शुुरु गरेको छ ।नेपालका सबै...   

राष्ट्र बैंकले स्टकको शेयर बिक्री गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्स्चेन्ज लिमिटेडमा रहेको लगानी फिर्ता लिने भएको छ ।...   
प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष देवकोटाद्वारा राजीनामा

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष देवकोटाद्वारा राजीनामा

हेटौँडा । प्रदेश नं ३ का नीति तथा योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले व्यक्तिगत कारण देखाई पदबाट...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top