Khabar Dabali Logo
  May 20, Mon

सरकारी सवारीमा कर्मचारीको दाइँ, एक अधिकृतलाई दुई गाडी

काठमाडौं । गृह मन्त्रालयमा ९० जना अधिकृतस्तरका कर्मचारी छन् । तर उनीहरूको प्रयोजनका लागि ल्याइएका गाडी भने १ सय ७४ वटा छन् । यसअनुसार कर्मचारी र सवारीसाधनको अनुपात १ः१।९३ हुन्छ । अर्थात् एक अधिकृतको भागमा औसतमा दुई सवारी पर्छन् ।

आजको अन्नपुर्ण पोस्ट दनिकमा खबर छ – संघीय सरकारअन्तर्गत २२ मन्त्रालय छन् । तिनमा १ हजार ५ सय ७७ सवारीसाधन चालू अवस्थामा छन् । अधिकृतस्तरका कर्मचारी भने १ हजार ३ सय २३ छन् । सवारीसाधन र अधिकृतस्तरका कर्मचारीबीचको अनुपात १ः१।१९ हुन्छ ।

सबैभन्दा बढी सवारी हुने मन्त्रालय हो, गृह । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भने अन्यको तुलनामा कम सवारी छन् । यसमा ७१ अधिकृतस्तरका कर्मचारीलाई ४६ वटा मात्र सवारी छन् । यसको अनुपात १ः०।६५ मात्र रहेको महालेखाको प्रतिवेदनले देखाउँछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अधिकृतस्तर कर्मचारी ९४ जना छन् । तर यहाँ उनीहरूका लागि १ सय ५१ सवारी छन् । यो १ः१।६१ अनुपात हो । महालेखापरीक्षकको कार्यालयमा भने २ सय ६७ अधिकृतस्तरका कर्मचारीलाई ३७ मात्र सवारी छन् ।

यी उदाहरणले प्रस्ट्याउँछन्— कर्मचारी र सवारीसाधनको वितरणमा असमानता छ । त्यसैले महालेखाको प्रतिवेदनले पहुँच र प्रभावका आधारमा सवारीसाधन आफ्नो अधिनमा राख्ने प्रवृत्तिको अन्त्य गरी जनशक्ति र कामको आवश्यकताका आधारमा सवारीसाधन बढी भएको निकायबाट अन्य आवश्यक निकायमा सवारीसाधन हस्तान्तरणको व्यवस्था गर्न सुझाएको छ ।

बैशाख ९ गते, २०७६ - ०७:४५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोपा अमेरिकाका लागि ब्राजिल टोलीको घोषणा

एजेन्सी । आगामी जुन १४ तारिखबाट सुरु हुने कोपा अमेरिका कप फुटबलका लागि ब्राजिल टोलीको घोषणा गरिएको...   

अब्बल बन्दै सामुदायिक विद्यालय

धनगढी । केही वर्षअघिसम्म आर्थिक अवस्था कमजोर भएका अभिभावकले पनि ऋण काढेर छोराछोरीलाई निजी विद्यालयमा...   

अनुयायीलाई बेपत्ता पारेको आरोप लागेका बम्जन देखा परे

सिन्धुली । अनुयायीलाई बेपत्ता पारेको आरोप लागेका तपस्वी रामबहादुर बम्जन शुक्रबार कमलामाई–८ पैरेस्थित...   

नेपाल र जापानबीच संयन्त्रका विषयमा सहमति नजुट्दा जापान रोजगार अनिश्चित

काठमाडौं । आकर्षक गन्तव्य मुलुकका रूपमा रहेको जापान रोजगारी अझै अनिश्चित छ। नेपाल र जापानबीच संयन्त्रका...   

भारतबाट मात्रै १० अर्बको आलु प्याज आयात

काठमाडौं । सरकारले आयात विस्थापन गर्न स्वदेशी कृषि उत्पादन प्रवद्र्धन गर्ने भन्दै ठाउँठाउँमा ‘कृषि...   

नियुक्तिको एक महिनामै विवादास्पद आदेश

काठमाडौं । सर्वोच्च अदालतले विधिशास्त्रीय अवधारणा र न्यायका मान्य सिद्धान्तविपरीत पाँच महिनाअघि...   

नेकपामा करिब ३५ सयलाई जिम्मेवारी, पूर्व एमाेलबाट १६ र माओवादीबाट ६ जनसंगठनकाे नेतृत्व

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का २२ जनवर्गीय संगठनको एकीकरण सम्पन्न भएपछि करिब ३५ सय कार्यकर्ताले...   

प्रदेश सरकारको मनमानी अन्त्य , ६ दिन मात्रै बिदा दिन पाउने मन्त्रालयको सूचना

काठमाडाैं । प्रदेश सरकारले आफूखुसी सार्वजनिक बिदा दिन थालेपछि संघीय सरकारले बिदामा अंकुश लगाएको...   

पूर्वराजा ज्ञानेन्द्र परिवारसहित थाइल्याण्ड जाने तयारीमा

काठमाडौं । पूर्व र मध्य तराई भ्रमणपछि केही दिन आराम गर्नुभएका पूर्वराजा ज्ञानेन्द्र परिवार थाइल्याण्ड...   

सात करोड राजस्व हिनामिना गरेको नासु फरार

काठमाडौं ।सात करोडभन्दा धेरै राजस्व हिनामिना गरेर मालपोतका नायब सुब्बा फरार भएका छन् । नासु मदनकुमार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top