Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

हृदयघातले उमेर भन्दैन, कसरी गर्ने मुटुको हिफाजत ? थाहा पाउनुहोस्

स्वस्थ रहने भन्नासाथ हामी शरीरको तौल नियन्त्रण गर्ने र मोटोपना घटाउने कुरा मात्रै गर्छौं । तर, स्वस्थ, जवान र चुस्त रहनको लागि मोटोपना घटाउनुमात्रै पर्याप्त छैन पक्कै पनि । हाम्रो शरीरका भित्री अंगहरुको हिफाजत पनि उत्तिकै आवश्यक छ ।

शरीरभित्रको अति महत्वपूर्ण एक अंग हो मुटु । शरीरका प्रत्येक अंगमा आवश्यक रगतको आपूर्ति गर्ने काम यसले गर्छ त्यसैले यसलाई स्वस्थ राख्न आवश्यक छ । तर, अहिलेको तनावयुक्त व्यस्त जीवनशैलीका कारण मुटुरोगीहरु बढिरहेका छन् । पहिले(पहिले उमेरदार मानिसहरुलाई मात्रै हुने मुटुसम्बन्धी समस्याले अहिले युवाहरुलाई पनि आफ्नो चपेटामा पार्न थालेको छ ।

मुटु स्वस्थ राख्न हामीले पहिले त तनाव हटाउनुपर्छ । त्यसपछि सक्रिय जीवनशैली अपनाएर र स्वस्थकर भोजन गरेर हामी मुटुलाई हिफाजत गर्न सक्छौं । यहाँ हामी मुटुलाई स्वस्थ राख्ने विभिन्न उपायहरुको चर्चा गर्दैछौं ।

भोजनमा फ्याट

फ्याट अर्थात बोसो हाम्रो भोजनको महत्वपूर्ण तत्व हो । यसले हाम्रो खानालाई स्वादिष्ट बनाउनुको साथसाथै तृप्त पनि बनाउँछ ।

स्वस्थ रहनको लागि असल फ्याट र खराब फ्याटको अन्तरलाई सही किसिमले बुझ्नुपर्छ । ‘द अमेरिकन हार्ट एसोसिएसन’ ले स्वस्थ रहनको लागि खानपानमा खराब (स्याचुरेटेड) फ्याटलाई असल (अनस्याचुरेटेड) फ्याटले विस्थापन गर्ने सल्लाह दिएको छ । राम्रो स्वास्थ्यको लागि हामीले भोजनमा मोनो स्याचुरेटेड वा पोली स्याचुरेटेड फ्याट समावेश गर्नुपर्छ । पोली स्याचुरेटेड फ्याटले रगतमा खराब कोलस्ट्रोलको स्तरलाई कम गर्छ जसको कारण मुटुसम्बन्धी रोगहरु र स्ट्रोकको खतरा कम हुन्छ ।

यसबाहेक फ्याटले शरीरमा कोषहरु बन्न र विकसित हुन पोषक तत्व पनि प्रदान गर्छ । खानामा यस्तो तेलको प्रयोग गर्नुहोस् जसमा स्याचुरेटेड फ्याटको मात्रा कम होस् । यसको लागि तपाईं मकै, जैतुन, बदाम, सोयाबिन वा सनफ्लावरको तेल प्रयोग गर्न सक्नुहुन्छ ।

लाभकारी माछा

माछा प्रोटिनको सबैभन्दा राम्रो स्रोत हो । अन्य मासुजन्य पदार्थको तुलनामा यसमा स्याचुरेटेड फ्याटको मात्रा निकै कम हुन्छ ।

माछा ओमेगा फ्याटी एसिडको पनि राम्रो स्रोत हो । ईपीए र डीएचएजस्ता ओमेगा ३ फ्याटी एसिडहरु हाम्रो शरीरको लागि धेरै आवश्यक छन्, किनभने हाम्रो शरीरमा यसको निर्माण हुँदैन । यसलाई खानाको माध्यमबाट नै ग्रहण गर्न आवश्यक छ । यसका शाकाहारी स्रोतहरु ओखर, बदाम र सोयाबिन हुन् ।

ओमेगा ३ फ्याटी एसिडले शरीर सुन्निन (इन्फ्लेमेसन) कम गर्छ । इन्फ्लेमेसनको कारण रक्तनली क्षतिग्रस्त हुन्छ जसको कारण हृदयरोग वा स्ट्रोकको खतरा बढ्छ । साथै, यसले मुटुको धड्कनको उतारचढावलाई पनि नियन्त्रण गर्छ र मुटुलाई सुरक्षित राख्छ ।

हालै १५ सय वयस्क मानिसहरुमा गरिएको एक अध्ययनबाट ओमेगा ३ फ्याटी एसिड मष्तिस्कका लागि आवश्यक भएको पुष्टी भएको छ । अध्ययनअनुसार बच्चामा मष्तिस्कको सही विकासको लागि ईपीए र डीएचए आवश्यक छ । ओमेगा ३ फ्याटी एसिडले एकाग्रता बढाउन र कठिन कार्यहरु गर्ने क्षमता बढाउनमा पनि मद्दत गर्छ ।

हृदयरोगबाट पिडित मानिसहरु खानाको माध्यमले पर्याप्त ओमेगा ३ प्राप्त गर्न सक्दैनन् । यस्ता मानिसहरु डाक्टरको सल्लाह लिएर ‘सप्लिमेन्ट’ ग्रहण गर्न सक्छन् । यसैले कुनै पनि खाद्य पदार्थ ग्रहण गर्दा त्यसमा पोषणको स्तर जाँच्नुहोस् र त्यसमा स्याचुरेटेड फ्याटी एसिडहरुको मात्रा कति छ भन्ने पनि ख्याल गर्नुहोस् ।

मुटु रोगबाट कसरी जोगिने ?

मुटुरोगबाट जोगिनका लागि कम उमेरदेखि नै ध्यान पुर्‍याउनुपर्छ । युवावस्थामा मुटुसम्बन्धी रोग लाग्ने प्रमुख कारण धुम्रपान वा सुर्ति सेवन हो । यसलाई बन्द गर्न आवश्यक छ ।

यसबाहेक शारीरिक रुपले आफूलाई सक्रिय राख्नुपर्छ । तौल बढ्न नदिनु पनि उत्तिकै महत्वपूर्ण छ ।

सफ्ट ड्रिङ्क्स, प्याकेटका जुस आदिको सेवन पनि गर्न कम गर्नुहोस् । सातामा एक पटकभन्दा बढि फास्टफुड वा प्रशोधित खानेकुराहरुको सेवन नगर्नुहोस् । खानामा फलफूल र हरियो सागसब्जीको मात्रा बढाउनुहोस् ।

दैनिक एकमुठ्ठी बदामको सेवन गर्नाले मुटुको स्वास्थ राम्रो हुन्छ । बदामले मुटुलाई स्वस्थ बनाउन आवश्यक मिनरल्स र फ्याटी एसिड प्रदान गर्छ ।

मुटुलाई सँधै जवान राख्नको लागि मानसिक तनाव कम गर्न पनि आवश्यक छ । यसको लागि योगा, एक्सरसाइज र मष्तिस्कलाई शान्त बनाउने अरु उपाय अपनाउनुहोस् ।

कम उमेरमा हृदयघात

एक अध्ययनअनुसार पश्चिमी देशहरुको तुलनामा दक्षिण एसियामा बस्ने मानिसहरुलाई १० वर्ष पहिले नै मुटुरोग लाग्ने गर्छ । कम उमेरमा हृदयघात हुनुमा वंशाणुगत कारणहरु पनि जिम्मेवार छन् ।

निष्कृय जीवनशैली, तनावपूर्ण काम, धुम्रपान, मदिरापान, चिनीयुक्त खानेकुरा र फास्टफुडको अत्याधिक सेवन यसका अन्य कारण हुन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies