Khabar Dabali Logo
  February 28, Fri

विष्फोटमा संलग्न भएको आशङ्कामा दुई पक्राउ

चितवन। जिल्ला प्रहरी कार्यालय चितवनले विप्लव निकट नेकपाका दुई जना कार्यकर्तालाई पक्राउ गरेको छ ।

चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बुधबार भरतपुर महानगरपालिका–५ मा भएको विष्फोटमा संलग्न भएको आशङ्कामा दुई जनालाई नियन्त्रणमा लिइएको बताए ।

विष्फोटलगत्तै प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको थियो । प्रहरी उपरीक्षक राठौरका अनुसार पक्राउ परेकामध्ये सातलाई साधारण तारेखमा छोडिएको र अन्य तीनलाई थप अनुसन्धानका लागि राखिएको छ । आज थप दुई जना पक्राउ परेको उनले बताए। अनुसन्धान भइरहेकाले नाम गोप्य राखिएको छ ।

सिलिण्डर विष्फोटबाट भवन पूर्णरुपमा क्षति भएको थियो भने विष्फोटपछिको आगजनीले कागजपत्र पूरै जलेको प्रहरीले जनाएको छ । यस्तै विप्लव माओवादीले गरेको बन्दका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ । बन्दका कारण जिल्लास्थित सम्पूर्ण व्यावसायिक प्रतिष्ठान, विद्यालय, बजार बन्द भएको छ । लामो दूरीका यातायात कम चलेका छन् । फाटफुट रुपमा छोटो दूरीका सवारी चलेका छन् ।

बन्दका क्रममा पूर्व पश्चिम राजमार्गमा सवारी रोकिएपछि प्रहरीले स्कर्टिङ गर्दै गन्तव्यमा पुर्याउन थालेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले मकवानपुर, नवलपरासी, काठमाडौँबाट आएका सवारी र जिल्लाबाट बाहिरिने सवारीलाई स्कर्टिङ गरेको प्रहरी उपरीक्षक राठौरले बताए ।

मकवानपुरबाट आएका सवारीलाई लोथरबाट, नवलपरासीबाट आएका गाडीलाई नारायणी पुलबाट र काठमाडौँबाट आएका सवारीलाई मौवा खोलाबाट प्रहरीले स्कर्टिङ गर्दै गन्तव्यतर्फ पठाइएको उनले बताए ।

फागुन ३० गते, २०७५ - १६:५३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नग्न तस्वीर देखाएर ब्लाकमेलिङ गरेपछि प्रीतिले गरिन् आत्महत्या

नग्न तस्वीर देखाएर ब्लाकमेलिङ गरेपछि प्रीतिले गरिन् आत्महत्या

मोरङ । आफैंले यौन सम्बन्ध राखेको भिडियो देखाएर ब्ल्याकमेलिङ गरेपछि मोरङमा एक विवाहित महिलाले आत्महत्या...   
अझै उठेनन् भूकम्पले ढलेका निजी आवास

अझै उठेनन् भूकम्पले ढलेका निजी आवास

भक्तपुर । भक्तपुर जिल्लामा २०७२ सालको भूकम्पले क्षति पुर्याएको निजी आवास पुनःनिर्माण निकै सुस्ताएको...   

मानवअधिकारवादी संस्था ‘हस्टेल फर हुमनिटी’ नेपालमा

काठमाडौ । स्थानीय समुदायमा स्वास्थ्य र शिक्षाबारे वकालत तथा सहकार्य गर्ने उद्देश्यले मानवअधिकारसम्बन्धी...   
धनी बन्ने यी पाँच सुत्र, जसले सफलतासँगै खुशी बन्न सिकाउँछ

धनी बन्ने यी पाँच सुत्र, जसले सफलतासँगै खुशी बन्न सिकाउँछ

हामी सबैको चाहना सफल बन्ने, धनी बन्ने र खुशी हुने नै हुन्छ । हामीले गर्ने हरेक क्रियाकलापहरू यसैको प्रतिस्वरूप...   

युरोपेली देशहरूमा नयाँ कोरोनाभाइरसको सङ्क्रमण फैलिँदै

थुप्रै युरोपेली देशले आफूकहाँ पहिलोपल्ट नयाँ कोरोनाभाइरसको सङ्क्रमण देखापरेको घोषणा गरेका छन्। कोरोनाभाइरसको...   
बन्धक बनाएर लागुऔषधको नशा दिइयो र बलात्कार गरियो : गायिका डफी

बन्धक बनाएर लागुऔषधको नशा दिइयो र बलात्कार गरियो : गायिका डफी

ग्रामी अवार्ड बिजेता गायिका डफीले आफूलाई एक आक्रमणकारीले बन्धक बनाएर लागुऔषधको नशा दिएको र बलात्कार...   

तीन वर्षपछि काभ्रेपलाञ्चोकमा कानूनी शिक्षा अभियान !

काभ्रेपलाञ्चोक । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई करिब तीन वर्षपछि नेपाल बार एशोसिएशन काभ्रेपलाञ्चोक...   

अब जनप्रतिनिधिले तलबको सट्टा भत्ता पाउने

हेटौँडा । वाग्मती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधासम्बन्धी...   

हुलाकी राजमार्गको तिन सय ८५ किमी कालोपत्र

काठमाडौ । हुलाकी राजमार्गको भौतिक प्रगति ४८ प्रतिशत पुगेको छ । राष्ट्रिय गौरवको सो आयोजना अन्तर्गत...   
शुरु भो सिन्धुपाल्चोकको ऐतिहासिक दुगुनागढीको मर्मत कार्य

शुरु भो सिन्धुपाल्चोकको ऐतिहासिक दुगुनागढीको मर्मत कार्य

चौतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– ३ स्थित ऐतिहासिक दुगुनागढीको मर्मत कार्य शुरु भएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top