Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

डण्डिफोरले तपाईलाई सताएको छ ? अब यसो गर्नुहोस्

खासगरी किशोरवयमा अनुहारमा डन्डिफोर आउने समस्या बढी हुन्छ । यसको दाग रहने भएकाले अनुहारको सौन्दर्य फिका बनाइदिन्छ । हाम्रो छालामा स-सना रोम-छिद्र हुन्छ । त्यही तेल ग्रन्थी ब्याक्टेरियाले ग्रस्त हुन्छ । र, स-सना फोका उठ्ने, घाउ बन्ने हुन्छ । किन हुन्छ ? तेल ग्रन्थीले तेलको अधिक उत्सर्जन गर्दा छालाको रोमछिद्र बन्द हुनुपर्छ र डन्डिफोर आउँछ । शारीरिक र हार्मोनल परिवर्तनले पनि अधिक तेल उत्पादनमा भूमिका खेल्छ । केहि दुधजन्य उत्पादनमा उच्च मात्रामा क्याल्सियम र चिनी पाइन्छ, जसले डन्डिफोरलाई बढाव दिन्छ । एस्ट्रोजेनयुक्त औषधी पनि डन्डिफोरको कारण हो । मेकअपका लागि प्रयोग गरिने सौन्दर्य प्रसाधनमा रहेको रसायन सहि ढंगले पखालिएन भने त्यसले समेत डन्डिफोर निम्त्याउँछ । के छ घरेलु उपचार विधि मसुरोको दाल – मसुरको दाल डन्डिफोर हटाउन समेत उपयोगी हुन्छ । यसका निम्ति मसुरोको दाललाई पानीमा भिजाएर पिस्नुपर्छ । उक्त पेस्टमा एक चुट्की बेसार मिलाउने । अब त्यसलाई राम्ररी अनुहारमा लगाउनुपर्छ । केहि समयपछि सफा पानीले पखाल्नुपर्छ । बेसार र बेसनको फेस प्याकः २ चम्चा बेसनमा एक चौथाई चम्चा बेसार मिलाउने । त्यसमा गुलाब जल र काँचो दुध मिसाएर पेस्ट तयार गर्ने । यदि अनुहार तैलिया छ भने दुधको ठाउँमा पानी पनि प्रयोग गर्न सकिन्छ । यसलाई अनुहारमा दिनहुँ लगाउनुपर्छ, डन्डिफोरको समस्याबाट मुक्ति पाइन्छ । बरफ- आइसक्युव अर्थात बरफ पनि डन्डिफोर हटाउनमा उपयोगी हुन्छ । आइसक्युबले आफ्नो अनुहारमा रगड्नुपर्छ । यसले डन्डिफोर भएको स्थानमा रक्तसंचार तिब्र हुन्छ । मह- मह एक उत्कृष्ट उत्पादन हो, जसले डन्डिफोरबाट तुरुन्तै आरम दिन्छ । महमा कपास डुबाएर डन्डिफोर भएको स्थानमा लगाउनुपर्छ । आधा घण्टापछि मनतातो पानीले पखाल्नुपर्छ । कागती- सौन्दर्यका लागि कागती उत्कृष्ट विकल्प हो । यसमा भिटामिन सि पाइन्छ । कागतीको रस प्रयोग गरेर अनुहार सफा गर्दा डन्डिफोरबाट छुटकारा पाइन्छ । चामल- रातभर एक कप चामल भिजाएर राख्ने । बिहान पानी छानेर पिस्ने । त्यसमा केहि थोपा कागतीको रस चुहाइदिने । उक्त लेप डन्डिफोर भएको स्थानमा लगाउनुपर्छ, ठीक हुन्छ । लसुन- डन्डिफोरको प्राकृतिक उपचारको लागि लसुन फाइदाजनक हुन्छ । केहि लसुनको केस्रा पिसेर त्यसको रस निकाल्ने । उक्त रसमा कागतीको रस मिसाउनुपर्छ । त्यस मिश्रण अनुहारमा लगाएर १० मिनेटपछि सफा पानीले पखाल्नुपर्छ । बाफ– पानीको बाफले पनि अनुहारमा रहेको डन्डिफोर हटाउन सहयोग गर्छ । बाफले छालाको रोमछिद्र खुल्छ । साथै यो यस्तो प्रक्रिया हो, जसले छालामा रहेको फोहोर मैला समेत हटाउँछ । र, अनुहारको सौन्दर्यका लागि घरेलु उपचार मात्र काफी हुँदैन । यस्ता रसायनयुक्त सौन्दर्य प्रसाधनको प्रयोगलाई घटाउनुपर्छ । घामको बिकिरणले अनुहारको छालामा सोझो असर पर्छ । घाममा वा खुला स्थानमा निस्नुअघि कपडा, माक्स आदिले अनुहार ढाक्नुपर्छ । चर्को घाममा सनग्लास, माक्स, स्कार्फको प्रयोग उपयोगी हुन्छ । पेट सफा राख्नुपर्छ । रगतको शुद्धिकरण गर्नुपर्छ । स्वस्थ्य खानपान आवश्यक हुन्छ । पर्याप्त पानी वा झोलयुक्त पदार्थ सेवन गर्ने, फाइबरयुक्त खानेकुरा खाने, सलाद, फलफूलको सेवन बढाउने । साथै चिल्लो, चाप्लो, मसलेदार, अमिलो, पीरो खानेकुरा छालाको सौन्दर्यका लागि अनुकुल हुँदैन । यसरी गर्नुहोस् मेकअप
  • डन्डिफोरको समस्या भएका मानिसले फेसियल गर्नुहुँदैन भन्ने मान्यता कतिपयमा छ । तर, फेसियल गर्दा पनि डन्डिफोरको समस्या र दागबाट धेरै हदसम्म बच्न सकिन्छ ।
  • डन्डिफोर आएका मानिसले फेसियल गर्दा भने विशेष सचेत हुन आवश्यक हुन्छ । प्रदूषणका कारण डन्डिफोर आएको हो भने एन्टिपोलुसन प्रडक्ट प्रयोग गर्नुपर्ने हुन्छ ।
  • फेसियल गर्दा चिल्लो स्किन भएका मानिसका लागि त्यस्तै खालका प्रडक्ट हुन्छ । त्यही प्रडक्ट प्रयोग गरेर फेसियल गर्न आवश्यक हुन्छ । तर, ड्राई स्किनको प्रडक्ट प्रयोग गरेमा झन् ठूलो समस्या निम्तिन सक्छ ।
  • डन्डिफोर आएका मानिसले क्रिमको पनि प्रयोग गर्न सक्छन् । तर, जुन पायो त्यही क्रिमले भने समस्यालाई थप बढाउँछ । यस्ता मानिसले आयल फ्री क्रिम प्रयोग गर्नुपर्छ ।
  • यस्ता मानिसले ड्राई स्किन टोनर पनि प्रयोग गर्न सक्छन् ।
  • कतिपय मानिसले डन्डिफोर निचोर्दा दाग बस्छ भन्ने गरेका छन् । त्यस्तो होइन । तर, डन्डिफोरलाई नङले कोट्याउँदा भने दाग बस्ने समस्या हुन्छ ।
 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies