Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

मुठीमा गुठी : जनकपुरमा मठमन्दिरका अर्बौंको जमिन गायब

जनकपुर । हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र मानिन्छ । तर, आस्थाका संरक्षक मानिने मन्दिरका महन्थ र पुजारीकै संलग्नतामा यहाँका अर्बौंको गुठीजग्गा बिक्री तथा अतिक्रमण गरेको पाइएको छ । यसले धार्मिकस्थलको पोखरी, जग्गा, पाटीपौवा र देवालय संकटमा परेका छन् । अाजकाे अन्न्पुर्ण पाेष्ट दैनिकमा खबर छ - मठमन्दिरको सयौं बिघा जग्गा बेचिएपछि कति मन्दिर लोपै भइसकेका छन् भने भगवानका मूर्ति समेत बेचिएका छन् । गुठीकै जग्गामा बसेको जनकपुर गुठीलाई आफ्नै जग्गा जोगाउन गाह्रो छ । भूमाफियाहरू जग्गा किनबेचमा सक्रिय छन् । गुठी संस्थान शाखा कार्यालय जनकपुरले जनाएअनुसार ३० बिघा जग्गा अतिक्रमण भएको छ तर यो तथ्यांकको कैयौं गुना बढी अर्बौं मूल्यको जग्गा भूमाफियाको कब्जामा छन् । मन्दिर र पोखरीको सहर मानिने जनकपुरमा मन्दिर वरिपरि अतिक्रमण गरेर बनाइएका ठूलठूला पक्की घर छन् । तिनले मन्दिरको सौन्दर्य छेकेका छन् । जनकपुरलाई कुरूप बनाएका छन् । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले गुठीको जमिन थुप्रै अतिक्रमित स्वीकार्दै अनधिकृत अतिक्रमण गर्नेलाई तत्कालै खाली गर्न आह्वान गरेको बताए । जिल्ला प्रशासन कार्यालय धनुषाले गुठी, कुटी, मठमन्दिर, मस्जिद, पोखरीलगायतका सार्वजनिक जग्गा÷स्मारकको विवरण पठाउन मालपोत, नापी र गुठी संस्थान कार्यालय तथा यहाँका १८ वटै स्थानीय तहलाई पत्राचार समेत गरिसकेको छ । गुठी संस्थान शाखा कार्यालय जनकपुरमा भएको तथ्यांकअनुसार साविकमा धनुषा जिल्लाका विभिन्न मठमन्दिरको साविकको जग्गा ५,८३५ बिघा १० कठ्ठा १९ धुर थियो । २०२१ सालमा भएको पहिलो नापीमा जग्गा तीन प्रकारले विभाजित गरिए । त्यसअनुसार जिल्लाभरि अधीनस्थ, तैनाथी र रैतान नम्बरी जग्गा गरी जम्मा ६,१२९ बिघा २ कठ्ठा १० धुर २ कनमा छ । गुठी अधीनस्थ भनेको साविकदेखि नै मोहीमा लागेको जग्गा हो भने, तैनाथी जग्गा गुठी संस्थानकै कार्यालयको स्वामित्वमा पर्छ । रैतानी नम्बरी भनेको जग्गा धनीकै व्यक्ति विशेष भएको जग्गालाई भनिन्छ । गुठीकै तथ्यांकलाई आधार मान्ने हो भने साविकमा रहेका जग्गा नापीमा झण्डै २९४ बिघाभन्दा बढी बढेको छ । २०४४ देखि २०५१ सालभन्दा पहिले मठमन्दिरबाट मनखपमा प्राप्त गरेको जग्गामा घर बनाई बसेको र सहरी नापीको नक्सामा पनि पक्की वा फुसको घर देखिएका लागि गुठी संस्था ऐन २०३३ को संशोधनसहितको दफा २५(३) मा २०४६ साल चैत २६ गतेभन्दा पूर्व गुठीको जग्गामा घर बनाई बसेका व्यक्तिलाई सो जग्गा रेकर्डमा परिणत गर्ने प्रावधान रहेको अनुसार लालपुर्जा दिइयो । यस ऐनबमोजिम जिल्लाका गुठी जग्गाहरूमध्ये ३,६७३ बिग्घा १० कठ्ठा ४ धुर २ कनमा व्यक्तिको नाममा रैतान नम्बरी भयो । जिल्लामा रहेका मठ मन्दिरहरूको २,४५६ बिघाभन्दा बढी जग्गाको संरक्षण गुठी संस्थान र स्थानीय प्रशासनले गर्नुपर्ने दायित्व छ । तर, संस्थानका कर्मचारी, मठ मन्दिरका पुजारी तथा महन्थ, प्रशासन, सुरक्षाकर्मी र राजनीतिक दलका नेता तथा भूमाफियाको संलग्नतामा जिल्लाभरिमा अर्बौं मूल्यका सयौं बिघा जग्गा गायब भइसकेको छ । गुठी संस्थान शाखा कार्यालय जनकपुरका प्रमुख मनोज शर्माले हालसम्म ३० बिघा ७ कठ्ठा १८ धुर जग्गा मात्रै अतिक्रमण भएको दाबी गरे । तर, मन्दिरपिच्छे ठहरिएका बस्ती, लाग्ने गरेको बजार, बस स्टेन्ड, राजनीतिक दलदेखि विभिन्न संघसंस्थाका कार्यालयले मनमौजी जग्गा हडपेका र किनबेच समेत गरिरहेका छन् । र् पुरातात्विक सम्पदा, मठमन्दिर, सार्वजनिक सम्पत्ति, धार्मिकस्थलको संरक्षण गर्ने जिम्मा सबैको रहेको संस्थान कार्यालय जनकपुरका प्रमुख शर्माको भनाइ छ । ‘गुठीको जग्गा अतिक्रमण गरेर ठूल्ठुला पक्की संरचना बनिसक्यो,’ उनले भने, ‘अतिक्रमणले गुठीको जग्गा त घट्यो–घट्यो, मठमन्दिरकै अस्तित्वमै प्रश्नचिन्ह उठेको छ ।’ उनले गुठीको तैनाथी जग्गाको संरक्षण, सम्वद्र्धन र विकास गर्ने जिम्मा मात्रै गुठी भएको जिकिर गरे । भने, ‘अधीनस्थ जग्गाको संरक्षण सम्बन्धित मठमन्दिरका महन्थले गर्ने हो ।’ संस्थानले नियुक्त गरेका मठमन्दिरका महन्थ, पुजारी नै जग्गा खरिदबिक्रीमा लागेका छन् । गुठी संस्थानको जग्गाको हकमा रक्षक नै भक्षक भएको देखिन्छ । सांस्कृतिक सम्पदाको संरक्षणका लागि काम गर्दै आएका जनकपुरका राजु चौधरी भन्छन्, ‘यहाँ माफियाको राज छ । मन्दिरदेखि संस्थासम्म सबैमा ब्रह्मलुट मच्चिएको छ ।’ राजनीतिक खोल ओढेर मठमन्दिरको जग्गा भूमाफियाले अपचलन गरेको जनकपुरधाम उपमहानगरपालिका–१२ स्थित कुवा कुपेश्वरनाथ महादेव शिवालय राजदेवी मठका महन्थ तुलसी गिरी बताउँछन् । राजदेवी मठको २७ बिघा ९ धुर जग्गामध्ये ९ बिघा ९ धुर जग्गा अतिक्रमण भइसकेको छ । ५ वर्षअघि गिरी महन्थको जिम्मेवारीमा आएपछि उनले जग्गा खोज्न थालेका छन् । पहिलाका पुजारी र स्थानीय राजनीतिक दलका नेताले मठको जग्गा अतिक्रमण गराएपछि अहिले बस्ती नै बसेको छ । ‘मठको जग्गामा पक्की घर बनाएर किनबेच भइरहेको छ,’ महन्थ गिरीले भने, ‘हाम्रो मन्दिरको अतिक्रमित जग्गामा सयभन्दा बढी घर छ । कतिसम्म भने पोखरी पुरेर घर बनाइएको छ ।’ गाउँदेखि केन्द्रसम्मका ठूलाबडा नेताहरूले धार्मिकस्थलको जग्गा कब्जा गरेको उनले बताए । उनका अनुसार मठको जग्गा ७ भदौ २०७५ मा जग्गा अतिक्रमण खाली गराउन गुठी संस्थान प्रधान कार्यालय त्रिपुरेश्वर काठमाडौंमा उजुरी दर्ता गरिएको छ । त्यसलगत्तै १७ भदौमा केन्द्रीय कार्यालका सहायक प्रशासक खिमा वलीले गुठी संस्थानको शाखा कार्यालय जनकपुरलाई कारबाहीका लागि पत्र पठाएका थिए । मठमन्दिरको जग्गा संरक्षणको जिम्मेवारी पाएका महन्थ र पुजारीले नै जग्गा अतिक्रमण र बिक्री गरिरहेका छन् । नियमानुसार यस्ता क्रियाकलाप गर्ने महन्थ र पुजारीहरू कानुनको नजरमा दोषी रहेको प्रमुख शर्माले बताए । ‘हामीले महन्थलाई धार्मिक मठमन्दिर बचाउन, पूजापाठ गर्न र संस्कृति जोगाउन नियुक्त गरेका हुन्छौं’, उनले भने, ‘तिनले नै जग्गा बेच्छन् भने कारबाहीको भागीदार बन्छन् ।’ भूमाफियाको सञ्जाल निकै ठूलो भएको हुनाले गुठी संस्थानले तिनलाई कारबाही गरी जग्गा जोगाउन आँट गरिरहेका छैनन् । प्रमुख शर्माले भने, ‘स्थानीय सरकार, प्रहरी प्रशासन, प्रदेश सरकार र संघीय सरकारको सहयोगबिना जग्गा जोगाउन हामी सक्दैनौं ।’ अतिक्रमण खाली गराउन जिल्ला प्रशासन कार्यालय, प्रहरी र अन्य सुरक्षा निकाय सहयोग गर्न तत्पर रहेको प्रमुख जिल्ला अधिकारी कँडेलले बताएका छन् । खाली गराउने कामको नेतृत्व भने गुठी संस्थान र स्थानीय तहले गर्नुपर्ने उनको भनाइ छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies