Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

हुवाइकि वान्जूलाई रिहा नगरे क्यानाडा र अमेरिकालार्इ जे पनि गर्नसक्ने चीनको चेतावनी

आफ्नो देशको मोबाइलफोन कम्पनी ह्वावेइकी कार्यकारी मङ्ग वान्जूलाई पक्राउ गरिएकोमा आक्रोशित चीनले क्यानाडा र अमेरिकाका राजदूतलाई बोलाएर चेतावनीपूर्ण दबाब दिएको छ।

चीनले आफ्नो देशको मोबाइलफोन कम्पनी ह्वावेइकी कार्यकारी मङ्ग वान्जूलाई रिहा गर्न क्यानडालाई आग्रह गर्दै अन्यथा गम्भीर परिणामहरू हुने चेतावनी दिएको छ।

एउटा वक्तव्यमा जनाइएअनुसार चीनका उपविदेशमन्त्री ल युचङ्ले मङ्गको पक्राउलाई लिएर क्यानडाका राजदूतलाई बोलाएर कडा विरोध जनाएका छन्।

मन्त्रालयले मङ्गको गिरफ्तारीलाई \'निकै खराब\' कदमको रूपमा ठम्याएको छ।

आरोप

ह्वावेइका संस्थापकका छोरी पनि रहेकी मङ्ग उक्त कम्पनीकी आर्थिक मामिला प्रमुख हुन्।

उनलाई इरानमाथि अमेरिकाले लगाएको प्रतिबन्धको उल्लङ्घन गरेको आरोप लगाइएको छ।

गत डिसेम्बर १ मा क्यानडाको भ्यानकुभरबाट ह्वावेकी आर्थिक मामिलासम्बन्धी प्रमुख मङ्ग नियन्त्रणमा लिइएकी हुन्।

जहाज परिवर्तन गर्न लाग्दा भएको गिरफ्तारी उनको अधिकारको गम्भीर उल्लङ्घन भएको टिप्पणी चिनियाँ विदेश मन्त्रालयले गरेको रोयटर्स समाचार संस्थाले जनाएको छ।

माग

बेइजिङले अमेरिकी राजदूतलाई बोलाएर क्यानडामा पक्राउ गरिएकी चिनियाँ कम्पनी ह्वावेकी कार्यकारी अधिकारीविरुद्धको पक्राउ आदेश फिर्ता लिन वासिङ्ग्टनसँग माग गरेको छ।

अमेरिकी प्रतिक्रियाका आधारमा आफूले आगामी कदम चाल्ने पनि चीनले बताएको छ।

दुई देशबीच देखिएका व्यापारसम्बन्धी विवादहरू समाधान गर्न खोजिरहेका अमेरिका तथा चीनबीचको सम्बन्ध मङ्गको गिरफ्तारीले बिग्रिन पुगेको देखिएको छ।

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले उनको गिरफ्तारीका पछाडि कुनै पनि राजनीति नरहेको बताएका छन्।

सुपुर्दगी

चीनका विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, \"चीनले गिरफ्तार व्यक्तिको तत्काल रिहाईको निम्ति क्यानाडासँग जोडदार आग्रह गर्दछ। अन्यथा क्यानाडाले गम्भीर परिणामको सामना गर्नुपर्ने कारणको पूर्ण जिम्मेवारी लिनुपर्नेछ।\"

मङ्गले अमेरिका सुपुर्दगी हुनेसम्बन्धी सुनुवाईको सामना गर्नुपरेको छ। यदि अमेरिकामा दोषी प्रमाणित भएमा उनले ३० वर्षसम्म जेल सजाय भोग्नुपर्ने हुनसक्छ। उनले कुनै पनि कानुन उल्लङ्घन नगरेको कुरामा चीनले जोड दिँदै आएको छ।

शुक्रवार क्यानाडाको अदालतसमक्ष उपस्थित गराइएकी मङ्गलाई जमानतमा रिहा गर्न अनुमति दिने वा नदिने भन्ने सुनुवाईको निर्णय सोमबारसम्मको निम्ति स्थगित गरिएको छ।

उनको गिरफ्तारीले अमेरिका र चीनको सम्बन्धमा थप तनाव सिर्जना गरेको छ।

\'जासुसी\'

अमेरिकी सांसदहरूले ह्वावेइका उत्पादनहरू चिनियाँ सरकारद्वारा जासुसीका लागि प्रयोग भएको आशङ्का व्यक्त गर्दै सो कम्पनी अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि एउटा खतरा भएको विषय बारम्बार उठाउने गरेका थिए।

ह्वावेइले भने आफ्नो उपस्थिति रहेका देशका सबै कानुन र नियमको पालना गरेको बताएको छ।

अमेरिकी पक्षद्वारा कैयौँ चिनियाँ कम्पनीहरूविरुद्ध इरानमाथि लगाइएका प्रतिबन्धको उल्लङ्घन र साइबर चोरी गरेको लगायतका आरोपमा मुद्दाहरू दायर गरिएका बेला मङ्ग पक्राउ परेकी छन्।

ह्वावेइ दुरसञ्चार सेवा तथा उपकरण प्रदायक विश्वकै एउटा ठूलो कम्पनी हो। जो हालसालै एप्पललाई उछिन्दै विश्व बजारमा सामसङपछि दोस्रो ठूलो स्मार्टफोन उत्पादक कम्पनी बन्न पुगेको छ। बीबीसी

र, यो पनि

को हुन् ती महिला ? जसलाई समात्दा दुई महाशक्तिको तनाव बढ्यो
ह्वावेइकी अधिकारीको पक्राउपछि आक्रोशित चीनले मुख खोल्यो
मोबाइल कम्पनीकी वरिष्ठ अधिकारी क्यानडामा पक्राउ


Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies