Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

‘ए’ डिभिजन फुटबलः आज तीन खेल हुँदै

काठमाडौँ। जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज तीन खेल हुँदैछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार आज दुई खेल एन्फा मैदान सातदोबाटो तथा एक खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा हुनेछ । आज हुने पहिलो खेलमा मनाङमस्र्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच तथा च्यासल युथ क्लब र हिमालयन शेर्पाबीच दोस्रो खेल एन्फा मैदानमा हुनेछ भने हल्चोक मैदानमा थ्रीस्टार र सरस्वती युथ क्लबबीच खेल हुनेछ । प्रतियोगितामा शतप्रतिशत जित आत्मसात् गरेको मनाङ सोही नतिजालाई कायम राख्ने लक्ष्यमा छ । तालिकाको अन्तिमतिर रहेको जावलाखेल मनाङलाई हराउँदै लिगमा अप्रत्यासित नतिजा निकाल्ने दाउमा रहको छ । शीर्ष स्थानको मनाङको पाँच खेलबाट १५ अङ्क जोडेको छ । जावलाखेल युथ क्लब चार अङ्कसहित तालिकाको ११औं स्थानमा छ । सोही मैदानमा दिउँसो २ः३० बजे हुने दोस्रो खेलमा हिमालयन शेर्पा र च्यासल युथ क्लब आमनेसामने हुनेछन् । स्टार खेलाडी अनुबन्धन गरेर अपेक्षाअनुसारको प्रदर्शन गर्न नसकेको च्यासलले उपाधि होडबाट बाहिर भएको घोषणा गरिसकेको छ । लिगमा हिमालय शेर्पाले राम्रै नतिजा निकालिरहेको छ । शेर्पा १० अङ्कसहित छैटौं स्थानमा रहँदा च्यासल चार अङ्कसहित नवौं स्थानमा छ । आजै हुने तेस्रो खेलमा रुस्लान थ्री स्टार क्लबले सरस्वती युथ क्लबसँग प्रतिस्पर्धा गर्दैछ । लिगको उपाधि दाबेदार क्लब थ्रीस्टारको लक्ष्य सरस्वतीलाई पराजित गर्दै शीर्ष स्थानको मनाङमाथि दबाब सिर्जना गर्नेछन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies