Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

दिसापिसाब व्यवस्थापनमा सरकार उदासीन हुँदा सर्वसाधारणको स्वास्थ्यमा असर

चितवन। मानव स्वास्थ्यमा गम्भीर असर पार्ने दिसा– पिसाबको व्यवस्थापनमा सरकार उदासीन हुँदा सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर परिररहेको छ । समयमा दिसा–पिसाब नगरेमा विभिन्न रोग लाग्न सक्छ भने त्यही दिसा–पिसाब जहाँ पायो त्यही गरेमा सरुवा रोग पनि लाग्नसक्छ । तामझामका साथ खुला दिसामुक्त जिल्ला घोषणा गरिए पनि जिल्लाका सार्वजनिकस्थलमा पर्याप्त शौचालय नभएकाले सर्वसाधारणले कष्ट व्यहोर्दै आएका छन् । जिल्ला समन्वय समितिका संयोजक कृष्ण डल्लाकोटी स्थानीय तहको विकास भनेको ढल निकास र कालोपत्रे मात्रै ठानिदिँदा अन्य विषय ओझेलमा परेको बताउछन् । सार्वजनिक शौचालय आवश्यक भएर पनि नबनाइँदा सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ भन्दै उनी मुख्य शहरी क्षेत्रमा किनमेलका लागि आउने र लामो दूरीमा यात्रा गर्नेहरू व्यवस्थित शौचालय अभावमा जताततै शौच गर्न बाध्य हुनुपरेको बताउछन् । भरतपुर महानगरपालिकाका इञ्जिनीयर विराट घिमिरेले बाटो घाटो हिँड्डुल गर्नेलाई पर्याप्त सार्वजनिक शौचालय उपलब्ध गराउन नसकेको उल्लेख गर्छन । भएका शौचालयको पनि व्यवस्थापन नहुँदा प्रयोगमा आएका छैनन् । ठूलो भीडभाड हुने ठाउँमा महानगरपालिकाले बनाएको मोबाइल शौचालय भए पनि छ महीनादेखि यो बिग्रिएर बसेको उनी जानकारी दिनछन् । जिल्लामा मानिसको भीडभाड हुने, नारायणगढ बजार, रत्ननगर र पर्सा बजारमा पर्याप्त सार्वजनिक शौचालय छैनन् । यात्रा गर्ने यात्रुका लागि नारायणगढ–मुग्लिन सडक, पूर्वपश्चिम राजमार्ग र पृथ्वी राजमार्गमा पनि सार्वजनिक शौचालय नभएकाले यात्रु खुला ठाउँको भर पर्न बाध्य छन् ।जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रामचन्द्र पाठक जहाँ पायो त्यही शौच गर्दा सरुवा घातक रोग फैलने बताउछन् । शहरी क्षेत्रको सौन्दर्यताका लागि पनि सार्वजनिक शौचालय ठाउँठाउँमा हुनुपर्ने उनको भनाइ छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख शालिकराम पौडेल स्थान व्यवस्थापनको अभावमा सार्वजनिक शौचालय बनाउन कठिन भएको बताउछन् । पर्याप्त शौचालय नभएको बताउँदै उनी आकर्षक शौचालय बनाउने योजना रहे पनि आवश्यक ठाउँमा स्थानको अभावमा शौचालय बनाउन नसकेको हो भन्छन् । कतिपय ठाउँमा शौचालय बनिसकेपछि व्यवस्थापनमा समस्या देखिएकाले पनि शौचालय बनाउन नसकिएको उनको भनाइ छ । बनिसकेका कैयौँ सार्वजनिक शौचालय पनि प्रयोगमा नआइ जीर्ण भैसकेका छन् समयमा शौच नगर्दा के हुन्छ ? बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका उपनिर्देशक मूत्ररोग विशेषज्ञ डा निर्मल लामिछाने दिसा–पिसाब समयमै गर्नुपर्नेमा जोड दिन्छन् । उनका अनुसार मूत्रथैलीमा २०० मिलिलिटर पिसाब पुगेपछि शौच गर्न मन हुन्छ । यो पिसाब बढेर ३५० मिलिलिटर पुगेपछि मानिस पिसाब च्यापेर शौचालय खोज्न थाल्दछ । यती गर्दा पनि पिसाब फेर्न नपाएमा पिसाब थैलीबाट मिर्गौलातर्फ पिसाब फर्किने उनी जानकारी दिन्छन् ।मिर्गौलाबाट दुई वटा नली हुँदै पिसाब बगेर पिसाब थैली भरिन्छ । समयमा पिसाब नफेरेमा फर्किएर पुनःमिर्गौलामा फर्किने हुँदा यसबाट मिर्गौलामा दबाब भइ पिसाब छान्न समस्या हुने डा लामिछानेको भनाइ छ।लामो समयसम्म पिसाब नफेर्ने गरेमा दीर्घकालीनरुपमा मिर्गौलाको समस्या देखिने र दिसा पनि समयमा नगर्दा दिसाको पानीको मात्रा कम हुँदै जाने र गोटा पर्नाले थप जटिलता थपिनेमा उहाँ जोड दिन्छन् । खुला दिसा–पिसाब गरे के हुन्छ ? खुला ठाउँमा दिसा–पिसाब गर्दा झाडापखाला, कमलपित्त, आउँ, हैजा, विषमज्वरोजस्ता रोग लाग्न सक्छन् । नेपाल चिकित्सक सङ्घका जिल्लाअध्यक्ष तथा वरिष्ठ फिजिसियन डा प्रकाश खतिवडा खुला ठाउँमा दिसा–पिसाब गर्दा पानीमा मिसिएर महामारी रोग फैलिन सक्ने बताउछन् । झिङ्गामार्फत् त्यस्ता रोग सर्ने र भयावह हुन सक्ने भएकाले शौचालयमा मात्रै दिसाब पिसाब गर्न र त्यसपपछि राम्रोसँग हात धुनपर्नेमा उनको सुझाव छ । एक ग्राम दिसामा एक करोड भाइरस, १० लाख ब्याक्टेरिया, एक हजार परजीवी र १०० जुकाको अण्डा हुनसक्ने बताइन्छ । घातक रोग लगाउने यी जीवाणुलाई आँखाले राम्रोसित देख्न सकिँदैन । दिसाजन्य रोगका कारण वर्षेनी झाडापखालालगायत प्रकोप फैलिने गरेका छन् । यस्ता रोगले सयौँको ज्यान जाने गरेको छ । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies