Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

फेरि लयमा राजन मुकारुङ- प्रेमिकाको कुरालाई हतियार बनाएर सिध्याउन खोजियो !

काठमाडाैं । ‘हामीले राज्यसत्तासँग अलग देश मागेका होइनौँ, सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक रूपमा समान हैसियत मागेका हौँ,’ मदन पुरस्कार विजेता लेखक राजन मुकारुङ भन्छन् । अाजकाे नयाँ पत्रिका दैनिकमा याे खबर छ - पछिल्लो एक वर्ष राजन मुकारुङ विवाद र आलोचनामै अल्झिए । १५औँ प्रेमिकाको लफडामा फसे । विवादमा आउने रहर नै थियो त राजन मुकारुङलाई ? एकछिन गम्भीर हुन्छन् । प्रकाशनका लागि अन्तिम तयारीमा रहेको आफ्नो ‘अयोग्य’ उपन्यासको पाण्डुलिपि ओल्टाइपल्टाइ गर्छन् । र, भन्छन्, ‘त्यो विषयमा म मौन बसिदिएँ । हाम्रो समाज हचुवाका भरमा बाहिरिएका कुरामा कतिसम्म भ्रमित हुन्छ भन्ने कुरा जान्नका लागि पनि थियो । एक वर्षसम्म मेरा शुभचिन्तकले ममाथि आएका प्रेमिकाको समाचार मात्र पढे ।’ उनले थपे, ‘संविधान जारी भयो । विवादबीच चुनाव भयो । म चुनावमा सहभागी भएँ । त्यतै अल्झिएँ ।’ राजन मुकारुङ त्यो समयमा दूरदराजका गाउँहरूमा पुगे । उनीहरूको जीवनस्तर, सामाजिक संरचनाको अध्ययन गरे, उनीहरू कस्तो सांस्कृतिक चेतनासँग जीवनयापन गरिरहेका छन् या कस्तो आर्थिक हैसियत बोकेर बाँचिरहेका छन् भन्ने कुराको खोजबिन गरे । ‘त्यही समयमा शुभचिन्तक भेटिए । अनेक ढंगको सम्बन्ध बन्यो । ठाउँ–ठाउँमा बहस, विमर्श गर्दै हिँडेँ । तर, प्रेमिकाको सवाललाई भने केन्द्रमा राखियो,’ लामो सास तानेर टेबलबाट कुइनो हटाउँछन् र थप्छन्, ‘सबैले राजन मुकारुङलाई कसरी सिध्याउन सकिन्छ भनेर कमजोरी खोजिरहेका वेला प्रेमिकाको कुरालाई हतियार बनाएर सिध्याउन खोजियो ।’ राजन मुकारुङले दूरदराजमा पुग्दा बुझे, नेपालमा दुई खालका स्कुल छन् । एकथरी सहरका निजी स्कुल, जसले भौतिक सपना देखाइरहेका छन् । अर्को, सरकारी स्कुल जहाँ सपना नै देखाइँदैन । धनीहरूले आफ्ना बालबालिका निजी स्कुलमा पढाइरहेका छन् । नसक्नेहरू त्यतै, कतै सपनाभन्दा परको जीवन बाँचिरहेका छन् । आफूले जुन समुदायको उत्थानका लागि लेखियो, उनीहरू त सपनाविहीन भएर बाँच्दा रहेछन् भन्ने कुरा राजनले त्यतिखेरै बुझे । भन्छन्, ‘हामीसँग सपना नै छैन, सपना नभएकै कारण हामी पछाडि छौँ । हाम्रो सपना तलदेखि नै सिध्दिएर आएको छ । प्राथमिक तहमै हामीले उनीहरूलाई स्वप्निल बनाउनुपथ्र्यो ।’ उनको तर्क थियो, मानिसहरू निर्जीवजस्तो, कृत्रिमजस्तो भएर बाँचिरहेका छन् । अब त्यतातिर ध्यान दिन जरुरी देख्छन्, राजन । उनको आक्रोश छ, ‘हामी राज्यसँग न्याय मागिरहेका हौँ । हाम्रो पनि अधिकार छ, हामीलाई पनि भूमिका देऊ भनेका हौँ । राज्य नै खोस्न खोजेका होइनौँ ।’ दमनमा बाँचिरहेको हरेकले कुनै दिन त अवश्य विद्रोह गर्छ नै । उनी सुझाउँदै भन्छन्, ‘राज्यले विद्रोह जन्मिने वातावरणको सिर्जना गर्नुहुँदैन ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies