Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

प्रदेश ५ को नेकपा अध्यक्षमा राना र पुन

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश र त्यो भन्दा तल्लो तहमा पार्टी एकीकरणको अन्तिम तयारीमा जुटेको छ । आगामी भदौं ५ गतेसम्म सबै तहको एकता प्रक्रिया सम्पन्न गर्ने नेकपाको तयारी छ । त्यसैक्रममा एकताका लागि कार्यदलले प्रतिवेदन बुझाउने क्रम शुरु भएको छ । प्रदेश र जिल्ला कमिटी एकीकरण गर्न गठित कार्यदलले विहीबार महासचिव विष्णु पौडेललाई नेकपाले प्रदेश नं ५ को प्रतिवेदन बुझाएको छ । जसमो अध्यक्षहरुको नाम सिफारिस सहितको प्रतिवेदन बुझाएको हो । नेकपाको प्रदेश ५ कमिटीको अध्यक्षमा दलबहादुर राना मगर र गणेशमान पुन मगरको नाम सिफारिस भएको छ । प्रदेश अध्यक्षमा सिफारिस भएका दलबहादुर रानामगर पाल्पा १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा तत्कालिन एमालेका प्रदेश ५ सहसंयोजक हुन् । त्यस्तै गणेशमान पुन तत्कालिन माओवादी जनमुक्ति सेनाका डिभिजन कमाण्डर तथा पूर्वमन्त्री हुन् । जस अनुसार पूर्व माओवादी केन्द्रको आधार क्षेत्र मानिने रोल्पा र रुकुम (पूर्वी भाग) को नेतृत्व माओवादी केन्द्रले नै पाउने भएको छ। जस अनुसार १२ जिल्ला रहेको प्रदेश– ५ का ७ जिल्लाको नेतृत्व (अध्यक्ष) पूर्व एमालेको तर्फबाट हुनेछन् भने माओवादी केन्द्रले ५ जिल्लाको नेतृत्व पाउनेछ। एमालेले अध्यक्ष पाउने जिल्लाहरुमा रुपन्देही, कपिलबस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, प्यूठान र दाङ छन्। माओवादी केन्द्रले रुकुम (पूर्वी भाग), रोल्पा, बाँके, बर्दिया र नबलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को भाग पाउने भएको छ। यसैगरी प्रदेश ५ को प्रदेश कमिटीको आकार र भागबण्डा पनि दुबै पक्षले टुङ्ग्याएका छन्। जस अनुसार प्रदेश ५ मा नेकपाको प्रदेश कमिटी २०३ सदस्यीय हुनेछ, जसमा पूर्व एमालेबाट १०६ र पूर्व माओवादी केन्द्रबाट ९७ जना हुनेछन्।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies