/  Sat, February 23, 2019

जन्मँदा १ हजार, मृत्यु भए ५ हजार !

ओखलढुंगा । जन्मँदा एक हजार, मृत्यु भए पाँच हजार । झट्ट सुन्दा अनौठो लाग्न सक्छ । जन्मनेलाई भन्दा मर्नेलाई पो प्रोत्साहन हो कि भनेर । तर त्यस्तो होइन ।

आजको कान्तिपुर दैनिकमा याे खबर छ – सामाजिक सुरक्षा भत्तामा हुने अनियमितता रोक्न र पञ्जिकरण प्रणाली व्यवस्थित राख्न स्थानीय तहले यस्तो निर्णय गरेको हो ।

ओखलढुंगाको सुनकोसी गाँउपालिकाले पालिकाभित्र कसैको मृत्यु भए परिवारलाई पाँच हजार किरिया खर्च दिने निर्णय गरेको छ। बर्थिङ सेन्टरमा जन्मने शिशुको परिवारलाई भने १ हजार दिने भएको छ।

यो निर्णय सुन्दा एउटा अर्थ लाग्ने देखिए पनि यसको उद्देश्य विशेष छ। गाउँपालिका प्रमुख रुद्र अधिकारीले भने ‘वृद्ध अपांक भत्ताका नाममा वर्षेदेखि कर्मचारी र भत्ता लिने आफन्ले मृत्यु भइसकेकाको नाममा पनि सामाजिक सुरक्षा भत्ता लिएर अनियमितता गर्दै आएका थिए । मृत्यु भएकाको परिवारलाई ५ हजार किरिया खर्च दिन थालेपछि यसको अन्त्य हुँदै जान्छ।’

गाँउपालिकामा मृत्यु हुनेलाई किरिया खर्चका साथै समवेदना पत्र दिई अभिलेख राख्ने गाँउपालिकाले जनाएको छ। अभिलेख राख्दा मृत्यु भएको व्यक्तिको सामाजिक सुरक्षा भत्ता लिने व्यक्ति एकै हो कि होइन भन्ने निक्योल गरिन्छ ।

साउन २४ गते, २०७५ - ०८:०६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भारतीय पक्षले बनाएको ड्यामले १३ सय घरधुरी डुबानमा पर्ने

भारतीय पक्षले बनाएको ड्यामले १३ सय घरधुरी डुबानमा पर्ने

कैलाली । सीमा नजिकै भारतीय पक्षले एकतर्फी रुपमा ड्याम निर्माण गर्न थालेको छ । भारतीय पक्षल सन्धिसम्झौताविपरीत...   
नेपालको स्याटालाइट अन्तरिक्षमा पठाउँदै

नेपालको स्याटालाइट अन्तरिक्षमा पठाउँदै

काठमाडौं । सन् १९५७ मा सोभियत संघले पहिलोपटक स्याटलाइट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको थियो...   

खानेपानीको मुहान खोज्दै जंगल पसे मेयर

संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिकाका मेयर विपिन राई नेतृत्वको टोलीले गाग्रो बोकेर जंगल चहारेको...   

प्रधानमन्त्री ओलीको प्रस्तावले गर्दा नेकपाको शक्तिशाली कार्यदल भंग

काठमाडौं । पार्टी एकताको सांगठनिक कामको टुंगो लगाउन गठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अधिकार...   

त्रिविको तयारी : स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आगामी वैशाखमा गर्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन २०७६ वैशाखमा सारिएको...   

१ सय ५० रोपनी सरकारी जग्गा हयात होटलको नाममा

काठमाडौं । तारागाउँ विकास समितिको गतल निर्णयका कारण सरकारी स्वामित्वको १ सय ५० रोपनी जग्गा हयात होटलका...   

कांग्रेसमा शेरबहादुर देउवा र कोइराला  वाक्‍‍‍युद्व

काठमाडौं । कांग्रेसमा सभापति शेरबहादुर देउवा र कोइराला परिवार नेताहरूबीच वाक्युद्ध चलेको छ। पार्टीको...   

आजको राशिफल

काठमाडाैं । वि.सं.२०७५ साल फाल्गुन ११ गते । शनिबार । ईश्वी सन् २०१९ फेब्रुवरी २३ तारिख । नेपाल संवत्...   

सरकार अब सहरभित्रका पेट्रोल पम्प हटाउँने तयारीमा

काठमाडौँ । सरकारले उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न समस्या परेपछि सहरभित्रका पेट्रोल पम्पले गर्दा...   

श्रीमतीको हत्या गरी काटिएको टाउको लिएर थाना पुगे श्रीमान्

बीबीसी । भारतको मध्यप्रदेशको मुरैना जिल्लामा एक व्यक्तिले श्रीमतीको हत्या गरेपछि काटिएको टाउको लिएर...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top