Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

भातृ संगठनको नेतृत्व चयनबारे नेकपालार्इ खबरदारी

नेपाली राजनीतिमा अहिले ठुला-ठुला दुई कम्युनिस्ट पार्टी एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (ने क पा) बनिसकेको अवस्था छ । हाल दुबै पार्टीका सहायक संगठन, जनबर्गिय संगठन मोर्चाहरुको पनि धमाधम एकीकरण हुने अन्तिम तयारीमा छन् । यसै सन्दर्भमा हामी निकट भविष्यमै नेकपाको सहायक तथा युवा सगठनको पनि नेतृत्व चयन गर्दैछौं । हामीले नेता चयन गर्दा नेतृत्वकर्ताको चित्रभन्दा पनि चरित्र, पहुच भन्दा पर्छाइ एवम् संगठनभन्दा संगठनलाई महत्व दिने ब्यक्तिको पहिचान गर्न सकियो भने संगठनका अनि देशकै युवाहरूको भविष्य उज्वल बनाउन सकिन्छ । यसका लागि उचित, योग्य र सक्षम पात्र सचेतना पुर्बक खाेजि गनुपर्छ । यसको नेतृत्वको संगठनका सम्पुर्ण युवा, पार्टी तथा यो देशले नै गर्व गर्न लायकको काम गर्न सक्छ । यस मानेमा हामी शत प्रतिशत बिश्वस्त छौ । नेतृत्व भनेकाे निती निर्माता हो । त्यही नीतिलाई समाज र राष्ट्रको स्थायीत्व ,समृद्धि खुशी र दिगो कुशलता पुर्बक कार्यन्वयन गर्ने ब्यक्ति नेतृत्व हो । यस अर्थमा नेतृत्व नीतिहरुको निर्माता हो । नीतिहरुको असल कार्यन्वयन कर्ता हो । अर्को अर्थमा नेतृत्व समाज र देश राष्ट्रको कुशल चालक हो । चालकको कुशलतामा हामी यात्रुहरु सुरक्षित र सफल रुपमा हाम्रो गन्तब्य पुग्ने नपुग्ने भर पर्छ । त्यसैले नेतृत्व समाज वा देश राष्ट्रको चालक हो, मार्गदर्शक हो । नेतृत्व समाज वा राष्ट्रको अगुवा हुनुको नाताले आम जनमानस भन्दा फरक र भिन्न हुनु पर्छ । नेतृत्व बैचारिक रुपमा क्षमतावान, कुशल संगठक, आर्थिक रुपमा पारदर्शी, साँस्कृतिक रुपमा अविचलित हुनु असल र सफल नेतृत्व आधारभुत र अति आवश्यकिय गुणहरु हुन्छ । त्यस्तैगरि धैर्यशाली, समय, चतुर, कुटनैतिक, देश भक्ति, ठोस परिस्थितिको ठोस विश्लेषण गर्न सक्ने क्षमता, घुललिने ब्यावहारिक आदि गुण नेतृत्वमा हुनु अनिवार्य गुण हुनुपर्छ । पार्टी एकता अहिलेसम्म केन्द्रीय समिति मात्र सम्पन्न भएकाे छ । उसको भगिनि संगठनहरू र प्रदेश, समिति र वडासम्म पार्टीकाे सहि तरिकाले एकता काम गर्न बाँकि छ । स्थायी संगठन समितिहरु निमार्ण हुने प्रकृया बाँकी छ । संगठनकाे नेतृत्व जिम्मेवारी दिने लिने सवाल महत्त्वपूर्ण हुदै हो । नेतृत्व कामकाजी चलायमान चुस्त जुझारु असल, सक्षम आवश्यक नेतृत्वहरु छान्नुपर्छ । संगठन निर्माण गर्ने सामान्य ख्याल ठट्टा चानचुने विषय हुँदै होइन नेतृत्व लिनेे छान्ने कुरा । यो एउटा सरल र जटिल प्रक्रिया कुरा हो र छ । अहिलेसम्म प्रचलनमा आएका नेतृत्व छनौटका आधारहरु र जीवनकाे भाेगाईका अनुभवहरु ब्याख्या गर्दै प्रस्तुत गर्न चाहन्छु। योग्यता र क्षमताको आधार, इतिहास र योगदानको आधार, कृयाशिलता र निरन्तरताको आधार, आवाश्यकता र आकस्मिताको आधार रहेका छन् । पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद,लेलिनवाद माने र बुझेको हुनुपर्छ । एकाईशौ शताब्दीको जनवाद बुझेको हुनुपर्छ । जनताको बहुदलिय जनवाद (जबज) बुझेको हुनुपर्छ । पार्टीको नीति तथा कार्यक्रमहरुको आधारभुत ज्ञान भएकाे हुनुपर्छ । योग्य ब्यक्तिलाई नेतृत्व छनौटमा प्राथमिकता राख्नुपर्छ । आवश्यक बैचारिक रुपमा याेग्ये ब्यक्ति भएकाे हुनुपर्छ । सांगठानिक क्षेत्रमा काैव्सलता कुशल संगठक हुनुपर्छ । सबैकाे मनाेविज्ञान बुझ्न सक्ने हुनुपर्छ । [caption id=\"attachment_200189\" align=\"alignleft\" width=\"300\"]\"\" लेखक[/caption] सबैलाई मिलाएर लान सक्ने, क्षमतावान ब्यक्ति हुनुपर्छ । अबको नेतृत्व छनौट गदा संगठनमा प्राथमिकता राख्नुपर्छ । कार्यकर्ता र जनभावनाकाे समस्या बुझ्ने हुनुपर्छ । सहज तरिकाले समाधान,प रिमाण निकाल्न सक्ने हुनुपर्छ । सरल साेभाव र सहज योग्य र सक्क्षम ब्यक्तित्व हुनुपर्छ । सहि मानेमा नेतृत्वको रुपमा छनौट हुनुपर्छ । लाल निपुण इतिहासमा योगदान गरेका कायकर्ता छनोट गरिनुपर्छ । सहयात्री सहयाेदाकाे उचित योगदानको कदर सम्मान गनुपर्छ । पहिचानलाई पनि नेतृत्व छनौटको पात्र बनाइन्नु पर्छ । यद्यपि, इतिहास बोकेका, पार्टीलाई योगदान गरेकालाई नेतृत्व छनौट गरी उचित सम्बोधन गर्नुपर्छ । यस तर्फ नेतृत्व छनोट कर्ताहरु गम्भीर हुन आवश्यक छ । न नेतृत्वसँग सम्बन्ध गाँसेको, आफ्नो नजिकको आफ्नो गणेश प्रवृति यस तर्फ नेतृत्वको ध्यान जाओस् । पार्टी संगठनमा नेतृत्व छनौट गर्दा इतिहासको ब्याजले नेतृत्व चुनिने, छानिने कुरा निषेध नै गर्नुपर्छ । समानुपातिक समावेशितालाई सही रुपमा कार्यन्वयन गर्न आवश्यक लिङ्ग, पिछडिएको जाति, वर्ग, क्षेत्र र समुदायबाट आकस्मिक नेतृत्व छनौट गर्नुपर्ने हुन्छ । सही सजक तरिकाले यो विधि अपनाउँनु पर्छ । जसले गर्दा पिछडिएको जाति, वर्ग, क्षेत्र, लिङ्ग समुदायबाट आवश्यक नेतृत्व चयन होस् र आवश्यक नेता ल्याउन सकियोस् । बिवाद नहुने गरि, निस्वार्थ रुपमा कुनै पनि पुवग्राहि नराखी, सही मुल्यांकन गरी योग्यता र क्षमताको आधारमा, इतिहास र योगदानको आधारमा, सकृयता निरन्तरताको आधारमा साथै आवश्यकता र आकस्मिकताको आधारमा बैज्ञानिक ढङ्गले नेतृत्व छनौट गर्नु समयको माग हो, अहिलेको आवश्यकता हो । यस तर्फ हामी गम्भीर बनौं । अन्तमा: संगठनमा सकृय र कृयासिल उर्जासिल जुझारु युवा कार्यकर्ताहरु, ब्यक्तित्वहरुलाई नै नेतृत्व छनौटमा पर्नुपर्छ, ल्याइनुपर्छ । कृयासिल, उर्जासिल निरन्तर पार्टी र संगठनप्रति बफादार ब्यक्तिहरु नेतृत्व छनौटमा पर्नुपर्छ । जुन छनौटका पार्टी र संगठन चलायमान, जिवन्त, सजिव हुन्छ । जुन नेतृत्वको टिमले पार्टी र संगठन साथै समाज र देशको स्थायित्व, समृद्धि र दिगो विकासको लागि कमै अष्ट्रिया, न्युजिल्याण्ड, फ्रान्स मलेसियामा झै युवाहरू पार्टी र सत्ता नेतृत्व आउँन महत्त्वपूर्ण भुमिका खेल्दछ । यस तर्फ ध्यान दिइओस् । (लेखकः वाइसीएलका केन्द्रीय सचिव हुन् ।)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies