Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

नेकपा प्रवक्ताको राजीनामा

काठमाडौँ । चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनशन बसेका डा. गोविन्द केसीसँग भेटघाट गरेको विषयमा पार्टीभित्र विवाद हुँदा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले राजीनामा दिएका छन् । अाजकाे कान्तिपुर दैनिकमा याे खबर छ - प्रधानमन्त्री केपी ओलीले साउन ७ गतेको नेकपा सचिवालय बैठकमा केसीको माग सम्बोधन गर्ने विषयमा श्रेष्ठले भूमिका खेलेको र भेटघाटसमेत गरेको भन्दै प्रश्न उठाएका थिए । श्रेष्ठले केसीले उठाएका माग सम्बोधन गर्नुपर्ने र त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा नेतृत्वको कार्यदलले दिएको प्रतिवेदन ठीक रहेको बताएका थिए । बैठकमा श्रेष्ठले केसी र माथेमा प्रतिवेदनमाथि सकारात्मक धारणा राखेपछि प्रधानमन्त्री ओलीले प्रतिवाद गरेका थिए । उनले पार्टीको जिम्मेवार व्यक्ति एवं प्रवक्तासमेत भएको व्यक्तिले कुनै पनि विषयमा पार्टीको तत्कालीन पोसिजन के छ, त्यो ख्याल गर्नुपर्ने भन्दै श्रेष्ठको गतिविधिप्रति आपत्ति जनाएका थिए । प्रधानमन्त्री ओलीले भेटको विषयलाई आपत्ति जनाएपछि श्रेष्ठले प्रवक्ता पद आफूलाई नचाहिने भन्दै तत्काल राजीनामा दिएका थिए । त्यो दिनको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि ओलीको भनाइमा समर्थन गर्ने खालको धारणा राखेपछि श्रेष्ठले त्यहीं राजीनामा बुझाएका थिए । श्रेष्ठले राजीनामा दिए पनि स्वीकृत भएको छैन । श्रेष्ठले आवेशमा राजीनामा घोषणा गरेको भन्दै त्यसलाई गम्भीर रूपमा नलिएको एक नेताले बताए । श्रेष्ठ भने राजीनामा प्रकरण र पार्टीको बैठकमा भएको छलफलका विषयमा मौन छन् । ‘यो विषयमा मेरो कुनै प्रतिक्रिया छैन, पार्टीका बैठकभित्रका कुरा कसरी बाहिर आए ? त्यसबारे मेरो कुनै टिप्पणी छैन,’ श्रेष्ठले कान्तिपुरसँग भने । स्रोतका अनुसार उनले आवेशमा राजीनामा दिएकाले पार्टीकै जिम्मेवारीमा फर्काउने तयारी छ । केसीको आमरण अनशनको विषय सहमतिमा टुंगिएसकेकाले अब त्यसको तुष बाँकी राखेर हिँड्न नहुने सुझाव नेताहरूले श्रेष्ठलाई दिएका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies