Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

रोनाल्डोमाथि नेमारको विश्वास

लन्डन ।यो सिजन धेरैलाई आश्चर्यमा पार्दै क्रिस्टियानो रोनाल्डो स्पेनिस क्लब रियल म्याड्रिड छाडेर इटालियन क्लब युभेन्टस पुगेका छन् । उनले युभेन्टससँग १० करोड ५० लाख पाउन्डमा युभेन्टससँग चार वर्षका लागि अनुबन्ध गरेका छन् । उनको अनुबन्धसँगै इटालियन फुटबलमा रोनाल्डोको प्रभाव र उनको भविष्यको विषयमा धेरै अड्कलबाजी चलेका छन् । अाजकाे अन्नपुर्णपाेष्ट दैनिकमा याे खबर छ - यद्यपी ब्राजिलियन स्ट्राइकर नेमारले भने रोनाल्डोले इटालियन फुटबलमा परिवर्तन ल्याएर छाड्ने विश्वास व्यक्त गरेका छन् । त्यसो त रोनाल्डो आफैंले पनि युभेन्टसमा आफू नयाँ इतिहास कायम गर्न आएको दाबी गरेका छन् । क्लबसँगको सम्झौतापछि आयोजित आफ्नो पहिलो पत्रकार सम्मेलनमा रोनाल्डोले आफू ३३ वर्षकै उमेरमा लय गुमाउने फुटबलर मध्येको नभएको दाबी गरेका थिए । रोनाल्डोको त्यही भनाइलाई नेमारले पनि साथ दिएका हुन् । नेमारले इटालियन सिरी ए लिगमा रोनाल्डोको ठूलो प्रभाव रहने दाबी गरेका छन् । ‘मेरो विचारमा रोनाल्डोले इटालियन फुटबलमै परिवर्तन ल्याउनेछन्’, नेमारले भनेका छन्, ‘किनभने रोनाल्डो साँच्चिकै महान् फुटबलर हुन् ।’ रियल म्याड्रिडमा नौ वर्ष बिताएका रोनाल्डोले च्याम्पियन्स लिगको चार तथा स्पेनिस ला लिगा र कोपा डेल रेको दुई/दुई उपाधि जितेका छन् । इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट समेत घरेलु र युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेका रोनाल्डोले आफ्नो सफलतालाई युभेन्टसमा पनि दोहोर्याउने विश्वास गरिएको छ । त्यसमा नेमारले पनि रोनाल्डोलाई सफलताको शुभकामना दिएका छन् । ‘यतिधेरै सफलता हात पारेपछि त्यो क्लब छाड्ने निर्णय साँच्चिकै कठिन हुनुपर्छ’, नेमारले भनेका छन्, ‘म उनलाई सफलताका लागि शुभकामना दिन चाहन्छु ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies