Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

दुई महत्वपूर्ण अन्तर्राष्ट्रिय शृंखला खेल्दै राष्ट्रिय क्रिकेट टोली

काठमाडौं । ष्ट्रिय क्रिकेट टोलीले करिब तीन साताको अवधिमा दुई महत्वपूर्ण अन्तर्राष्ट्रिय शृंखला खेल्दै छ। नेपाली टोलीले यही २९ तारिख इङ्ल्यान्डको लर्ड्स मैदानमा मेरिलेवन क्रिकेट क्लब (एमसीसी) र नेदरल्यान्ड्स सहभागी हुने त्रिकोणात्मक टीट्वेन्टी शृंखला खेल्नेछ। त्यसपछि अगस्टको १ र ३ तारिखमा नेदरल्यान्ड्सविरुद्ध उसकै मैदानमा आफ्नो पहिलो एकदिवसीय शृंखला खेल्दै छ। अाजकाे अन्नपुर्णपाेष्ट दैनिकमा याे खबर छ - सोही दुई महत्वपूर्ण खेलका लागि बिहीबार त्यसतर्फ प्रस्थान गर्ने तयारीमा रहेको नेपाली टोलीले दुवै प्रतियोगितामा राम्रो नतिजा निकाल्ने योजना बनाएको छ। टोलीका खेलाडी तथा प्रशिक्षक आफ्नो योजनामा विश्वस्त पनि देखिएका छन्। टोलीका कप्तान पारस खड्काले आफ्ना लागि लर्ड्स र नेदरल्यान्ड्सको दुवै शृंखला उत्तिकै महत्वपूर्ण भएको बताए। उनले यी दुवै प्रतियोगितामा राम्रो नतिजा निकाल्ने योजना रहेको पनि बताए। ‘नेपाललाई ऐतिहासिक एकदिवसीय टोलीको मान्यता दिलाउने विश्वकप छनोट प्रतियोगिता खेलेको झन्डै चार महिनापछि फेरि अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि मैदानमा उत्रँदै छौं’, पारसले भने, ‘यी दुवै शृंखला हाम्रा लागि महत्वपूर्ण छन्। लर्ड्समा खेल्नु जो कसैका लागि सपनाको कुरा हो। त्यसमा जित हात पार्नु अझ प्रतिष्ठाको विषय हुनेछ। त्यसमाथि यस पटक लर्ड्समा नेदरल्यान्ड्स पनि सहभागी हुँदैछ। त्यसैले लर्ड्सको खेल हाम्रा अझ विशेष बनेको छ। नेदरल्यान्डमा हामी आफ्नो पहिलो एकदिवसीय शृंखला खेल्दै छौं। यो ऐतिहासिक खेलमा राम्रो नतिजा निकाल्न चाहन्छौं।’ पारसले लर्ड्सको खेलले नेदरल्यान्ड्सविरुद्धको खेलका लागि अभ्यासको काम गर्ने पनि बताए। ‘लर्ड्समा नेदरल्यान्ड्ससँग अन्तर्राष्ट्रिय टीट्वेन्टी स्तरको खेल खेल्ने छौं। यो साँच्चिकै प्रतिस्पर्धात्मक खेल हुनेछ’, पारसले भने, ‘यही खेलले नेदरल्यान्ड्सको प्रतियोगिताका लागि तयारी गर्न पनि मद्दत पुग्ने विश्वास लिएका छौं।’ यसैगरी टोलीका प्रशिक्षक जगत टमाटाले पनि यी दुवै खेल आफ्ना लागि महत्वपूर्ण रहेकाले राम्रो नतिजाकै योजना बनाएको बताए। ‘हाम्रा लागि यी दुवै खेल महत्वपूर्ण छन्। त्यसैले हामी दुवै शृंखलामा राम्रो नतिजा निकाल्ने प्रयास गर्ने छौं’, प्रशिक्षक टमाटाले भने, ‘त्यसका लागि खेलाडी तयार छन् र फिट पनि छन्। यसका लागि खेलाडी उत्साही पनि छन्। त्यसैले म हाम्रो योजनाप्रति विश्वस्त छु।’ टमाटाले लन्डनमा केही अभ्यास खेलसमेत खेलिने बताए। नेपाली टोली एमसीसीको निमन्त्रणामा लर्ड्समा जान लागेको हो। नेदरल्यान्ड्ससँग भने आईसीसीसँगको समन्वयमा एकदिवसीय शृंखला तय गरिएको हो। नेपाल र नेदरल्यान्ड्स दुवै टोलीले यसै वर्ष एक दिवसीय टोलीको मान्यता पाएका हुन्। नेपालले गत मार्चमा जिम्बावेमा भएको एकदिवसीय विश्वकपको छनोट प्रतियोगितामार्फत एकदिवसीय टोलीको मान्यता पक्का गर्दा नेदरल्यान्ड्सले भने त्यसको केही महिनाअघि मात्रै विश्व क्रिकेट लिग च्याम्पियनसिप जित्दै एक दिवसीय टोलीको मान्यता प्राप्त गरेको थियो। त्यसयता यी दुवै टोलीले आफ्नो पहिलो एकदिवसीय शृंखला खेल्न लागेका हुन्। यसैबीच, राष्ट्रिय क्रिकेट टोलीले मोनालिसा एक्सक्लुसिभ टेक्सटाइलसँग सर्टिङ सुटिङ पार्टनरसिप गरेको छ। टोलीले तत्काललाई आफ्नो लर्ड्स र नेदरल्यान्ड्स भ्रमणका लागि यो साझेदारी गरेको जनाएको छ। क्रिकेट खेलाडी संघ (सिपान) को सहयोगमा यो सहकार्य गरेको राष्ट्रिय टोलीले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा भएपछि औपचारिक रूपमा सम्झौता गरिने जनाएको छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies