Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

लुरे मुगलान र रातो बाकस (भाग- २)

ऊताको चाँजो पाँजो मिलाएर बिदा गरेर पठाईदीनु है बुवा! आऊँदो सोमबार चार बजेको फ्ला्ईट छ ।मैले टिकट लिएर राखीदेको छु ।कति पैसा अपुग हुन्छ रुम एता खोजेर पठाई दीऊँला ! दीदी बोलिरही तर मेरो मनमा एक्कासी भुईँचालो गयो ।म माथी आकास खस्न लागेझैँ भान हुन थाल्यो ।दिऊँसो मध्याह्न को बार्ह बजे पनी औँसीको रात झैँ अँध्यारो देख्न थालेँ । किन की मलाई म जन्मीएको स्वर्ग जस्तो जन्म भुमी मेरो गाऊँ पाखा पहरा खोला नाला झरना हरूलाई चटक्कै छोडेर जान पटक्कै मन थिएन ।मेरी संसार कै सुन्दर मलाई संसार देखाऊने मेरी आमालाई छोडेर जान पटक्कै मन थिएन ।मेरो मन एक भारीको भयो ।के गर्ने के नगर्ने केही सोच्नै सकीन !मेरो अन्तर आत्मा मा मन हरू झगडा गर्न लागे ।पहीलो मन ले भन्यो ।तँलाई कती मायाँ गर्ने यी गाऊँले हरू !संगै चिमुसी चि गट्टा लक्कुढाल संगै खेलेर किशोर अवस्था कटाएका प्यारा साथिहरू भुलेर जान्छस्रु तैँलेै खेल्ने त्यो बन चहुर बच्चा मा पौडी खेल्ने त्यो खहरेको पोखरी चटक्कै भुलेर जान सक्छस्रु तेरो बाल्यकाल भरी लडीबुडी गरेर कटाएको पाहाड पर्बत हिमाल तँ छोडेर जाँदा टुहुरा हुनेछन् ।मेरो बिन्ती छ तँ जानु हुँदैन जस्ले जेसुकै भनुन् छोडीदे१ कुरा सक्न नपाऊँदै कुरा काटेर दोश्रो मन बोल्यो ।तेरो बाऊले भनेको बिर्षीस्रु कती दीन बाऊ आमाको बोझ भएर बस्छस्रु कति दीन यो समाजको आँखाको तारो भएर बस्छस्रुतँ जस्तै बिग्रिएकाहरूले तँलाई राम्रो भन्छन् ।बाँकी सबैले नराम्रो! अहीले बाबू आमाको हात खुट्टा सद्दे छ पौरख खान पाएको छस् ।मोज मस्ती गर्दै हिँड्न पाएको छस् ।निकट भविष्य मा तेरो पनी बिहे होला! छोरा छोरी जन्मेला१ अर्काकी छोरी के ख्वाएर पाल्छस्रु बाबु आमा बुढा हुनेछन् ।तँ बुढेसकाल को साहारा एक्लो छोरो कसरी पाल्छस् बाबु आमालाईरु भनेको मान् यो गाऊँमा अल्झिएर बसेर प्रगति हुँदैन तेरो१ अन्तर मनको द्वन्द मा आखिर जित दोश्रो मनको भयो ।मैले घर जसरी पनी छाड्ने निधो गरेँ तर मुटु माथि ढूङ्गा राखेर!!! आईतबार बिहानै औँसीको दीन रहेछ ।आमाले चार बजे ऊठेर घर रातो माटोले पोतेर हरीयो गोबर ले लिपिसक्नु भएछ ।गाऊँ घरको चलन हरेक औँसी पुर्णीमा मा लिपपोत गर्नै पर्ने तर मलाई कीन यो सबै बकवास लाग्थ्यो । बा ले भने छिटो तयारी भएर आईजो गाडी छुट्छ बसपार्क सम्म म पुर्याएर फर्कीन्छु । मुटु एकभारीको भयको छ लोसे भएर कपडा बिस्तारै लगाएँ आमाको मुहारमा दुख पिर रातो हुँदै आईरहेको बाहीरै प्रस्ट देखिन्थ्यो ।कपास को बत्ती हालेर आमाले दियो जलाऊनु भो साईत को निम्ती तर त्यो दीयो भन्दा हजारगुणा मन आमाको जलेको भान भईरहेको थियो ।बुवा ले रातो ऊँ माने पद्मे हुँ लेखेको खादा पहराईदिएर भन्नु भो बाबु तँलाई हामीले हुर्कायौ बढायौ ठुलो बनायौ तँ हाम्रो यक्लो छोरा बुढेसकालको सहारा पनी बैरीको मुलुक मा पठाऊन त मन थिएन बाबु के गर्ने हेर त तेरो ताल एस्तो छ ।दीदी सहर बसेर पढीरहेकी छे महीनै पिच्छे भएका अलीअली अन्न बेचेर ऊसलाई पैसा पुर्याई रहेको छु।औसीँ पुर्णीमा तिथि श्राध्द रूद्री पुजा भन्यो सबैतिर खर्चको बाटो आऊने बाटो एऊटै छैन ।चित्त नदुखाएस्१ तैँले मान्दैनस् की भनेर मैले हकारेको मात्रै हो ।आमाले दही सँग मुछेको रातो अक्षताभरी आँसु चुहाएर हिलो बनाऊनु भो निधार मा रातो टीका लगाईदीदैँ आशिस दिन थाल्नु भो राम्रो होस् सत्रुको आँखा नलागोस् ।आज सम्म घर छोडेर हिडेको थिएन ।आज अर्काको देस जाँदैछस् के गर्नु त बाबु एस्तै रहेछ नियति को खेल !मेरो आँखा भरी कोसी खहरे हरू थुनीएर बसेका थिए फुट्न मात्रै नसकेर१यक मन त भन्थ्यो पहाड पर्वत थर्काएर रोईदीऊँ छोरा मान्छे रून हुन्न रे गाऊँमा सबै एही भन्थे । मैले आँसुलाई आँखा भित्रै दबाएँ ।बुवा आमाको खुट्टा ढोग गर्दै गाँठो परेको मन अझै गाँठो पार्दै आमाको कोमल हातको अन्तीम चोटी ईस्पर्स गरेर आमा पटी फर्कीँदै नफर्की बिस्तारै अगाडी पढीरहेँ ।आमा बेहोस भएर ढल्नु भयछ मेरो बिदाई संगै! घर बाट बस चढ्न यक घन्टा पैदल हिड्नु पर्थ्यो गाऊँमा मोटर बाटो पुगेको थिएन ।बाले हकार्दै भने ढिला भईसक्यो के गन् गन् गरेर बसेका तिमीहरूका आमा छोरा?? घर भन्दा तल मुल बाटो मा पुगेका थियौँ ।कहीले काहीँ भैँसी बिमारी भयो भने दाईना ले भेटेछ भन्दै बा त्यही मुलबाटो मा पहेँला राता काला सेता अक्षता खै के के बर्बराऊँदै हालेर मलाई साथी लिएर जान्थे राँको बाल्न लाई १मलाई यो सबै अन्धबिस्वास लाग्थ्यो ।तर गाऊँ घरका सबैले बिस्वास गर्दा मैले बिद्रोह गर्न पनी सकीन ।बिहान को दस बजेको हुँदो हो ।बा ले आमाले मायाँ गरेर हालीदीएको गुन्द्रूक माली गाईको घ्यु यक काईँयो केरा बोक्नु भयको छ ।म कालो झोला भिरेर दाहीने हातमा एऊटा झोला झुन्ड्याई रहेको थियँ।पर बाट कोही तरूण अबस्थाको केटी मान्छे म तिरै रूँदै आईरहेको थियो ।म यक्कासी आश्चर्य मा परेँ आखीर को हो त्यो केटी मान्छेरु ,कतै चिनीमायाँ त हैनरु मैले ऊसलाई अघिल्लो रात सबै बृतान्त सुनायँको थियँ र चाँडै फर्कीएर बिहे गरेर लाने प्रतिबध्दता पनी गरेको थियँ ।र म हिड्दा पिर मान्लीन् भन्दै १यो दीन जान्छु भनेर बताएको थिएन मैले ।मेरो होस् हवास् ऊड्यो नभन्दै ऊ नै पो रैछे ! बाको रिसले पार्यो तातेछ म सामु आईपुग्नु भन्दा दुईमीटर को दुरीमा बा ले रिसाएर फिल्मी सैलीमा भने पर्खी पर्खी पर्खी...........चिनीमायाँ जाहाँको तँही टक्क अडीई१ बा को रिस बढ्दै थियो ।तँलाई नखरमाऊली के भनेर याहाँ आईस्रु तेरै कारण ले गर्दा तैँले ने बिगारेर यस्लाई मुग्लान पठाऊनु पर्यो तँलाई अलच्छीनी भोटीनी के भनेर भेट्न आईस् हँ? चिनीमायाँ को आँखाभरी आँसु भरीएर आयो ।अब आनन्द हुने भो भेट्लीस् अब! मेरो छोरा बिगारा नखरमाऊली१ बा को रिस कडा छ ।मैले वाक्य फोर्न सकीन। रिसले भौतारिएर बा रिसले छिटो छिटो अगाडी बढ्दै गए ।म बिस्तारै पछाडी लागेँ छिटो हिडाईले बा पर पुगीसकेका थिए ।सडक को घुम्तीले छेकेर बा लाई देख्न छोडेपछी १चिनीमायाँ लाई गर्ल्याम्म अंगालो हालें अनी रोएँ । बा को तर्फबाट म माफी माग्छु ।म फर्कीए पछी म तिमीलाई बिहे गर्छु ।परिवार ले स्विकारेनन् भने म तिमीलाई काठमान्डौँ राखेर पाल्छु हस् ।ऊस्ले कुनै प्रतिकृया जनाईनन् ।रून्चे मुहार लगाऊँदै मात्र टाऊको हल्लाई् ।पहाड को खरको झुप्रो एकपाखे घर मेरो बचपन देखीको मिल्ने साथी कालन्तर मा हामीमा प्रेम बसेको थियो ।मलाई समाज को डर थिएन ।बुवा आमाले स्वीकार नगरे अन्तै लगेर पाल्ने मेरो अठोट थियो ।तर ऊ सँधै डराऊँथी हजुर एऊटा क्षत्रीको छोरा म तामाङ्नी! मेरो दाई हरू सार्है खतरनाक छन् ।हजुर लाई केही भयो भने म मर्छु भन्थी ।ऊसलाई फकाई फुल्याई बनाएँ ।ऊ भन्दै थि केटा मान्छे त स्वार्थी हुन्छन् रे बिदेस को रमझम मा भुलेपछी हजुर ले मलाई पक्कै भुल्नु हुनेछ ।ऊसको सिरमा हात राखेर मैले भनेँ म तिमी बाहेक अन्त नजर लगाऊने छैन ।अब ऊ बिस्वस्त भईसकेकी थी! तर मलाई बिदाई गर्नेमन पटक्कै थिएन ।समागम मा मस्त नाग नागीनी झैँ अंगालो मा बेरीएका थियौँ ऊ र म १ढीलो भयो सानु मैले हतार जनायँ बाले मार्छन् फेरी१ फेरी एकपटक आँसु सुकेका आँखाहरूबाट बलिन्द्रधारा आँसु खसाली! मेरो निधार मा यक चुम्बन गर्दै बोलीरही परदेस गएपछी मलाई भुल्नु भो भने म हजुर को नाम मा चिठी लेखेर पासो लगाई मर्छु ।छुट्न मन मलाई पनी पटक्कै थिएन ।किन की मलाई ऊस्ले कती धेरै मायाँ गर्छे त्यो मलाई थाहा थियो ।कती पटक मैले रक्सी खाएर बोमीट गर्दा सुध्द सोहेरेकी थि ऊसले! कतीपटक म जाँडले नालीमा लडेको मान्छे टीपेर आफ्नै बेडमा लगेर सुताएकी थी ऊसले १मेरो केयर धेरै गर्थी रक्सी नखानुस् भन्थी मैले कतीपटक ऊसको सिरमा हात राखेर रक्सी खान्न भनेँ ।तर साथी संगत त्यस्तै कसम छोड्दे भाई यक घुड्को तान न१ एक घुड्को तान्दा बानी लागेको मान्छे मुख चिलाई हाल्थ्यो ।सारा वाचाकसम तोडेर स्वाट्ट पार्यो सकीयो ।मान्छे तामाङ्नी तर सार्है मनकारी १तामाङ्गहरू सार्है फरासिला स्वभाव का हुन्छन् ।यो मैले भोगेको कुरा हो ।आमा पछीको मलाई मायाँ गर्ने ऊ नै लाग्थ्यो ।बा ले पनी मायाँ त गर्थे होलारु आफ्नो सन्तान लाई कुसुन्डा ले त मायाँ गर्छ भन्छन् ।तर मैले र मेरो मनले कहील्यै पनी बा ले म प्रती गरेको मायाँ देखेन ।अब निकै ढीला भईसकेको थियो । मैले ऊस्लाई अंगालो बाट छुटाऊन खोजेँ । भर्खर को बच्चा ले जसरी आफ्नो आमाले छोडेर मेला जान लाग्दा रूवाबासी गर्छ ।त्यस्तै रूवाबासी गर्न लागी म मुटु गाँठो पारेर बिदाई का हात हल्लाऊँदै अगाडी पढीरहेँ मलाई देखुन्जेल ऊसले रूवाई संग संगै हात हल्लाईरही देखीन छोडेपछी रूखमाथी चढेर म तल बेसी पुगीसक्दापनी बिदाईका हात हल्लाईरही । बजार पुगेँ बस चढीयो ।बस मा अनगीन्ती मान्छे हरू अनगिन्ती सपनाहरूका पोकै पोका बोकेर आफ्ना गन्तब्य पुग्नको लागी तल्लीन थिय ।म यक्लो महसुस गरीरहेको थियँ ।बसको झ्यालबाट यकचोटी आफ्नो गाऊँ फर्कीएर हेरेँ ।माथी मेरो घरमाथी को पाहाड पहाड मिलेर मानीसको मुहारको आकृती बनेको! त्यो छंग छंग झर्ने झरना आँसु बगेजस्तै आकृतीको आँखाबाट झरेको देख्दा मेरो मन भक्कानीयो नमज्जा संग!  मन मनै भनेँ ! हे मेरी नेपाल आमा हे !मेरो प्यारो गाऊँ मलाई आँसुले बिदाई गर्यौरु एदी म ज्युदो फर्कीन भने पनी गुनासो नगर्नु है । क्रमशः बाकी भाग अर्काे हप्ता पढ्न नभुल्नुहोला ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies