/  Mon, June 25, 2018

अनमी नहुँदा बर्थिङ सेन्टर बन्द

जाजरकोट । यहाँको छेडागाड नगरपालिकाको दशेरा स्वास्थ्य चौकीमा अनमी नहुँदा बर्थिङ सेन्टर बन्द भएको छ ।

सुरक्षित सुत्केरी हुन सेन्टरमा आएपनि अनमी नहुँदा सेवा प्रवाहमा समस्या भएको छेडागाड नगरपालिका स्वास्थ्य शाखाका प्रमुख भीमराज सिंहले जानकारी दिए । स्वास्थ्य चौकीमा दुई जना अनमीको दरबन्दी हुनुपर्ने भएपनि हाल एकवटा मात्र दरबन्दी रहेको छ ।

सो दरबन्दीमा कार्यरत अनमी प्रतिभा थापालाई काजमा दैलेख सरुवा गरिएपछि अहिले यहाँको बर्थिङ सेन्टर बन्द भएको हो । अस्थायीरुपमा काम गर्दै आउनुभएकी अनमी अविसरा शाही पढाइका लागि बिदामा बसेको  दशेरा स्वास्थ्य चौकीका प्रमुख रामबहादुर थापाले जानकारी दिए ।

जेठ २३ गतेदेखि अहिलेसम्म दशेरा अनमीविहीन भएकाले बर्थिङ सेन्टर बन्द हुन पुगेको हो । स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टरमा दुईजना अनिवार्य अनमीको दरबन्दी हुनुपर्ने भएपनि अहिले स्वास्थ्य चौकी अनमीविहीन भएको छ । पटकपटक अनमीको दरबन्दी थप गर्न मन्त्रालय, विभागमा माग गरेपनि सुनुवाइ नभएको प्रमुख थापाले बताए ।

स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिला अहिले सेवा नपाउँदा मर्कामा परेको छेडागाड नगरपालिका दशेराकी प्रेमकला अधिकारीले बताए। छेडागाड नगरपालिकाका प्रशासकीय प्रमुख सर्वदल शाहीले यो बारेमा बुझेर समस्या समाधान गर्ने बताए ।

अहिले स्वास्थ्यकर्मीको सरुवा, काजमा पठाउने जिम्मा स्थानीय सरकारलाई नै दिइएको छ । जाजरकोटका सातवटा तहमा यहाँका सबै स्वास्थ्य संस्था हस्तान्तरण भइसकेका छन् ।

जेठ २९ गते, २०७५ - ११:४६ मा प्रकाशित
सर्वसाधरणको रोजाइ बन्यो मेघा अस्पताल, गरिबहरुकोलागि निःशुल्क उपचार

सर्वसाधरणको रोजाइ बन्यो मेघा अस्पताल, गरिबहरुकोलागि निःशुल्क उपचार

काठमाडाैं । मेडिकल सेवा महङगो भइरहेका समयमा अहिले मेघा अस्पताल प्रा.लिंं. सर्वसाधरणको रोजाइको अस्पताल...   

महिलालाई हत्या गरी फरार अभियुक्त पक्राउ

नवलपरासी। स्याङ्जामा एक महिलालाई हत्या गरी फरार रहेका एकजनालाई शुक्रबार पूर्वी नवलपरासीबाट प्रहरीले...   
पशु प्राविधिक ! जसको दिन दुर्लभ चरा खोज्दै बित्छ

पशु प्राविधिक ! जसको दिन दुर्लभ चरा खोज्दै बित्छ

जाजरकोट। बारेकोट गाउँपालिका–५ तोलखानका ४९ वर्षीय गोविन्दबहादुर सिंह पेसाले पशु प्राविधिक छन् । ३१...   
ल्हासाका नेपालीहरुको प्रधानमन्त्रीलाई यस्तो आग्रह

ल्हासाका नेपालीहरुको प्रधानमन्त्रीलाई यस्तो आग्रह

ल्हासा। चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेका नेपालीले नागरिकता र राहदानीको समस्या समाधान गरिदिन...   

नेपाल र चीनबीच बन्ने भयो ऊर्जा सहकार्यका लागि उच्चस्तरीय संयन्त्र

काठमाडौँ। नेपाल र चीनबीच ऊर्जा, जलस्रोत क्षेत्रका विविध आयामहरुमा सहकार्यका लागि मार्ग प्रशस्त भएको...   

चालू आवको २३ प्रतिशत बजेट खर्च

प्रदेश नं ७ को प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७४/७५को बाँकी अवधिका लागि विनियोजन गरेको रकममध्ये...   
घलेम्दीेले शेयर निष्काशन गर्ने

घलेम्दीेले शेयर निष्काशन गर्ने

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन पाँच मेगावाट क्षमताको घलेम्दी जलविद्युत्...   
सर्वसाधरणको रोजाइ बन्यो मेघा अस्पताल, गरिबहरुकोलागि निःशुल्क उपचार

सर्वसाधरणको रोजाइ बन्यो मेघा अस्पताल, गरिबहरुकोलागि निःशुल्क उपचार

काठमाडाैं । मेडिकल सेवा महङगो भइरहेका समयमा अहिले मेघा अस्पताल प्रा.लिंं. सर्वसाधरणको रोजाइको अस्पताल...   
प्रियंका र निकको प्रेमबारे यसाे भनिन् पुर्व प्रेमिका डेल्टाले

प्रियंका र निकको प्रेमबारे यसाे भनिन् पुर्व प्रेमिका डेल्टाले

बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोन्सको प्रेमबारे निककी पूर्व प्रेमिका डेल्टालाई...   
वर्षा राउतकाे प्रेमी सञ्जोगसँग दीपिका प्रसाईं राेमान्स गर्दै

वर्षा राउतकाे प्रेमी सञ्जोगसँग दीपिका प्रसाईं राेमान्स गर्दै

काठमाडाैं । दीपाश्री निरौला निर्देशित चलचित्र ‘छक्का पञ्जा ३’ फुलपातीका आउने भनेर छायांकन भैरहेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top