Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

सिरहामा एकै समयमा दुईठाउँ हाजिरी गरी शिक्षकहरुले दोहोरो सेवा सुविधा लिने गरेको खुल्लासा

खबरडबली संवाददाता

सिरहा । सिरहामा केही शिक्षकहरुले राजनितिक पहुचकको भरमा एकै समयमा दुइठाँउमा हाजिरी गरी राज्यको दोहोरो सेवा सुविधा वुझने गरेको पाइएको छ । समुदायीक विद्यालयका  स्थायी शिक्षकहरुले विद्यालय समयमा सामुदायीक कलेजमापनि पढाए वापत दोहोरो सेवा सुविधा बुझने गरेको खुल्लेको हो । 

राजनितिक दवाव र प्रभावका कारण शिक्षकहरुले स्थायी रुपमा कार्यरत विद्यालयमा नपढाई विद्यालयकै समयमा अन्यत्र कलेज तथा विद्यायहरुमा पढाएपनि तलवभत्ता भने दुबै ठाउँबाट बुझ्ने गरेका छन्।  

धनगढीमाई नगरपालिका १२ स्थित तुलसीराम सत्यभामा डोटेल माध्यमिक विद्यालयको स्थायी शिक्षक समेत रहेका किशोर कुमार साह विगत ७ वर्षदेखि रामप्रताप रामप्रसाद तामाङ्ग जनता बहुमुखि क्याम्पसका प्रमुखको रुपमा कार्यरत छन्।

प्रमुख साह कार्यरत रहेका विद्यालयका प्रधानाध्यापक अशोक श्रेष्ठलाई आर्थिक प्रलोभनमा पारी पछिल्लो लामो समयदेखि पब्लिक क्याम्पसको प्रमुखको रुपमा काम गरीरहेको सोही विद्यालयमा कार्यरत एक शिक्षकले नाम उल्लेख नगरर्ने शर्तमा बताए । उनले भने, ‘ याँहा विद्यालयको नियमित समयमा कहिलेपनि नआउने शिक्षकले सहजै तलव खान्छ, जो दैनिक विद्यालयमा उपस्थित हुन्छ उ नै सेवावाट वञ्चित हुन्छ।’ 

प्रधानाध्यापक अशोक श्रेष्ठकाे ‘काम गरी खाएको छ, खान दिनु, कति शिक्षकहरुको पछाडी मात्रै लाग्नु भएको पत्रकारहरु पनि।’ भन्ने भनाईले पनि सेटिङको गन्ध दिन्छ। 

उनले थपे, ‘शिक्षकको खासै अभाव नभएकोले पनि वहाँकावारेमा सोधीखोजी नगरेको हो। हामीसँग २० जना शिक्षक छन्।’ 

क्याम्पस प्रमुख तथा सत्यभामा डोडेल माध्यमिक विद्यालयका सामाजिक शिक्षक किशोर साहलाई तपाईहरुले कसरी दुई ठाउँमा समय मिलाई रहनु भएको छ ? भन्ने प्रश्नमा उनलेभने, ‘विहानको कक्षा चलेको बेला क्याम्पस आउँदा विद्यालयमा विदा लिने र विद्यालय जाँदा क्याम्पस विदा लिने गरेको छु।’

१२ कक्षासम्म अध्यन अध्यापन हुने यस विद्यालयमा करिव १२ सय विद्यार्थी रहेका छन् । शिक्षक भने जम्मा २० जना मात्र रहेको बताइ रहेका छन्।

धनगढीमाई नगरपालिका ७ स्थितको जनता माध्यमिक विद्यालय अयोध्यानगर कसहामा कार्यरत शिक्षक प्रदिप कुमार साहलेपनि विगत लामो समयदेखि रामप्रताप रामप्रसाद तामाङ्ग जनता बहुमुखि क्याम्पसमा पढाउने  गरेको छ। 
उनिपनि एकै समयमा दुबै ठाउँमा हाजिर गरेर तलबभत्ता बुझ्ने गरेको बताइन्छ ।

यस क्याम्पसमा अध्यापन गराउने अधिकाम्स समुदायीक विद्यालयका स्थायी शिक्षकहरु छन्। उनीहरु पढाउने भन्दा पनि धेरै हाजिर गरेर  भाग्ने गरेको विद्यार्थीको गुनासो रहँदै आएको छ। 

हिरेन्द्र विष्ट सरस्ती माध्यमिक विद्यालय जमदहका स्थायी शिक्षक हुन् । उनिपनी विद्यालयकै समयमा क्याम्पसमापनि पढाउछ्न। बिष्टले गोलबजार नगरपालिका ६ स्थित माध्यमिक तहको निजि बिद्यालय पनी चलाइरहेका छ्न। उनको निजि बिद्यालय,सामुदायिक विद्यालय र क्याम्पस समेत एकै समयमा चल्दापनी तिनै ठाउँ हजिर हुने गरेको शिक्षकहरु बताउँछन् । बिष्टले निजि बाहेक दुइवटै विद्यालयमा समयमै नपुगेपनी तलब भता भन्ने कार्यरत बिद्यालय र क्याम्पसबाट समेत बुझ्ने गरेको स्रोतको दाबी छ।

त्यसैगरी , गणित विषय पढाउने भगवानबाबु साह मिर्चैयास्थित मोहन माध्यमिक विद्यालयका शिक्षक हुन्। धनिकलाल मण्डल, जनता वनवाली माध्यमिक विद्यालय बर्छवा र प्रेम अधिकारी सिरहा नगरपालिकाका एक विद्यालयका स्थायी शिक्षक हुन्। 

इश्वर स्याङ्वा महावीर माध्यमिक विद्यालय धनगढीमाई ९ चैनपुरका उच्च माध्यमिक विद्यालय शिक्षक हुन्। सिजे यादव र रामदयाल यादव सिरहा क्याम्पसका शिक्षकहुन्। उनीहरु सवैको अहिले विहानी कक्षा चलेपनी क्याम्पसमा पढाउने अधिकाम्स सामुदायिक विद्यालयका शिक्षकहरुले यहाँबाट समेत पाँच घण्टी बराबरको तलव सुविधा बुझ्ने गरेका छन्। 

अधिकांस समुदायीक विद्यालयका स्थिायी शिक्षकहरु यहाँ कार्यरत भएकाले नयाँ शैक्षिकसत्र सुरुभएदेखि अहिलेसम्म हाजिर गर्नमात्र शिक्षकहरु क्याम्पस पुग्ने गरेका छन्। 

बैशाख देखि असार सम्म सामुदायीक विद्यालयहरुले मोर्निङ (विहान)को समयमा पठन–पाठन चलाएको वेला सबै शिक्षकले प्रधानाध्यापकसंगको सेटिङ्गमा कहिले यता र कहिले उता गरेर पढाउने गरिरहेका छन्। 

जम्मा १८ जना शिक्षकहरमध्येय १३ जना सरकारी विद्यालयका शिक्षकहरु काम गरिरेहका छन्। अहिलेसम्म क्याम्पस व्यवस्थापन समितिलाई प्रभावमा पारेर र राजनीतिक आडमा आफ्नो रोजगारी टीकाईरहेको शिक्षकहरुमाथि आरोप लाग्दै आएको छ। 

शिक्षकहरुलाई तपाईहरुले कसरी दुई ठाउँमा पढाई रहनुभएको छ ? भन्ने प्रश्नमा उनीहरुले मिलाएर काम गरिहेका छौं भन्ने जवाफ दिने गरेको छ। 
नियमित क्याम्पस र विद्यालय दुवै ठाउँ शिक्षक नपुग्दा पढाई प्रभावित हुने गरेको स्थानीय अभिभावकहरुको भनाइ छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending