Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

सिरहामा एकै समयमा दुईठाउँ हाजिरी गरी शिक्षकहरुले दोहोरो सेवा सुविधा लिने गरेको खुल्लासा

खबरडबली संवाददाता

सिरहा । सिरहामा केही शिक्षकहरुले राजनितिक पहुचकको भरमा एकै समयमा दुइठाँउमा हाजिरी गरी राज्यको दोहोरो सेवा सुविधा वुझने गरेको पाइएको छ । समुदायीक विद्यालयका  स्थायी शिक्षकहरुले विद्यालय समयमा सामुदायीक कलेजमापनि पढाए वापत दोहोरो सेवा सुविधा बुझने गरेको खुल्लेको हो । 

राजनितिक दवाव र प्रभावका कारण शिक्षकहरुले स्थायी रुपमा कार्यरत विद्यालयमा नपढाई विद्यालयकै समयमा अन्यत्र कलेज तथा विद्यायहरुमा पढाएपनि तलवभत्ता भने दुबै ठाउँबाट बुझ्ने गरेका छन्।  

धनगढीमाई नगरपालिका १२ स्थित तुलसीराम सत्यभामा डोटेल माध्यमिक विद्यालयको स्थायी शिक्षक समेत रहेका किशोर कुमार साह विगत ७ वर्षदेखि रामप्रताप रामप्रसाद तामाङ्ग जनता बहुमुखि क्याम्पसका प्रमुखको रुपमा कार्यरत छन्।

प्रमुख साह कार्यरत रहेका विद्यालयका प्रधानाध्यापक अशोक श्रेष्ठलाई आर्थिक प्रलोभनमा पारी पछिल्लो लामो समयदेखि पब्लिक क्याम्पसको प्रमुखको रुपमा काम गरीरहेको सोही विद्यालयमा कार्यरत एक शिक्षकले नाम उल्लेख नगरर्ने शर्तमा बताए । उनले भने, ‘ याँहा विद्यालयको नियमित समयमा कहिलेपनि नआउने शिक्षकले सहजै तलव खान्छ, जो दैनिक विद्यालयमा उपस्थित हुन्छ उ नै सेवावाट वञ्चित हुन्छ।’ 

प्रधानाध्यापक अशोक श्रेष्ठकाे ‘काम गरी खाएको छ, खान दिनु, कति शिक्षकहरुको पछाडी मात्रै लाग्नु भएको पत्रकारहरु पनि।’ भन्ने भनाईले पनि सेटिङको गन्ध दिन्छ। 

उनले थपे, ‘शिक्षकको खासै अभाव नभएकोले पनि वहाँकावारेमा सोधीखोजी नगरेको हो। हामीसँग २० जना शिक्षक छन्।’ 

क्याम्पस प्रमुख तथा सत्यभामा डोडेल माध्यमिक विद्यालयका सामाजिक शिक्षक किशोर साहलाई तपाईहरुले कसरी दुई ठाउँमा समय मिलाई रहनु भएको छ ? भन्ने प्रश्नमा उनलेभने, ‘विहानको कक्षा चलेको बेला क्याम्पस आउँदा विद्यालयमा विदा लिने र विद्यालय जाँदा क्याम्पस विदा लिने गरेको छु।’

१२ कक्षासम्म अध्यन अध्यापन हुने यस विद्यालयमा करिव १२ सय विद्यार्थी रहेका छन् । शिक्षक भने जम्मा २० जना मात्र रहेको बताइ रहेका छन्।

धनगढीमाई नगरपालिका ७ स्थितको जनता माध्यमिक विद्यालय अयोध्यानगर कसहामा कार्यरत शिक्षक प्रदिप कुमार साहलेपनि विगत लामो समयदेखि रामप्रताप रामप्रसाद तामाङ्ग जनता बहुमुखि क्याम्पसमा पढाउने  गरेको छ। 
उनिपनि एकै समयमा दुबै ठाउँमा हाजिर गरेर तलबभत्ता बुझ्ने गरेको बताइन्छ ।

यस क्याम्पसमा अध्यापन गराउने अधिकाम्स समुदायीक विद्यालयका स्थायी शिक्षकहरु छन्। उनीहरु पढाउने भन्दा पनि धेरै हाजिर गरेर  भाग्ने गरेको विद्यार्थीको गुनासो रहँदै आएको छ। 

हिरेन्द्र विष्ट सरस्ती माध्यमिक विद्यालय जमदहका स्थायी शिक्षक हुन् । उनिपनी विद्यालयकै समयमा क्याम्पसमापनि पढाउछ्न। बिष्टले गोलबजार नगरपालिका ६ स्थित माध्यमिक तहको निजि बिद्यालय पनी चलाइरहेका छ्न। उनको निजि बिद्यालय,सामुदायिक विद्यालय र क्याम्पस समेत एकै समयमा चल्दापनी तिनै ठाउँ हजिर हुने गरेको शिक्षकहरु बताउँछन् । बिष्टले निजि बाहेक दुइवटै विद्यालयमा समयमै नपुगेपनी तलब भता भन्ने कार्यरत बिद्यालय र क्याम्पसबाट समेत बुझ्ने गरेको स्रोतको दाबी छ।

त्यसैगरी , गणित विषय पढाउने भगवानबाबु साह मिर्चैयास्थित मोहन माध्यमिक विद्यालयका शिक्षक हुन्। धनिकलाल मण्डल, जनता वनवाली माध्यमिक विद्यालय बर्छवा र प्रेम अधिकारी सिरहा नगरपालिकाका एक विद्यालयका स्थायी शिक्षक हुन्। 

इश्वर स्याङ्वा महावीर माध्यमिक विद्यालय धनगढीमाई ९ चैनपुरका उच्च माध्यमिक विद्यालय शिक्षक हुन्। सिजे यादव र रामदयाल यादव सिरहा क्याम्पसका शिक्षकहुन्। उनीहरु सवैको अहिले विहानी कक्षा चलेपनी क्याम्पसमा पढाउने अधिकाम्स सामुदायिक विद्यालयका शिक्षकहरुले यहाँबाट समेत पाँच घण्टी बराबरको तलव सुविधा बुझ्ने गरेका छन्। 

अधिकांस समुदायीक विद्यालयका स्थिायी शिक्षकहरु यहाँ कार्यरत भएकाले नयाँ शैक्षिकसत्र सुरुभएदेखि अहिलेसम्म हाजिर गर्नमात्र शिक्षकहरु क्याम्पस पुग्ने गरेका छन्। 

बैशाख देखि असार सम्म सामुदायीक विद्यालयहरुले मोर्निङ (विहान)को समयमा पठन–पाठन चलाएको वेला सबै शिक्षकले प्रधानाध्यापकसंगको सेटिङ्गमा कहिले यता र कहिले उता गरेर पढाउने गरिरहेका छन्। 

जम्मा १८ जना शिक्षकहरमध्येय १३ जना सरकारी विद्यालयका शिक्षकहरु काम गरिरेहका छन्। अहिलेसम्म क्याम्पस व्यवस्थापन समितिलाई प्रभावमा पारेर र राजनीतिक आडमा आफ्नो रोजगारी टीकाईरहेको शिक्षकहरुमाथि आरोप लाग्दै आएको छ। 

शिक्षकहरुलाई तपाईहरुले कसरी दुई ठाउँमा पढाई रहनुभएको छ ? भन्ने प्रश्नमा उनीहरुले मिलाएर काम गरिहेका छौं भन्ने जवाफ दिने गरेको छ। 
नियमित क्याम्पस र विद्यालय दुवै ठाउँ शिक्षक नपुग्दा पढाई प्रभावित हुने गरेको स्थानीय अभिभावकहरुको भनाइ छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुःखमा साथ, असहायलाई सहारा : गोदावरीका वडाध्यक्ष राज घिमिरेको फरक पहिचान

ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...

डिजिटल भीडमा हराउँदै हस्तनिर्मित नागचित्र, ७३ वर्षीया चेतकुमारीको कुचीमा जीवित छ परम्परा

भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...

करोडौँ खर्च, एक वर्षमा तीन कानुन : लुम्बिनी प्रदेश सभा सुस्त

भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...

खोलाले बगाउँदा पोखरामा तीन जना बेपत्ता, दुई बालकको खोजी तीव्र

पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...

फुङ्लिङ बजारमा एकतर्फी यातायात प्रणाली, सोमबारदेखि नियम उल्लङ्घन गर्नेलाई कारबाही

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजारमा बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न चारपाङ्ग्रे सवारीसाधनका लागि एकतर्फी यातायात प्रणाली लागू ...

उमेर नपुग्दै विवाहको असर : नवलपुरमा २० वर्षमुनिका किशोरीमा गर्भधारण र गर्भपतनको जोखिम

नवलपुर । बालविवाह रोक्न कानुनी व्यवस्था र विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहे पनि नवलपुरमा उमेर नपुग्दै विवाह गर्ने तथा किशोरावस्थामै गर्भवती ह...

कर्णाली नदी सतर्कता तह पार, तटीय बस्तीलाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । कर्णाली नदीको अछामस्थित चितवन जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ। बाढी पूर्वानुमान महाशाखाले नदीको बहाव अझै बढ्दो क्रममा ...

काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशका २९ जिल्लामा साना नदी तथा खोलामा आकस्मिक बाढीको मध...

अनुदान पाएपछि पौवादुङमाका महिला व्यावसायिक बङ्गुरपालनमा

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित हुन थालेका छन्। गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यले सञ...

वर्तमान सरकार ‘भवितव्य’को उपज हो : ओली

इलाम । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘भवितव्य’बाट बनेको सरकारको संज्ञा दिएका छन्। इलाममा आयोजित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending