Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

बैशाख ९ मा हुने भनिएको एकता टर्दै , कार्यशैली निरंकुश भएको चर्चा

\"\"काठमाडौं । भारत भ्रमणमा जाने दिन पारेर प्रधानमन्त्री तथा नेकपा एमालेका नेता केपी शर्मा ओलीले एकैपटक सरकारका ३० सचिवहरुको सरुवा गरिदिए । यो सरुवा न कुनै क्याविनेटको बैठकले गरेको थियो न त सत्तासाझेदारसँग कुनै छलफलबाट नै । अचम्म त सचिवहरुको सरुवाबारे मन्त्रीहरु नै बेखबर थिए । सचिव सरुवाको ओली शैलीबाट माओवादीका मन्त्रीहरु झस्किए र आफ्नो पार्टी अध्यक्ष पूष्पकमल दाहाल ‘प्रचण्ड’कोमा रिपोर्ट गर्न पुगे । रिपोर्ट गर्न आफुसँग आएका मन्त्रीलाई अध्यक्ष प्रचण्डले ‘म ओली जी सँग कुरा गर्छु त भने तर उनी आफै ओलीको कार्यशैलीबाट झस्किएका थिए । बुधबारका लागी निर्धारित एकता संयोजन समितिको बैठक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरामी परेपछि हुन सकेन । तर एमालेका एक केन्द्रीय सदस्यका अनुसार प्रचण्ड विरामी नपरेको र बैठक बसेकै भएपनि एकता निष्कर्षमा पुग्ने थिएन । एकताका लागी नमिलेका विषयहरुबारे प्रगति नहुनु त छँदै थियो तर अहिले सरकार संचालनमा ओलीको एकलौटी कार्यशैलीले दुरी झन बढाएको छ । आफुलाई लागेको विषयमा एकदमै लचक हुने गरेका माओवादी अध्यक्ष प्रचण्ड त्यतिबेला एकदम कठोर देखिए जतिबेला ओलीले आफ्ना शिर्ष नेताहरुसँग एकता ७०/३० को अनुपातमा हुने ब्रिफिङ् गरेको थाहा पाए । त्यसपछि माओवादी अध्यक्ष प्रचण्डले बराबरीको सिदान्तका आधारमा एकता हुने भनि सार्वजनिक रुपमै भन्न थाले । एमाले अध्यक्ष ओलीले ७० एमाले र ३० प्रतिशत माओवादी हुनेगरी एकता हुन्छ भनेर ब्रिफिङ् गर्नु, ओलीले निकटष्थहरुसँग ‘जनयुद्द आंतकवाद नै हो मान्य हुँदैन’ भन्नु, सरकार संचालनका विषयमा प्रचण्डसँग सल्लाहा नगर्नु र चीनसँगको सम्बन्ध बिग्रनेगरी भारतसँग रेल सम्झौता गर्दै भारतसँग झुक्ने रबैयाले माओवादीलाई तर्साएको छ । बराबरीको आधारमा संगठन, विधानको प्रस्तावनामा जनयुद्ध र मित्रराष्ट्रहरुसँगको समदुरीको सम्बन्धबारे कुरा नमिलेसम्म एकता सम्भव नभएको माओवादीका एक नेता बताउँछन् । बैशाख ९ को एकता के हुन्छ भनि गरेको प्रश्नमा ति नेता भन्छन्– ‘माथिका विषय मिले हुन्छ, नमिले हुँदैन । किनभने माओवादी यो भन्दा पछि हट्ने ठाउँमा छैन । एमाले तयार भैहाल्ने अवस्था पनि म देख्दिन ।’ उसो त पछिल्लो समय माओवादी वृतमा एकतामा नहतारिन प्रचण्डलाई दवाव पर्न थालेको छ । ओली सत्तामा गएपछि निरकुंश हुने गरेका यसअघिका घटनाबाट देखिएकोले ओली एकताका लागी लचक हुन नसक्ने माओवादीको बुझाई छ । नेकपा एमालेमा अध्यक्ष निर्बाचित भईसकेपछि ओलीले पार्टी संचालनमा जसरी मनखुशी र मनोपली गरे सोही रबैया मओवादीसँग पनि गर्न थालेपछि माओवादीका केन्द्रीय नेताहरु ओलीसँग आशंकित मात्रै छैनन् उनको निकुंश कार्यशैलीसँग नझुक्ने अडानमा समेत देखिन्छन् । तलमाथि हुन्न, जनयुद्ध महान भन्नुपर्छ माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड स्पष्ट अडानमा छन् । उनले आफ्ना नेताहरुसँग पार्टी एकताबारे प्रष्ट भन्ने गरेका छन् –कि संगठनात्मक रुपमा १ जना पनि तलमाथि हुन्न र जनयुद्धलाई महान भनिनुपर्छ । संगठनात्मकरुपमा सम्झौता नगर्ने मुडमा रहेका प्रचण्डले एकतापछि ओलीले बहुमत लगाएर निरकुंश हुने अवस्थाको हेक्का गरेको देखिन्छ । एकताबाट पछि नहट्ने माओवादी अध्यक्ष प्रचण्ड एकताबाट पछि भने नहट्ने भएका छन् । उनी आफुले भनेजस्तै बराबरीको सिदान्त र जनयुद्धका विषयमा ओलीलाई मनाउन सकिन्छ भन्ने बुझाईमा रहेको माओवादी नेताहरु बताउँछन् । –‘ढिला भएपनि ओलीलाई मनाउन सकिने बुझाइमा अधयक्ष हुनुहुन्छ’ । बैशाख ९ मा असम्भव जस्तै यसअघि एकताका लागी निर्धारित मिति बैशाख ९ मा एकता असम्भव जस्तै बनेको छ । एकताका लागी सिदान्त् मुख्य कुरा भएपनि संगठन झन जटिल कुरा हो । माओवादी र एमाले नेताहरुबिच सगठनको चुरो कुरो नमिलेपछि बैशाख ९ को एकता टर्दै जान थालेको हो । माओवादीका एक नेता भन्छन्– एमालेले बराबरीको सिदान्त्मा संगठनात्मक एकता र विधानमा जनयुद्ध मान्न तयार भएमत्रै तोकिएको मितिमा एकता हुन्छ नत्र हुँदैन । माओवादी यो भन्दा लचक हुन सक्दैन । छलफल चल्दै गर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies