Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

कतारः रेमिट्यान्स सहज बनाउन पहल

\"\"कतारबाट रेमिट्यान्स पठाउने प्रक्रिया सहज बनाउन कतारको केन्द्रीय ब्याङ्कलाई अनुरोध गरिएको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

छिमेकी देशहरूले नाकाबन्दी लगाएपछि कतारका रेमिट्यान्स कम्पनीहरूले रकममा सीमा तोकिदिएपछि नेपाली कामदार मर्कामा परेका छन् । नेपालीहरूले पैसा पठाउने प्रक्रिया महँगो र झन्झटिलो भएको गुनासो गरेपछि दूतावास सक्रिय भएको हो । नाकाबन्दीले अर्थतन्त्रमा नकारात्मक असर परेपछि कतारमा डलरको अभाव रहेको भन्दै त्यहाँका विप्रेषण अर्थात् रेमिट्यान्सको कारोबार गर्ने कम्पनीहरूले पैसा पठाउन सीमा तोकेको नेपाली कामदारहरू बताउँछन् । त्यस्तो नियमका कारण नेपाली कामदारलाई त्यहाँ कमाएको पैसा घर पठाउन परेको समस्याबारे सम्बन्धित निकायलाई अवगत गराइएको कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले बताए । उनले भने, \"यहाँका रेमिट्यान्स कम्पनीहरूले एक पटक पैसा पठाउँदा कहिले १५ सय, कहिले हजार रियालभन्दा बढी नपठाउने गरेको पाँच-छ महिना भइसकेको रहेछ। हामीले कतारको केन्द्रीय ब्याङ्कसँग कुरा गरेका छौँ। उहाँहरुले यो निमयविपरीत रहेको र यो समस्या समाधान गर्छौँ भन्नुभएको छ ।\" यसरी पैसा पठाउँदा प्रत्येक पटक रेमिट्यान्स कम्पनीलाई १८ रियाल अर्थात् करिब ५ सय रूपैयाँ शुल्क तिर्नपर्ने व्यवस्था रहेको छ । श्रम मन्त्रालयका अनुसार कतारमा ४ लाख ५० हजारभन्दा बढी नेपाली विभिन्न पेशामा कार्यरत छन् । तीमध्ये अधिकांश न्यून पारिश्रमिकमा काम गरिरहेको बताइन्छ । यसरी प्रत्येक पटक पैसा पठाउँदा तिर्नपर्ने शुल्कले आर्थिक भार थपिएको कतारमा रहेका नेपालीहरू बताउँछन् । नयाँ नियम लागू भएयता कतारबाट आउने रेमिट्यान्समा पनि केही कमी आएको नेपाल रेमिटर्स अशोसिएसनका महासचिव सुमन पोखरेलले बताए । उनले भने, \"कतारको केन्द्रीय ब्याङ्कले त्यहाँबाट पैसा पठाउने हाम्रो साझेदारलाई धेरै डलर उपलब्ध नगराएको भएर उनीहरूले पैसा पठाउँदा एउटा सिमा तोकिदिएको छ। र यसले गर्दा भनेको जती पैसा पठाउन नसक्ने समस्या देखिएको छ ।\" केहि समययता नेपाल भित्रिने विप्रेषणमा सबैभन्दा धेरै योगदान कतारको रहने गरेको थियो । गत वर्ष उक्त देशबाट करिब एक अर्ब विप्रेषण भित्रिएको थियो । तर कतारको अर्थतन्त्रमा परेको समस्याको छायाँ नेपालले प्राप्त गर्ने विप्रेषण आम्दानीमा पनि परेको अधिकारीहरूले बताएका छन् । बीबीसी  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies