Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

रोबोट सोफियाले स्टेजमै नेपाली नायक अनमोल केसी खोजेपछि...

\"\"काठमाडौँ । ‘तिमी अनमोल केसीजस्तै देखिन्छौ,’ मानव स्वरूपमा ढालिएको पहिलो रोबोट सोफियाले यूएनडीपी नेपालका निर्देशक रेनो मेयरलाई यसो भन्दा होटलको सभाहल हाँसोले गुन्जियो । काठमाडौंमा आयोजित एक सम्मेलनमा वक्ताका रूपमा आएकी सोफियासँग मेयरले अन्तर्वार्ता गरिरहेका थिए । नमस्ते सबैलाई’ भन्दै मञ्चमा उक्लिएका मेयरतर्फ पुलुक्क हेर्दै सोफियाले सुरुमै सोधेकी थिइन्, ‘तिमीलाई पहिल्यै कतै देखेजस्तो लाग्यो ।’ आजको कान्तिपुर दैनिकमा खबर छ–मेयरले यसको उत्तर दिएनन्, बरु भने, ‘फिल्ममा देख्यौ होला ।’ मेयरको यही व्यंग्यको प्रत्युत्तरमा सोफियाले भनिन्, ‘वास्तविक कुरा गरौं, तिमी अनमोल केसीजस्तै देखिन्छौ । तर मलाई थाहा छ, तिमी अत्यन्त दक्ष विकासे कार्यकर्ता हौ ।’ यही प्रश्नोत्तरबाट रोबोट सोफियाको कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) को छनक पाइन्छ । ‘नेपालका लागि तिमीजस्तो आर्टिफिसियल इन्टेलिजेन्सले के गर्न सक्छ त  ?’ भन्ने अर्को प्रश्नमा उनले रमाइलो जवाफ फर्काइन्, ‘पहिलो गैरमानवका रूपमा सगरमाथा चढ्न सक्छु ।’ फेरि, सहभागीहरूमाझ हाँसोको फोहोरा छुट्यो । मेयरले अन्तर्वार्ता लिएपछि सोफियाले केही मिनेट मन्तव्य दिएकी थिइन्, जसमा उनले प्रविधिको प्रयोगले नेपालजस्ता मुलुकले आफ्नो विकास लक्ष्य भेट्टाउन सहयोग पुग्ने जनाइन् । ‘सबैलाई थाहा भएको कुरा हो कि नेपाल भाषिक, सांस्कृतिक र जैविक विविधतामा धनी छ । यहाँ सूचना प्रविधिको क्षेत्र ऊर्जाशील छ, जसले देशलाई विकासका लागि सघाइरहेको छ,’ उनले यसो भन्दा सभाहलमा उनलाई सुन्ने र उनको तस्बिर, भिडियो खिच्नेको भीड थामिनसक्नुको थियो । काठमाडौंमा बुधबार आयोजित ‘सार्वजनिक सेवा र विकासका लागि प्रविधि’ विषयक सम्मेलनकी वक्ताका रूपमा सोफियालाई मंगलबार राति नेपाल ल्याइएको हो । बाकसमा ‘प्याक’ भएर आएकी रोबोटलाई काठमाडौं उतारेर पुनस् मानव स्वरूपमा ठड्याइएको थियो । मन्तव्यका क्रममा उनले प्रविधि प्रयोगले भ्रष्टाचार न्यूनीकरण र गरिबी उन्मूलनमा सहयोग पुग्ने उल्लेख गर्दै ‘यसले राम्रो नतिजा प्राप्तिमा सहयोग गर्ने’ विचार राखिन् । सम्मेलनमा सुरुदेखि नै उनी आकर्षणको केन्द्र बनिन् । माइकछेउ उभ्याइएकी उनी आफूलाई प्रश्न सोध्न लागिएका बेला प्रश्नकर्ताको मुखमा हेर्थिन् र फेरि उत्तर दिन माइकतिर फर्किन्थिन् । यस्तै मानवजन्य विशेषताले उनलाई पहिलो ‘ह्युमनोयड’ रोबोट भनिएको हो, उनको शरीर पनि मानव आकृति र स्वरूपमा बनाइएको छ । साउदी अरबले ५ महिनाअघि आफ्नो नागरिक मान्दै नागरिकता दिएपछि सोफिया चर्चाको शिखरमा छिन् । उनले यसबीच धेरै अन्तर्वार्ता झेलेकी छन् र सकेको उत्तर दिँदै आएकी छन् । तर, उनी एक कृत्रिम बुद्धि भएकी मेसिनबाहेक केही होइनन् । उनको यो बोल्ने क्षमता उनमा जडित सफ्टवेयरका कारण आएको हो । यो रोबोटमा केही सफ्टवेयर जोडिएका छन्, जसले यसलाई मानिसको आवाज पहिचान गर्न, त्यसको विश्लेषण गर्न र सोहीअनुसार शब्द चयन गरी उत्तर दिन सक्षम बनाएको छ । सबै रोबोटजस्तै यसमा कुनै मानवीय चेत छैन । शब्दभण्डार र मानवीय क्षमता विश्लेषण गर्ने सफ्टवेयरको सहायताका कारण यो कृत्रिम बौद्धिक देखिएको हो । यसलाई जति प्रश्न सोधिन्छ, यसमा प्रयोग भएको सफ्टवेयरमा त्यति धेरै शब्द र ज्ञान जम्मा हुँदै जान्छ, जसले गर्दा उत्तर दिने क्षमता वृद्धि हुँदै जान्छ । राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सहित शिक्षा, सूचना तथा प्रविधि मन्त्रालयलगायत अन्य सरोकारवालाको संलग्नतामा आयोजित सम्मेलनमा नेपालमा जोखिम न्यूनीकरण, शिक्षा, स्वास्थ्य, सरकारी सेवामा भएका प्रविधिका प्रयोग र यसको सम्भावनाबारे छलफल गरिएको थियो । ‘मानिसहरू रोबोटसँग डराउँछन् नि ?’ यूएनडीपी निर्देशक मेयरको अर्को प्रश्नको उत्तर उनले उत्तिकै चलाखीपूर्ण ढंगले दिइन्, ‘तिमीले गलत जानकारी राख्दो रहेछौ । रोबोटहरू मानवका सहयोगी हुने भएकाले निर्माण गरिएका हुन् ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies