Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

एल्बम हिट भएपछि दुबई गइनँ : रामजी खाँण

\"\"लोक तथा दोहोरी गायनमा रामजी खाँणको पहिचान बेग्लै छ । उनले स्वर भरेका गीत पाँच हजारभन्दा बढी पुगिसकेका छन् । बजार पिटेका उनका गीत औँलामा गनेर साध्य हुँदैन । पछ्यौरी लेऊ बैना, जिम्माल बाउकी छोरी, धरती कुनको आकाश जूनकै हो, यो संसारको रीत, मैले मन पराएको छुलगायत गीत प्रायः लोकदोहारी पारखीलाई कण्ठस्थै होला । स्टुडियोदेखि स्टेजसम्म खाँडको माग व्यापक रह्यो । अहिले पनि उनको क्रेज कम छैन । सांगीतिक क्षेत्रको यो खुड्किलोसम्म आइपुग्दा खाँणको जीवनमा थुप्रै उतार–चढाव आए । अाजको नयाँ पत्रिका प्रकाशित उनको सांगीतिक जीवनका आरोह–अवरोह : एसएलसीपछि शिक्षक भएँ स्याङ्जाको मल्याङकोट–३ स्थित घुर्लीचौरमा जन्मिएँ । गाउँले आमबालबालिकाकै जस्तो मेरो बाल्यकाल रह्यो । आफ्नै गाउँको स्कुलबाट एसएलसीसम्मको अध्ययन सकाएँ । अभिभावकका हामी दुई छोरा हौँ, म जेठो । दिदी–बहिनी पनि नभएकाले सन्तान भनेकै हामी । बाबु भारतीय आर्मीको जागिरे हुनुहुन्थ्यो । हाम्रोतिर जुनकुनै खालको भए पनि जागिर गर्न भारत जाने भन्ने चलन थियो । मसँगका साथीहरू पनि एसएलसी सकेपछि कोही लाहुरे हुन गए । कोही पढ्नका लागि काठमाडौंं, पोखरा गए । म भने गाउँमै बसेँ र दुई वर्ष स्कुल पढाएँ । त्यसो त सानै उमेरदेखि गीत–संगीतमा पनि रुचि थियो । गाउँ–घरमा गाउँदै हिँड्नु स्वाभाविक नै थियो । तर, व्यावसायिक गायक बन्ने सोच त धेरैपछि मात्रै आयो । ०५६ मा पहिलोपटक गीत रेकर्ड गराएँ, एल्बममै समावेश भयो । काठमाडौं आएर गीत रेर्कड गरेको थिएँ । पछि, फेरि स्याङ्जा नै फर्किएँ । दुई वर्ष पढाउने काम गर्ने पनि संगीतमै केही गर्नुपर्छ भन्ने हुटहुटीले मलाई काठमाडौंतिरै डोहोर्‍यायो । साली भगाएर काठमाडौं ल्याएँ जवान हुँदै गर्दा स्कुले जीवनमै प्रेम प्रस्ताव त धेरै आए । कतिपय युवतीलाई आफैँले पनि प्रेम प्रस्ताव गरियो । त्यो चिठीपत्रको जमाना थियो । चिठीमा प्रेम आदान–प्रदान हुन्थ्यो । चिठीपत्र लेखियो, धेरैले जवाफ पनि फर्काए । कतिपयले मलाई मन पराएर चिठी पनि पठाए । तर, स्कुले जीवन चिठीमै बित्यो । डर पनि उत्तिकै हुन्थ्यो, प्रेमको तरंगले पनि सताउँथ्यो । भेटघाट गर्ने र सम्बन्ध अझ अगाडि बढाउने अवसर जुरेन । सानैदेखि रोधी बस्ने, रंग–रमाइलोमा म अगाडि थिएँ । तर, प्रेमबारे मैले धेरै अनुभूति गर्न पाइनँ । चिठीपत्र आदान–प्रदान भए पनि युवतीहरूसँग लामो प्रेमसम्बन्धमा रहन पाइनँ । खासमा म नाताले साली पर्नेसँग मायाजालमा परेको थिएँ । उनीसँग प्रेम गरेको केही महिनामै विवाह भयो । मागेर विवाह गर्ने रहर थियो । तर, परिवार राजी भएन । त्यसपछि उनलाई मेरोबारे धेरै खुल्दुली लागेछ । गाउँ–समाजमा रोधीतिर गाउँने रामजी खाँड भनेर चिनिएकै थिएँ । परिवारले विवाहका लागि सहमति नजनाए पनि उनले मप्रतिको प्रेम त्याग्न सकिनन् । मैले पनि उनलाई खुब मन पराउँथेँ । त्यसपछि भागेर हामी काठमाडौं आयौँ । यो ०५८ को कुरा हो । अहिले दुई छोरा छन् । उनीहरू ७–८ मा पढ्ने भइसके । मासिक आठ सयको डेरामा बसेँ काठमाडौं प्रवेश त गरियो । तर, यहाँ कोही आफन्त थिएनन् । कता बस्ने, कसरी व्यवस्थापन गर्ने भन्ने समस्या थियो । ढल्कुमा मैले भनेजस्तै कोठा भेटेँ । मेरो आर्थिक समस्या टार्न त्यो कोठा उपयोगी बन्यो । भाडा जम्मा मासिक आठ सय रुपैयाँ मात्रै थियो । केही समय घरबाट ल्याउने, खर्च चलाउने र आफूले पनि गुजारा चलाउने क्रम जारी रह्यो । आफूले काम गरेर कमाएको पैसा सकेसम्म जोगाउँथेँ । किनभने, पैसा जम्मा गरेर एल्बम निकाल्ने उद्देश्य थियो । एल्बम निकालियो पनि । तर, त्यतिखेरका केही एल्बम ‘फ्लप’ भए। मेरा गीत के बिक्नू ? त्यतिबेला त राजु परियारका गीत चल्थे । राजु परियारबाहेक केही सीमित कलाकारको स्वर मात्रै बिक्थ्यो । अधिकांशको एल्बममा राजु परियारकै स्वर हुन्थ्यो । त्यो मारमा म पनि परेँ । मेरो स्वर कम्पनीहरूले लिँदैनथे । म गीत लिएर कम्पनीमा पुगेँ भने पनि स्वरमा राज परियार नै ल्याउन भन्थे । आफूलाई केही पैसा आउँछ भने राजु दाइकै स्वर राखौँ न त भन्ने निर्णयमा पनि पुगेँ । चारवटा जति एल्बममा त उहाँकै स्वर राखेँ । तर, ती एल्बम पनि घाटामा गए । बाँच्न गाह्रो भएपछि दोहोरी साँझमा काम गरेँ काठमाडौंमा बाँच्नै गाह्रो हुने भयो । मासिक आठ सय भाडा तिर्न पनि मुस्किल भयो । घरबाट सधँै पैसा ल्याउन सम्भव पनि भएन । आखिर मध्यमवर्गीय परिवार न थियो । भएको केही पैसा एल्बम निकाल्दा खर्च भयो । गोजी रित्तिँदै गएपछि अब के गर्ने भन्ने तनावले सताउन थाल्यो । दोहोरी गाउने कला भएकाले दोहोरी साँझ जागिरको उत्तम विकल्प हुन्छ भन्ने ठानेँ । काम पनि सुरु गरेँ । तर, त्यहाँ पनि पारिश्रमिक राम्रो हुँदैनथ्यो । तर, कहिलेकाहीँ ग्राहकबाट टिप्स पाइन्थ्यो । त्यही टिप्सले जीवन धान्ने मेसो मिलाएँ । ती दिन फर्किएर सम्झिँदा त अहिले सपनाजस्तै लाग्छ । दोहोरी साँझमा गीत गाएर डेरामा पुग्दा झन्डै उज्यालो हुन्थ्यो । सुतेर उठ्दा दिउँसो १२ बज्थ्यो । कोठामा खानेकुरा हुँदैनथ्यो । साथीभाइले खाजा खान बोलाए भने जान्थेँ, नत्र कति समय भोकै पनि बसियो । हाम्रो समाज र पारिवारिक पृष्ठभूमि लाहुरे हुन जाने, जागिर खाने नै हो । सांगीतिक क्षेत्रमा लाग्दा परिवार पनि खुसी थिएन । दुबईको भिसा लाग्यो गायनमा पनि चलेँ अरूमाझ चिनिन झन्डै १० वर्ष लाग्यो । त्यो १० वर्षलाई मैले पीडादायी वर्ष भन्छु । ०५६ देखि गीत गाउँदै आए पनि ०६३ सम्म कुनै सफलता मिलेन । मेरा समकालीन धेरै साथीहरू कतिपय लाहुरे भइसकेका थिए । कतिपयले पोखरा, बुटवलतिर घर बनाइसकेका थिए । गाउँघरमा समेत ‘फलानोको छोराले यस्तो प्रगति गर्‍यो, तर फलानोको छोरोले केही गर्न सकेन’ भन्ने चर्चा चल्थ्यो । घर गएँ भने फर्किने वेला आमासँग बाटो खर्च माग्नुपर्ने वा चामल बोकेर आउनुपर्ने अवस्था थियो । घरमा अनेक कुरा गर्छन् भनेर दसैँ–तिहारमा समेत घर जान मन नलाग्ने अवस्था थियो । त्यो १० वर्षको अवधिमा निकै निराश अवस्थामा पुगेको थिएँ । केही सीप नलागेपछि संगीतको रहर गरेर मात्रै के गर्नू ? मैले हार खाएँ । पारिवारिक सल्लाहमा विदेश जाने निर्णय गरेँ । दुबई जान भनेर मेनपावरमा पासपोर्ट पेस गरेँ । भिसा पनि आयो । तर, संयोग नै भन्नुपर्छ, विदेशको भिसा पनि लाग्नु र मैले गाएको ‘पछ्यौरी लेऊ बैना’, ‘देउरालीको भट्टी पसल’ बोलका गीतले सफलता पाउनु एकैपटक भयो । मैले तत्काल भिसा क्यान्सिल गरिदिएँ । मेरो राम्रो भएपछि परिवारबाट विदेश जाने दबाब पनि आएन । मेरा ती गीत चलेका हुँदैनथे भने यतिवेला म विदेशतिरै हुन्थेँ होला । पछ्यौरी लेऊ बैनापछि हरेक गीतले चर्चा पाउँदै आए । जुन गायो उही गीत चल्न थाल्यो । सफलताले बिस्तारै पछ्याउँदै गयो । त्यसपछि आजसम्म पछाडि फर्किनुपरेको छैन । अहिलेसम्म झन्डै पाँच हजार गीत रेकर्ड गरिसकेको छु । गीत हिट भएपछि भ्याई–नभ्याई भयो मैले एकपछि अर्को हिट गीत गर्दै गएँ । धेरै सर्जकले मेरा लागि गीत बनाउन थाल्नुभयो । व्यावसायिक रूपमा अरूको एल्बममा गीत गाउन मलाई भ्याई–नभ्याई भयो । गीत गाउन बोलाएपछि मैले गाउनैपथ्र्यो । यही बीचमा कतिपय धेरै राम्रा गीत गाएँ । तर, कतिपय गीत गुणस्तरीय थिएनन् । जानाजान पनि कतिपय गीत स्विकार्नुपर्ने भयो । अत्यन्तै चर्चा बटुलेपछि गीत छनोट गरेर गाउन थाल्यो भने घमण्डी भयो भन्नेहरू निस्किने रहेछन् । अर्कोतर्फ, जति नै चर्चा कमाए पनि एउटा गीत गाएर पाउने भनेको बढीमा १० देखि १५ हजार रुपैयाँ मात्रै थियो । नेपालको हकमा चलेका कलाकारले गीत छानेर गाउँछु, बार्गेनिङ गर्छु भनेर बस्ने अवस्था नै छैन । यदि त्यसो गरियो भने गुजारा चलाउन सकिन्न । यहाँ थोरै लगानीमा गीत तयार गर्न चाहनेहरूको भिड छ । त्यही भएर जति धेरै गाइयो उति धेरै आम्दानी हुन्छ भनेर स्टुडियोमा धेरै समय व्यस्त हुनुपर्ने बाध्यता छ । मैले पनि त्यही गरेँ, ढाँट्नुपर्ने केही छैन । यसो हुँदै गर्दा कुनै दिन यस्तो पनि अवस्था आयो कि, मैले एकै दिन नौवटा गीतसम्म गाएको छु । रामजी खाँडलाई गीत गाउँदा १० हजार तिर्नुपर्छ भने म सित्तैमा गाइदिन्छु भन्ने कलाकारको पनि बिगबिगी छ । यसले गर्दा पनि गुणस्तरीयभन्दा मात्राको हिसाबमा बढी गीत बजारमा आएका छन् । कुनै पनि कलाकारले मिहिनेत गर्न छाड्नुहुन्न स्टेज कार्यक्रम कतिपय कलाकारका लागि बाच्ने आधार भएको छ । स्टेजतिर म पनि खुबै व्यस्त छु । विदेशतिरको स्टेजबाट स्वदेशबाट भन्दा धेरै नै पारिश्रमिक आउँछ । तर, सीमित कलाकारले विदेश पुग्ने अवसर पाउँछन् । नेपाली सांगीतिक क्षेत्रमा गुणस्तरीय सिर्जना अगाडि आउन बजार व्यवस्थित हुन आवश्यक छ । प्रविधिको विकास तीव्र छ । सुरुमा मैले गीत गाउँदा क्यासेट चक्का बिक्री हुन्थ्यो । बिस्तारै सिडीको जमाना आयो । पेनड्राइभ हुँदै अहिले युट्यब, इन्टरनेटबाट निःशुल्क गीत–संगीत सुन्न पाउने अवस्था छ । यसले सांगीतिक क्षेत्रमा लगानी गर्न खोज्नेहरूलाई निराश बनाएकै छ । जतिसक्दो सस्तो मूल्यमा गीतसंगीत तयार पारौँ भन्नेको भिड बढ्नु भनेको गीतसंगीतमा गुणस्तरीयता कम हुँदै जानु हो । वर्षौंको संघर्षपछि चर्चा बटुलेका मजस्ता कलाकारदेखि प्रविधिको प्रयोगबाट एकाएक चर्चामा आएकाहरू पनि छन् । जति नै प्रविधिको विकास भए पनि कलाकारले मिहिनेत गर्न भने छाड्नुहुन्न । कलाकारको मिहिनेतले नै नेपाली सांगीतिक क्षेत्रलाई अझ उर्बर बनाउँछ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies