Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषको एक अर्ब गृह मन्त्रालय पनि पुगेन

\"\"काठमाडाैं । प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषले बाढी प्रभावितका लागि वितरण गर्न गृह मन्त्रालयलाई एक अर्ब रुपैयाँ निकासा दिने निर्णय गरेको छ । कोष सञ्चालक समितिका संयोजक एवं राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा बुधबार बसेको बैठकले पहिलो किस्तामा ५० करोड र दोेस्रो किस्तामा ५० करोड गरी एक अर्ब रुपैयाँ दिने निर्णय गरेको थियो । तर, सो रकम बिहीबारसम्म गृह मन्त्रालयमा पुगेको छैन । अाजको नयाँ पत्रिकामा खबर छ– गृहले मन्त्रालयकै केन्द्रीय दैवीप्रकोप उद्धार कोषमा रहेको रकम नै बाढी प्रभावित क्षेत्रमा पठाइएको जानकारी दिएको छ । गृह मन्त्रालयका सहायक प्रवक्ता झंक ढकालले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषको रकम आउन ढिलाइ भए पनि रकम अभाव नभएको बताए । उनका अनुसार हालसम्म बाढी प्रभावित १८ जिल्ला र क्षेत्रीय प्रशासन कार्यालय हेटौँडामा गरी सात करोड १० लाख रुपैयाँ पठाइएको छ । दैवीप्रकोप उद्धार कोषमार्फत सो रकम जिल्ला प्रशासन कार्यालयमा पठाइएको छ । जिल्ला प्रशासन कार्यालयमार्फत बाढी प्रभावित क्षेत्रमा राहत वितरण गर्ने गरिएको छ । बाढीपहिरोलगत्तै विभिन्न दाताबाट प्रधानमन्त्री उद्धार कोषमा रकम जम्मा हुन थालेको छ । प्रधानमन्त्री कार्यालयका सहायक प्रवक्ता चिरञ्जीवी पौडेलले रकम जम्मा हुन थाले पनि त्यसको विवरण बिहीबारदेखि मात्रै लिइएको बताए । दातृ निकायलाई कोषको नाममा विभिन्न १८ वटा बैंकमा रहेको खाता नम्बर दिइएको छ । बाढीले कृषिमा तीन अर्ब क्षति तराईमा आएको बाढीले कृषि क्षेत्रमा करिब ३ अर्ब रुपैयाँबराबरको नोक्सानी गरेको कृषि विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहायक प्रवक्ता शंकर सापकोटाका अनुसार बाढीका कारण २ अर्ब ८६ करोड ४० लाख रुपैयाँबराबरको कृषिबाली नष्ट भएको छ । सबैभन्दा बढी धान बाली डुबानमा परेका कारण उत्पादनमा ह्रास आई नोक्सानी भएको मन्त्रालयले जनाएको छ । पूर्वाञ्चल : पूर्वाञ्चलमा ६५ करोड ५० लाख रुपैयाँबराबरको कृषि उपज नष्ट भएको छ । झापा, सुनसरी, मोरङ, सप्तरी, सिरहामा लगाइएको तरकारी, सञ्चित खाद्यान्न, माछा र थोरै मात्रामा धानबाली नष्ट भएको कृषि विकास मन्त्रालयले जनाएको छ । मध्यमाञ्चल : मध्यमाञ्चलमा बाढीका कारण १ अर्ब ९५ करोड ७९ लाख ५० हजार रुपैयाँबराबरको कृषिबाली नोक्सान भएको छ । त्यस क्षेत्रमा २ लाख ३ हजार ३ सय ९४ हेक्टर खेतीयोग्य जमिनमा लगाइएको धान, तरकारी, माछा, मकै, बेसार, तरुल, रहर, मास, केरा, मकैको बिउ नष्ट भएको कृषि विकास मन्त्रालयले जनाएको छ । बाढीले पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, चितवन, रसुवा, रामेछाप र ललितपुरको कृषिबालीमा ठूलो क्षति गरेको छ । पश्चिमाञ्चल : पश्चिमाञ्चलमा ५७ लाख रुपैयाँ मूल्यको कृषिबाली नष्ट भएको छ । म्याग्दी, रुपन्देही, कास्की, बाग्लुङ, गुल्मी र नवलपरासीमा लगाइएको धान, मकै, सुन्तलामा बाढीले नोक्सान गरेको छ । मध्यपश्चिमाञ्चल : मध्यपश्चिमाञ्चलमा १५ करोड ४० लाख रुपैयाँबराबरको कृषिबाली नष्ट भएको छ । दाङ, बाँके र बर्दियामा लगाइएको धान, मकै, तरकारी, माछा, तेलहन र केराखेतीमा नोक्सान पुगेको छ । सुदूरपश्चिमाञ्चल : सुदूरपश्चिमाञ्चलमा ९ करोड १३ लाख ९५ हजार रुपैयाँबराबरको कृषिबाली नोक्सान भएको छ । बझाङ, दार्चुला, बैतडी, कैलाली र डोटीमा लगाइएको सञ्चित खाद्यान्न, तरकारी, गहुँ, दाल, मकै, धान, केरा, बदाम, भटमास, मास, बोडीमा क्षति पुगेको छ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies