Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

ढल्केबर सवस्टेशनः आगामी कात्तिकभित्र सम्पन्न गर्ने कार्यतालिका, आशंका कायमै

\"\"काठमाडौं । मुलुकको विद्युत् प्रसारणको ‘प्रमुख हव’का रुपमा रहेको ढल्केबर सवस्टेशनको निर्माण कार्य आगामी कात्तिकभित्र सम्पन्न गर्ने गरी कार्यतालिका तय गरिएको छ । ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, ठेकेदार सेन्ट्रल चाइना पावर ग्रिड (सिसिपिजी), परामर्शदाता पावर ग्रिड इन्डियाले नेपालको आवश्यकता र बाध्यतालाई केन्द्रबिन्दुमा राखेर तोकिएको समयमा निर्माण सम्पन्न गर्ने कार्यतालिका तय गरिएको हो । नेपाल विद्युत् प्राधिकरणले अगाडि सारेका सुधारका कार्ययोजनामा अवरोध उत्पन्न भएको र ढल्केबर सवस्टेशनको कामसमेत सम्पन्न नहुने हो भने आगामी हिउँदमा विद्युत्भार कटौती पुनः हुने हो कि भन्ने आशंका कायम रहेको बेला पछिल्लोपटक तय भएको कार्यतालिकाले नयाँ आशाको सञ्चार गरेको छ । धनुषाको ढक्केबरमा सवस्टेशन निर्माण गरिरहेका चिनियाँ ठेकेदार सेन्ट्रल चाइना पावर ग्रिड (सिसिपिजी)ले १५ कात्तिकभित्रमा काम सक्ने प्रतिबद्धता जनाएको छ । हाल करिब ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । बाँकी १० प्रतिशत कार्य सम्पन्न गराउन ऊर्जा मन्त्रालय र प्राधिकरणका तर्फबाट उपलब्ध गराउनुपर्ने सहयोग गरिने प्रतिबद्धतासमेत जनाइएको छ । विगत सात वर्षदेखि निर्माणको क्रममा रहेको भरतपुर–बर्दघाट प्रसारण लाइनको ठेक्का प्राधिकरणले तोडेर ठेकेदारको बैंक ग्यारेन्टीका रुपमा रहेको ३० करोड रूपैयाँ रकमसमेत जफत गरेपछि ढल्केबर सवस्टेशन निर्माण कार्य रोकेको थियो । ठेकेदारले आफूसँग भएको सम्झौता तोडेको भन्दै ढल्केबरको कामसमेत नगर्ने र अलपत्र छाड्ने चेतावनी दिएको थियो । प्रसारण लाइन निर्माण र सवस्टेशनको विषय फरक फरक योजना भएकाले समानरुपमा हेर्न नहुने भन्दै प्राधिकरणले तत्काल सवस्टेशनको काम अगाडि बढाउन ठेकेदारलाई आग्रह गरेको थियो । धरौटी जफत गरेपछि सिसिपिजीका आयोजना प्रबन्धक गेङ जैलिङले प्राधिकरणलाई ढल्केबर सवस्टेशनको काम आंशिकरुपमा रोकिएको जानकारी गराएका मात्रै थिएनन् काम नगर्ने भन्दै निर्माणस्थल छाड्ने बताएका थिए । आग्रह अटेर गरे ठेकेदारमाथि थप कारबाही हुने भन्दै प्राधिकरणले चेतावनीसमेत दिएको सन्दर्भमा सरोकार भएका पक्षबीच नयाँ सहमति भएको हो । ऊर्जामन्त्री महेन्द्रबहादुर शाही, सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको उच्चस्तरीय टोलीले केही दिन पहिले आयोजनास्थलको स्थलगत निरीक्षण गरी निर्माण सक्न चार बुँदे निर्देशनात्मक निर्णयसमेत गरेका छन् । ठेकेदारको यस्तो प्रतिबद्धतापछि हिउँदमा विद्युत्भार कटौती अन्त्यका लागि भारतबाट थप बिजुली ल्याउन मार्ग प्रशस्त भएको ऊर्जा मन्त्री शाहीले बताए । हाल मुजफ्फरपुरमा एक सय एमभीको ट्रान्सफर्मर राखेर १४५ मेगावाट विद्युत् आयात भइरहेको छ । निर्माणाधीन सवस्टेशनको क्षमता २२० केभीको भएकाले विद्यमान ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनलाई ४०० केभीमा चार्ज गरी नेपाललाई आवश्यक पर्नेजति विद्युत् आयात गर्न सकिन्छ । उक्त सवस्टेशन बनेपछि भारतबाट थप विद्युत् आयात गर्न सकिने र सो प्रसारण लाइनबाट आयात हुने विद्युत् अन्यत्रको भन्दा सस्तोसमेत पर्न जान्छ । गत भदौ १३ गते तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले चार महिनाभित्र सवस्टेशन निर्माण सम्पन्न गर्न ठेकेदारलाई सहमत गराएका थिए । अलपत्र अवस्थामा रहेको सवस्टेशन निर्माण कार्यले गति लिए पनि सम्पन्न भने हुन सकेको छैन । “एक वर्षमा सवस्टेशन निर्माणमा धेरै काम भएको छ । तर ढुक्क भएर बस्ने अवस्था भने छैन, आगामी हिउँदमा मुलुकलाई पुनः अँध्यारोमा राख्ने भन्ने हुन्न । अब तोकिएकै समयमा पूरा हुनुपर्छ । कुनै पनि शर्त र बहाना सरकारलाई मान्य हुन्न”, ऊर्जामन्त्री शाहीले भने । उनले काम गर्दा कुनै समस्या आइपरे तत्काल मन्त्रालयलाई खबर गर्न आग्रह गर्दै भने, “यो आयोजना कति महत्वपूर्ण छ भन्ने कुरा हामीलाई मात्र थाहा छ । अब कुनै बहाना र ढिलासुस्तीले काम गर्दैन भन्ने कुरा हामीलाई मात्र थाहा छ । अब कुनै बहाना र ढिलासुस्तीले काम गर्दैन ।” आयोजनाको परामर्शदाता पावर ग्रिडले सवस्टेशनभित्रको नाला निर्माणको अन्तिम नक्शा नदिएको भन्दै ठेकेदारले आपत्ति जनाएको थियो । चार बुँदे निर्णयपछि परामर्शदाताले उक्त नक्शासमेत दिइसकेकाले गरेको कामको भुक्तानीसमेत हुने भएको छ । स्थलगत अनुगमनमा आयोजना, परामर्शदाता र ठेकेदार काम रोकिनुमा एकले अर्कोलाई आरोप लगाउँदै पन्छन थालेपछि आक्रोशित बन्नुभएका ऊर्जा सचिव उपाध्यायले भने, “किन काम रोकिएको, कसका कारणले निर्माण ढिला भयो, एकले अर्कोलाई आरोप लगाएर समस्या समाधान हुन्छ, काम अझै पनि ढिला भयो भने हामीलाई मान्य हुँदैन, जस्तोसुकै कारबाही गर्न तयार छौँ कारबाही भोग्न तयार हुनुहोला ।” प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बाँकी काम तत्काल शुरु गर्न निर्देशन दिए । “बाँकी निर्माण सम्पन्न गर्न लाग्नुस्, गरेको कामको भुक्तानी परामर्शदाताबाट सिफारिस भएर आउनासाथ उपलब्ध गराउँछौँ । अब कुनै बहाना बनाएर काम रोक्न मिल्दैन”, घिसिङले भने । सवस्टेशनका उपकरण निर्माणस्थलमा आइसकेका छन् । भौतिकतर्फको ९० प्रतिशत काम सम्पन्न भएको छ । इलेक्ट्रिकल उपकरण जडानको ९० प्रतिशत काम पनि सकिएको छ । नियन्त्रण कक्ष रहने भवनको ‘फिनिसिङ, ‘कन्ट्रोल प्यानल’को जडान तथा सञ्चालनलगायतका काम बाँकी रहेको आयोजना प्रमुख राधेश्याम यादवले जानकारी दिए । चिनियाँ ठेकेदार सिसिपिजीका आयोजना प्रबन्धक गेङले एक वर्षमा यति धेरै काम गरेको कम्पनीलाई बाँकी रहेको काम सम्पन्न गर्न धेरै समय नलाग्ने बताए । “यो सवस्टेशनको महत्व कति छ, हामीले बुझेका छौँ, तर हाम्रा केही मागलाई सम्बोधन नहुँदा समस्या आएको हो तर अब कुनै दुविधा रहेन । यसलाई जतिसक्दो छिटो सक्ने तयार छौँ”, उनले भने । मुलुकको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत् व्यापारका लागि ढल्केबरमा सवस्टेशन निर्माण भइरहेको हो । प्राधिकरण र चिनियाँ कम्पनीबीच १२ जुन २०१४ मा १५ महिनाभित्र (२९ डिसेम्बर २०१५) काम सक्ने गरी ठेक्का सम्झौता भएको थियो । चिनियाँ ठेकेदारले तोकिएको समयमा काम गर्न नसकेपछि प्राधिकरणले चारपटकसम्म म्याद थप गरिसकेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies