/  Thu, July 20, 2017

निर्वाचनको समीक्षा बैठकमा के भने माओवादी नेताले ?

काठमाडौं । आइतबारबाट सुरु भएको ने.क.पा. (माओवादी केन्द्र) को केन्द्रीय सचिवालय बैठकमा सात वटै प्रदेशका ईन्चार्जहरुले स्थानीय तह निर्वाचनको चुनावी रिपोर्ट प्रस्तुत गरेका छन् ।

केन्द्रीय कार्यालय कोटेश्वरमा जारी बैठकमा प्रदेशका ईन्चार्जहरुले चुनावी रिपोर्ट प्रस्तुत गरेका हुन् । बैठकमा प्रदेश नं.–१ बाट साबित्रीकुमार काफ्ले, प्रदेश नं.–३ बाट हितमान शाक्य, प्रदेश नं.–४ बाट देव गुरुङ, प्रदेश नं.–५ बाट वर्षामान पुन ‘अनन्त’, प्रदेश नं.–६ बाट शक्तिबहादुर बस्नेत र प्रदेश नं.–७ बाट लेखराज भट्टले चुनावी रिपोर्ट प्रस्तुत गरेका थिए भने स्थानीय तहको निर्वाचन सम्पन्न हुन बाँकी प्रदेश नं.–२ बाट ईन्चार्ज मातृका यादवले राजनीतिक तथा संगठनात्मक अवस्थितिबारे रिपोर्ट गरेका थिए ।

रिपोर्ट प्रस्तुत गर्दै नेताहरुले स्थानीय तहको निर्वाचनमा अपेक्षित सफलता प्राप्त हुन नसकेको र त्यसमा पार्टीको संगठनात्मक व्यवस्थापन नै मूख्य समस्या रहेको रिपोर्ट गरेका थिए । स्थानीय तह निर्वाचनमा अनुभवको कमि, निर्वाचनको पूर्वतयारीको कमि, पार्टी एकताको भाव तलसम्म सम्प्रेषण गर्नमा ढिलाई, नेता–कार्यकर्ताको जनस्तरमा कमजोर सम्बन्ध, आर्थिक चलखेलजस्ता कारण निर्वाचनमा अपेक्षित सफलता हासिल नभएको नेताहरुले रिपोर्टिङ गरेका थिए ।

बैठकमा नेताहरुले स्थानीय निर्वाचनमा अपेक्षित सफलता हासिल नभए पनि अधिकांश जिल्लामा २०७० सालको तुलनामा मतसंख्या बढेको, ९० भन्दा बढी स्थानमा पार्टीले दोस्रो हैसियत प्राप्त गरेको र कतिपय स्थानमा अत्यन्तै झिनो मतान्तरले पराजित हुनु परेको रिपोर्टिङ गरेका थिए ।

बैठकको प्रारम्भ गर्दै पार्टी अध्यक्ष प्रचण्डले पार्टी पूनर्निर्माणको ऐतिहासिक आवश्यकतामा जोड दिँदै सचिवालय बैठक त्यसको प्रस्थानबिन्दु भएको बताए । अध्यक्ष प्रचण्डले विचार र एजेण्डामा अहिले पनि राजनीति माओवादीकै वरिपरि रहेको तर त्यसअनुरुप संगठनात्मक तयारी र व्यवस्थापन नहुँदा परिणाममा अपेक्षित सफलता हासिल गर्न नसकिएको बताउँदै जनस्तरसम्म जरा गाडेको पार्टी निर्माण अहिलेको मूख्य चुनौति भएकोमा जोड दिएका थिए ।

स्थानीय तह निर्वाचनको समीक्षा, तेस्रो चरणको स्थानीय तह निर्वाचन, प्रादेशिक र केन्द्रीय निर्वाचनको तयारी र पार्टीको संगठनात्मक निर्णयका लागि बोलाइएको बैठकमा सोमबारदेखि जिल्ला ईन्चार्जहरुले रिपोर्टिङ गर्ने कार्यसूचि रहेको छ । बैठक मंगलबार बिहान ११ बजे पुनः बस्नेछ । बैठकमा जिल्ला ईन्चार्जहरुलाई पनि आमन्त्रण गरिएको छ ।

 

साउन २ गते, २०७४ - १९:१० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भक्तपुरमा खानेपानीको हाहाकार, एकगाग्री पानीका लागि बिहान ३ बजे नै उठ्नुपर्ने

भक्तपुरमा खानेपानीको हाहाकार, एकगाग्री पानीका लागि बिहान ३ बजे नै उठ्नुपर्ने

भक्तपुर । भक्तपुर नगरपालिका–७, गोलमढीकी कृष्णलक्ष्मी कवांलाई बिहान उठ्ने बित्तिकै पानीको चिन्ताले...   
मुटुमा समस्या देखिएपछि पूर्वराजा ज्ञानेन्द्र शाह अस्पताल भर्ना

मुटुमा समस्या देखिएपछि पूर्वराजा ज्ञानेन्द्र शाह अस्पताल भर्ना

फाइल फोटो काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाह नर्भिक अस्पतालमा भर्ना भएका छन् । शाह नियमित चेकजाँचका...   
नेपाली जनप्रगतिशील मञ्च युएईद्वारा खेलाडीलाई सम्मान

नेपाली जनप्रगतिशील मञ्च युएईद्वारा खेलाडीलाई सम्मान

युएई । युएई नेपाली जनप्रगतिशील मञ्च युएईले एएफसी यु–२३ च्याम्पियनसीपको छनोट खेलका लागि युएई आएका...   
बालुवाटारमा कांग्रेस, माओवादी केन्द्र र राजपाको बैठक जारी

बालुवाटारमा कांग्रेस, माओवादी केन्द्र र राजपाको बैठक जारी

फाइल फोटो काठमाडौं । नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीबीच बुधबार बिहान ९ बजे...   
एकै वर्षमा ५० हजार विद्यार्थी विदेशतिर

एकै वर्षमा ५० हजार विद्यार्थी विदेशतिर

काठमाडौं । कुन महिनामा कति ? : ०७३ साउनमा २९८६, भदौमा ४४१७, असोजमा २६६८, कात्तिकमा २२३७, मंसिरमा ४४२९, पुसमा...   
८५ तहमा माओवादी केन्द्र दोस्रो

८५ तहमा माओवादी केन्द्र दोस्रो

काठमाडौं । माओवादी केन्द्रले निर्वाचन भएका ६ सय १७ तहमध्ये ८४ तहमा प्रमुख जितेको छ । ६७ जिल्लाका ८५...   
चुनाव जित्नासाथ चेक कब्जा

चुनाव जित्नासाथ चेक कब्जा

पाँचथर । लुम्फावुङ १ बाटो मर्मत था उपभोक्ता समितिका नामको २ लाखको चेक र छाप फिदिम नगरपालिका–९ का वडाध्यक्षसहितको...   
जनसरकार घोषणा गर्ने माओवादी नेताको प्रस्ताव

जनसरकार घोषणा गर्ने माओवादी नेताको प्रस्ताव

काठमाडौं । माओवादी केन्द्र प्रदेश नं. १ का इन्चार्ज गोपाल किरातीले ७ सय ४४ स्थानीय तहमा जनसरकार घोषणा...   
रेलको डब्बा किन्न ३ अर्ब माग

रेलको डब्बा किन्न ३ अर्ब माग

काठमाडौं । सरकारले महोत्तरीको बिजलपुरादेखि जनकपुर हुँदै भारतको जयनगर (बिहार) सम्म रेल्वे सेवा सञ्चालनका...   
नागरिकको सम्पूर्ण विवरण एउटै कार्डमा

नागरिकको सम्पूर्ण विवरण एउटै कार्डमा

काठमाडौं । सरकारले भदौबाट डिजिटल प्रविधिको राष्ट्रिय परिचयपत्र (स्मार्टकार्ड)को छपाइ सुरु गर्ने...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top