Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

राष्ट्रपतिको बिरुद्धमा उत्रिएकामाथि गोलि प्रहार, एकको मृत्यु

\"\"भेनेजुएला । भेनेजुएलाको अनौपचारिक जनमत संग्रहको क्रममा राजधानी कराकास बाहिरको एक मतदान केन्द्रमा लामबद्ध मतदातालाई लक्षित गरी मोटरसाइकल चढेर आएका बन्दुकधारीले हमला गर्दा कम्तीमा एक जना मारिएको बताइएको छ । राष्ट्रपति निकोलास मडुरोलाई चुनौती दिन विपक्षीहरुले अनौपचारिक जनमत संग्रह आयोजना गरेका हुन् । टेलिभिजनमा देखिएका तस्वीरमा डराएको भीड र मानिसहरु भाग्न खोजिरहेका दृश्य कैद गरिएका छन् ।भिडियोमा बन्दुक चलेको अवाज पनि सुनिन्छ । उक्त घटना कराकासको पश्चिममा अवस्थित एउटा विपन्न मानिस बस्ने क्षेत्रमा भएको थियो । गोली लागेर ६१ वर्षिया एक महिलाको ज्यान गएको बताइएको छ। उनी मतदान गर्न लामबद्ध थिइन् । तीन जना घाइते भएका छन् । \"\" विपक्षीहरुले राष्ट्रपति मडुरोसँग सम्बन्धित सशस्त्र समूह उक्त आक्रमणका लागि जिम्मेवार भएको आरोप लगाएका छन् । अभियोजनकर्ताहरुले घटनाबारे छानबिन गर्ने प्रतिबद्धता जनाएका छन् । भेनेजुएला र विदेशमा रहेका मतदान केन्द्रहरुमा आइतबार केही आशावादी एवं सकारात्मक वातावरण रहेपनि गोली चलेको घटनाले भेनेजुएलाको राजनीति अहिले कति तातिरहेको छ भन्ने स्मरण गराएको छ । पछिल्लो तीन महिनायता भेनेजुएलामा दैनिक प्रदर्शनहरु भइरहेका छन् । तीनले बारम्बार हिंसात्मक रुप लिएका छन् । आइतबारको मतदान साङ्केतिक रहेको थियो र त्यसले जुलाई ३० तारिखका लागि तय गरिएको संविधानसभाको चुनावअघि सरकारमाथि दबाब श्रृजना गर्ने लक्ष्य राखेको थियो । चुनावबाट निर्वाचित हुने संविधानसभाले हाल अलोकतान्त्रिक भनेर आलोचना गर्ने गरिएको भेनेजुएलाको संविधानलाई पुनर्लेखन गर्न सक्नेछ । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies