Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

नेपाली समाज युएईलाई नयाँ संस्थामा रूपान्तरण गरौं, दर्ता गरौं

[caption id=\"attachment_122757\" align=\"alignleft\" width=\"485\"]\"\" लेखक[/caption] नेपाली समाज युएईको अधिवेशन सँगसँगै नयाँ नेतृत्वमा कस्ता व्यक्तिहरु आउनुपर्छ भन्ने बहस हुन थालेको छ । बहसको आवश्यकता हिजो पनि थियो तर आज त्यो आवश्यकता अझै टड्कारो देखिएको छ । नेपाली समाज युएईको अधिवेशन यही शुक्रबार जुलाई ७ तारिकका दिन दुबईमा हुन गईरहेको छ । नेपाली समाजको अध्यक्ष पदमा चन्द्रप्रसाद सापकोटा र धादिङ समाज युएईका अध्यक्ष भीम अधिकारीले उम्मेद्वारी दर्ता गरेका छन । त्यसैगरी महासचिवमा तोयानाथ लम्साल (नारायण) र उपाध्यक्षमा कमला भण्डारी, प्रविणकाजी श्रेष्ठ र मोहम्मद नोमान सिद्दिकीले उम्मेद्वारी दर्ता गरेका छन । यद्दपी कमाल भण्डारीले उम्मेद्वारी फिर्ता लिईसकेकी छिन । कृष्ण पौडेलले सचिवमा र गोबिन्द प्रसाद भट्टराईले कोषाध्यक्ष पदमा उम्मेद्वारी दर्ता गराएका छन् । गणेश न्यौपाने, हरी प्रसाद चापागार्इं र बिक्रम पौडेलले सदस्यमा उम्मेद्वारी दर्ता गरेका छन् । युएईमा रहेका जानबुझेका नेपालीलाई नेत्रित्व दिन सक्ने अनुहारहरु यिनै हुन् । युएईमा पनि थिए होलान नि \"अक्स्फोर्ड विश्वबिद्यालय\" पढेकाहरु ? राम्रा व्यक्तीहरु, डाक्टर, ईन्जिनियर, नर्स, शिक्षक, ब्यवसायी, असल सर्बसाधारण नभएकै हुन त ? प्रश्न उठेको छ । उम्मेद्वारी पनि कम पर्नु, परेका पनि चित्र बिचित्रका पर्नुले अब यसको औचित्य माथि प्रश्न उठाउनु पर्ने बेला भएको छ । यहाँ निर्वाचन समितिको बारेमा पनि कुरा उठ्न थालेका छन । कुनै राजनैतीक पद नलिएका ब्यक्तिहरु संस्थाको पदाधिकारीमा आउनु पर्ने नियमलाई उल्लङ्घन गरिएको आरोप लाग्न थालेका छन । अहिले देखिएका अनुहारहरु कोही कोही त कुनै कुनै राजनीतिक दलका केन्द्रीय सदस्यसम्म भएका छन् । उनीहरु विरुद्धका दाबी बिरोध खारेज भएका छन् । यसले गर्दा अधिवेशनमा विवाद निम्तने सक्ने खतरा पनि रहेको छ । तथापी निर्वाचन समितीको काम कारबाहीको बारेमा बहस गर्नु भन्दा पनि आजको बहस सिंगो संस्थाकै औचित्य माथि हो । बजारमा नेतृत्वको बारेमा बेलाबखत बिभिन्न नकारात्मक कुराहरु आउने पनि गरेका छन । त्यस्ता नकारात्मक कुराहरुले समाजसेवा गर्न मन भएकाहरुमा नैराश्यता पैदा गर्ने छ । तर नकारात्मक कुराहरु, नेतृत्व र संस्थाको बद्नाम गर्नेहरु सर्वसाधारण नेपाली नभएर कुनै न कुनै बेला तिनै समाजका नेतृत्व गर्नेहरु नै हुन् । युएईमा अर्काको पैसा खाएर भाग्ने, लुट्ने, हुण्डी र सुनको व्यवसाय गर्ने, भिजिट भिसाको ब्यापार गर्नेहरु कुनै न कुनै संगठनमा आबद्द छन् । ती संस्थाको आडमा नेपालीहरुलाई ठगी गर्ने गरेका छन् । जस्तो गत साल हुण्डीको पैसा ठगी गरी युएईबाट भागेका लक्ष्मण भण्डारी हुन् वा केही समय पहिले अलऐन बाट फरार व्यक्ति हुन् तिनिहरु कुनै न कुनै संस्थामा आबद्द थिए । यसैको कारणले युएईको समग्र नेपाली समुदायमा नेपाली समाजसेवीहरुको छबी त्यती राम्रो भएको पाईन्न । नेपाली समाज युएईमा अहिले मनोनयन गरिएका व्यक्तिहरु मध्ये केहीको छबि पनि त्यो भन्दा कम छैन । अर्थात राम्रो छैन । कोही रक्सी खाएर प्रधानमन्त्रीलाई तथानाम गाली गर्ने, सर्बसाधारणको जागिर खाइदिने भन्दै धम्क्याउने देखी कोही कुनै बेला मानव तस्करमा नाम जोडीएकाहरुले मनोनयन गरेका छन र तिनै मध्येले नेपाली समाजलाई नेतृत्व गर्ने पक्कापक्की पनि छ । जानकारहरुका अनुसार मनोनयन दर्ता गरेका मध्ये एक जना उम्मेद्वार त नेपालमा मानव तस्करको आरोपमा केही महिना जेल सजाय काटिसकेका व्यक्ति समेत छन । श्रोतका अनुसार तिनी कुनैबेला प्रतिबन्धित मुलुक ईराकमा मानव ब्यापार गर्ने गर्थे । यदि यो सत्य हो भने यस्तो अवस्थामा नेपाली समाज युएईबाट नेपाली कामदारहरुले के आशा गर्न सक्छन ? के त्यस्ता व्यक्तिहरुले समाजको नेतृत्व गर्न सक्छन ? आखिर यस्तै समाज निर्माण गर्ने हो भने यो समाजको आवश्यकता समाप्त भएको छ । नेपाली समाजलाई अब खारेज गरिनु पर्दछ । दलाल, भ्रष्ट र नैतीक आचरणले दाग लागेका व्यक्तिहरुलाई नेता बनाउन कुनै पनि संस्था चाहिन्न । १९९० मा खोलिएको पुरानो संस्था भन्दै यस्ता व्यक्तीहरुलाई नेतृत्व दिईनु भन्दा खारेज गरिनु पर्दछ । पुरानो हुँदैमा त्यसैको ब्याज खाईरहनु पर्दैन । नराम्रो बिरुवा भए काटेर फाल्ने र राम्रो बिरुवामा राम्रो फल पनि फलाउन सकिन्छ । त्यसो भए नेपाली समाज युएईको खारेज नै यसको समाधान हो ? हैन । सबै संघसंस्था मिलेर युएईको कानुन बमोजिम नेपाली क्लब (संस्था) दर्ता गरिनु पर्दछ । युएईको सरकारले धेरै पटक अबैधानिक समाजिक संस्थाहरुलाई कानुनी दायारामा आउन जानकारी गराईसकेको छ । नेपालीहरुले के के र कस्तो कस्तो कार्यक्रम कहाँ कहाँ गर्छन् भन्ने कुरा युएईको सरकार राम्ररी जानकार छ । पटक पटकको चेतावनी पश्चात पनि नेपालीहरुले यस्ता हर्कत बन्द गरेनन भने युएई सरकारले कारबाही गर्नेछ । तसर्थ अब यो नेपाली समाज युएई खारेज गरौ र नयाँ संस्था दर्ता गरौं । पुरानो संस्था हो, माया लाग्छ र खारेज गर्न सकिदैन वा खारेज नगरौ जस्तो लाग्छ भने यसलाई परिमार्जन गरौं । असल व्यक्तिहरु खोजौं, विधान परिमार्जन गरौं र नयाँ संस्थामा रुपान्तरण गरौं । युएईको कानुन बमोजिम गरौं । दर्ता गर्न के के प्रकृया पुरा गर्नु पर्ने हो पुरा गरौ । कार्यक्रम र कृयाकलाप लुकेर नगरौं, खुलेर गरौं । चोर बाटो हैन सिधा बाटो हिडौँ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies