Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

यस्तो छ प्रधानमन्त्री देउवाको पार्टीको सल्लाहकार घेरा

\"\"काठमाडौं, १२ असारपहिलो घेराका सल्लाहकार प्रधानमन्त्री देउवाको राजनीतिक रूपमा सबैभन्दा नजिकका सहयोगी विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक हुन् । देउवाले हरेक राजनीतिक विषयमा यी तीन नेतालाई बढी विश्वास गरेर दलीय छलफलमा पठाउनेदेखि सल्लाहसमेत लिँदै आएका छन् । पछिल्लो समय उपप्रधानमन्त्री एवं गृहमन्त्री रहँदा निधिसँग सम्बन्ध बिग्रने स्थितिमा पुगे पनि देउवाले सम्बन्धलाई पहिलेको जस्तै सौहार्द बनाएका छन् । आफ्नै नेतृत्वमा बन्दै गरेको सरकारमा मन्त्री छान्ने कार्यदलमा समेत देउवाले निधि र लेखकलाई नै जिम्मा दिएका छन् । अाजको नयाँ पत्रिकामा खबर छ– देउवाले विश्वास गर्ने भनेका नेता पूर्णबहादुर खड्का पनि हुन् । सहमहामन्त्री भइसकेका खड्कालाई देउवाले विश्वास गर्छन् । निधि, कार्की र लेखक जसरी नियमित आफ्नो निवास नधाउने भए पनि देउवाले महत्वपूर्ण निर्णय र काम गर्दा खड्कासँग सल्लाह लिने गरेका छन् । अर्को गुटमा पौडेलभन्दा शशांकलाई विश्वास देउवाले नेता रामचन्द्र पौडेल पक्षलाई कुनै पनि विषयमा औपचारिकताका लागि मात्र छलफल गर्छन् । अलि गहन विषयमा छलफल गर्नुप¥यो भने देउवाको पहिलो रोजाइ बिपीपुत्र एवं कांग्रेस महामन्त्री डा. शशांक कोइराला रहँदै आएका छन् । कुनै पनि विषयलाई अड्काएर राख्नुहुँदैन, छिटै निर्णय गर्नुपर्छ भन्ने मत आफ्नो जस्तै शशांकको भएकाले देउवा उनीसँग छलफल गर्न रुचाउँछन् । शशांकले मानेपछि औपचारिकताका लागि पौडेलसँग छलफल गर्ने गरेको देउवानिकट स्रोत बताउँछ । गहन विषयमा सिटौलासँग छलफल राजनीतिक रूपमा अलि जटिल विषय आइपर्दा देउवाले नेता कृष्णप्रसाद सिटौलासँग पनि छलफल गर्ने गरेका छन् । गिरिजाप्रसाद कोइरालादेखि सुशीलसँग काम गरेका अनुभवी सिटौलासँग जटिल विषयमा समाधानको सूत्र हुने बुझाइ देउवाको छ । संविधान संशोधनलाई अघि बढाउने विषयमा सिटौलासँग देउवाले सल्लाह गर्ने र छलफलमा लागि पठाउने गरेका थिए । महेशदेखि शेखरलाई पनि विश्वास देउवाले फरक गुटमा रहे पनि महेश आचार्य र डा. शेखर कोइरालालाई प्राविधिक विषयमा भूमिका दिने गरेका छन् । स्थानीय तहको निर्वाचनअघि देउवाले आचार्यलाई घोषणापत्र तयारी समितिको संयोजक बनाएका थिए । शेखरसँग पनि देउवाको नराम्रो छैन । प्रचण्ड नेतृत्वको सरकारमा शेखरलाई परराष्ट्रमन्त्री बनाउने देउवाको तयारी थियो, तर अन्तिम समयमा डा. प्रकाशशरण महतलाई बनाइयो ।  
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies