Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

संसद भवनभित्रै झडप, १० घाईते

\"\"मेसेडोनिया, १५ वैशाख । एक जना अल्बेनियाली जातीय नेता संसदको सभामुखमा निर्वाचित भएपछि मेसेडोनियाको संसदमा भिडन्तहरु भएका छन् । घाइते हुनेमा समाजवादी प्रजातान्त्रिक पार्टीका नेतासहित कम्तीमा १० जना छन् । प्रदर्शनकारीहरु पूर्व प्रधानमन्त्री निकोला ग्रुएभस्कीको भिएमआरओ पार्टीका समर्थकहरु थिए जसले नयाँ चुनावको माग गरिरहेका छन् । सामाजिक सञ्जालमा सत्तारुढ समाजवादी प्रजातान्त्रिक पार्टीका नेता जोरान जायफको अनुहारबाट रगत झरिरहेको तस्वीर राखिएका छन् । उक्त पूर्व युगोस्लाभ गणतन्त्रमा गएको डिसेम्बरमा भएको आमचुनावको परिणाम अनिर्णित भएपछि राजनीतिक गतिरोध कायम रहेको छ । तर दुई वर्षअघिको फोन ट्यापिङु विवाद यता त्यहां संकट निरन्तर कायम छ । समाजवादी नेता जायफले अल्बेनियाली जातीय पार्टीसँग मिलेर गठबन्धन बनाएका छन् तर सरकार बनाउने उनको प्रयासलाई देशका राष्ट्रपतिले रोकिदिएका थिए । उक्त गठबन्धन बनाउने प्रयास भए यता नै मेसेडोनियाका आफूलाई राष्ट्रवादी बताउनेहरुले प्रदर्शन गरिरहेका छन् । त्यहाँको जनसंख्याको एक चौथाइ जातीय अल्बेनियालीहरु छन् । गठबन्धनले तालर जाफेरीलाई सभामुख बनाउने निर्णय गरेपछि आक्रोशित व्यक्तिहरुको समूह संसद भवनमा प्रवेश गरेको थियो । झण्डै २ सय जना प्रदर्शनकारीले अनुहार ढाक्ने मास्क लगाएका थिए र प्रत्यक्षदर्शीहरुले फुटेका सिसा भुईँमा देखेको र हलभित्र रगतका दागहरु पनि देखिएको उल्लेख गरेका छन्। प्रहरीले गैरघातक किसिमको ग्रिनेड प्रहार गरी नेताहरुलाई संसद भवनबाट बाहिर निकालेको थियो । अमेरिका, उत्तर एटलान्टिक सन्धि संगठन नेटो र युरोपेली युनियनका उच्च अधिकारीहरुले संसदमा भएको उक्त हिंसात्मक घटनाको कडा शब्दमा निन्दा गरेका छन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies