Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

अार्इजीपी प्रकरण : अदालती शैलीमा सरकारको प्रश्न

\"\"काठमाडौं, ९ फागुन । प्रहरी प्रमुख नियुक्ति प्रकरणमा सरकारलाई आफ्नो पक्ष प्रस्तुत गर्ने अनिवार्य अवसर नै नदिई प्रधानन्यायाधीश सुशीला कार्कीले पेसी तय गरेकामा त्यसप्रति महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले इजलाससमक्ष गम्भीर आपत्ति जनाएका छन् । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– आईजीपी नियुक्तिका लागि जयबहादुर चन्दको सिफारिस निर्णयपछि ज्येष्ठताअनुरूप नभएको भन्दै त्यसलाई रोक्न माग राखेर अधिवक्ता कपिलदेव ढकालले दायर गरेको रिटमा सुनुवाइको सूचनाविनै छलफलका लागि पेसी तय गरिएको भनी महान्यायाधिवक्तालगायत सरकारी वकिलले आपत्ति जनाएपछि आइतबारको सुनुवाइ रोकिएको छ । सरकारले सिफारिसको निर्णय नगर्दै ढकालले २८ माघमा एउटा र निर्णयपछि १ फागुनमा अर्को रिट दिएका थिए । अघिल्लो रिटमा चन्द र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाइएको थिएन भने दोस्रो पूरक निवेदनमा विपक्षी बनाइएको थियो । नयाँ विपक्षी थपिएको अवस्थामा पूरक रिटमा सुनुवाइको मौकासमेत नदिई अन्तरिम आदेश भएको र एक्कासि छलफलका लागि पेसी तय भएको भन्दै सरकारी वकिलले आपत्ति जनाएका थिए । प्रधानन्यायाधीश सुशीला कार्कीद्वारा आईजीपी प्रकरणमा अधिवक्ता ढकाल र डीआईजी नवराज सिलवालले दिएको रिटमा सुनुवाइका लागि न्यायाधीश हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलास गठन भएको थियो । महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ, नायब महान्यायाधिवक्ता दुर्गाबन्धु पोखरेल, खगराज पौडेल र किरण पौडेलले पूरक रिटको सुनुवाइमा जानकारीसमेत नपाएको भन्दै आइतबारको बहसपैरवी रोक्न इजलाससमक्ष माग गरेका थिए । ‘जुन दिन पूरक निवेदन दायर भएको छ, त्यसै आधारमा त्यही दिन निर्णय रोक्न अल्पकालीन अन्तरिम आदेश भएको छ । पूरक निवेदनको पेसी पनि चढेको छैन’, इजलाससमक्ष महान्यायाधिवक्ता श्रेष्ठले आपत्ति जनाउँदै भने, ‘विपक्षी बनाइएका चन्द र महान्यायाधिवक्ताको कार्यालयलाई समेत जनाउ नदिएको अवस्था छ । यस्तो अवस्थामा बहस गर्न सक्ने अवस्था रहँदैन । प्रतिवादको मौका दिइनुपर्छ ।’ सरकारी वकिलले सुनुवाइको विधि र प्रक्रियालाई लिएर प्रश्न उठाएपछि इजलासले रिटमा विपक्षी बनाइएका चन्दलाई पूरक निवेदनको प्रतिलिपिसहित सात दिनको समय दिएर प्रतिवाद गर्न जनाउ दिन र पूरक निवेदन तथा विपक्षीको जानकारीलगायत आवश्यक कारबाहीका लागि महान्यायाधिवक्तालाई जानकारी दिन आदेश भएको छ । ‘यसमा सुरु निवेदनमा विपक्षी नबनाइएका जयबहादुर चन्दलाई ०७३/११/१ मा परेको पूरक निवेदनमा विपक्षी बनाएको देखियो । उक्त पूरक निवेदनलाई समेत ग्रहण गरी मिति ०७३/११/१ मा यस अदालतबाट अल्पकालीन अन्तरिम आदेश जारी भएकोसमेत पाइयो’, विपक्षी बनाइएका चन्द र महान्यायाधिवक्ता कार्यालयले सूचना नपाएको सन्दर्भ उल्लेख गर्दै आदेशमा भनेको छ । १ फागुनमा प्रधानन्यायाधीश कार्कीको एकल इजलासले दोस्रो पूरक निवेदनलाई समेत आधार मान्दै दुबै पक्षको छलफलबाट अन्तरिम आदेश जारी हुने वा नहुने सम्बन्धमा निष्कर्षमा नपुगेसम्मका लागि चन्दको नियुक्ति सम्बन्धमा भएका सम्पूर्ण काम–कारबाही यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको थियो । उक्त प्रकरणमा अब रिट निवेदक र सरकारबीच ११ गते छलफल हुने भएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies