Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

गाउँमा थ्रीजी, सहरमा फोरजी

\"\"काठमाडौं, २८ पुस । मुलुकमा मोबाइलको प्रयोग बढेसँगै यसबाटै इन्टरनेट चलाउनको संख्या समेत उल्लेख्य बढेको छ । इन्टरनेटमा आम नेपालीको पहुँच बढाउन दूरसञ्चार कम्पनीहरूको भूमिका रहेको छ । आजको कारोबार दैनिकमा खबर छ– यी कम्पनीहरू पनि प्रविधिको विकाससँगै सेवाग्राहीलाई नवीन प्रविधिमा सेवा बिस्तार गर्न तीब्र प्रतिस्पर्धा गरिरहेका छन् । तीन वर्ष अघिसम्म सहरमा पनि राम्रोसँग नचल्ने थ्रीजी (थर्ड जेनेरेसन) सेवा अब गाउँसम्मै पुगिसकेको छ भने नयाँ वर्षसँगै सहरी क्षेत्रका उपभोक्ताले फोरजी चलाउन थालिसकेका छन् । नेपाल टेलिकमले हाल राजधानी काठमाडौं र पोरखामा फोरजी सेवा संचालनमा ल्याएको छ । सहरमा फोरजी सेवा सञ्चालन भइरहँदा सेवा प्रदायक कम्पनीहरू गाउँँमा भने थ्रीजी सेवा विस्तारमा आक्रामक रूपमा प्रस्तुत भएका छन् । यसले गाउँदेखी सहरसम्म डेटा सेवाको पहुँच उल्लेख्य बढेको देखिन्छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार, हालसम्म कुल जनसंख्याको ५३.२९ प्रतिशतले डेटा सेवा प्रयोग गरेका छन् । १ करोड ४१ लाख २० हजार डेटा प्रयोगकर्तामध्ये अधिकांश प्रयोगकर्ता मोबाइलमा आधारित छन् । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल मोबाइल सेवाको पहुँच बढेसँगै डेटा प्रयोग बढेको बताउँछन् । “सहरमा फोरजी संचालन हुँदा अहिले जिल्लामा थ्रीजी सेवाको व्यापक विस्तार भएको छ,” उनले भने, “सूचना प्रविधिको विकास सहरदेखी गाउँसम्मै भएको छ ।” अंग्रेजी नयाँ वर्षको सुरुवातसँगै राजधानीमा लङटर्म इभोलुसन ९एलटीई० फोरजी सेवाको सुरुवात भएको छ भने यसलाई प्रविधिका क्षेत्रमा एउटा फड्को भन्ने गरिएको छ । सरकारी स्वामित्वको नेपाल टेलिकमले राजधानीलगायत देशका प्रमुख सहरमा फोरजी सेवा विस्तारलाई पहिलो चरणमा विस्तार गर्ने कार्ययोजना अगाडी सारेको छ । अहिले कम्पनीले प्रस्तावित गाउँपालिकामा थ्रीजी सेवा विस्तारलाई जोड दिएको छ । कम्पनीले सहरमा फोरजी र गाउँमा थ्रीजी हुँदै समग्र देशमा ब्रोडव्याड इन्टरनेट पु¥याउने जनाएको छ । राजधानी लगायतका देशका १५ सहरमा पहिलो चरणमा फोरजी सेवा संचालन गर्ने कम्पनीको लक्ष्य छ । टेलिकमले संचालनमा ल्याएको फोरजी सेवामा ३२.४ एमवीपीएस पिक डेटारेट डाउनलोड गति छ । आईपी टेलिफोनी, गेमिङ सर्भिस, भिडियो कन्फरेन्सिङ, हाई डेफिनेसन मोवाइल टिभी तथा क्याउड कम्प्युटिङ फोरजी सेवाका मुख्य आर्कषण हुन । थ्रीजी सेवामा भने टेलिकम र एनसेलको तिब्र प्रतिस्पर्धा छ । एनसेलले टूजीमा आधारित भ्वाईस र डेटा सेवा देशैभरी पु¥याइसकेको छ । डेटा सेवा दुर्गम स्थानहरूमा पु¥याउन र आफ्नो थ्रीजी सेवा ७५ जिल्लामै पु¥याउन कम्पनीले डेटामा फोकस हुँदै काम गरिरहेको छ । अहिले कम्पनीले थ्रीजी सेवा विस्तारलाई जोड दिएको छ । डेटा सेवा ग्रामीण तथा दुर्गम जिल्लामा पुगेपछि त्यहाँका जनताहरूले अनलाइन समाचार हेर्ने र इमेल गर्ने सुविधा पाएका छन् भने फेसबुकजस्ता सामाजिक सञ्जालहरूमा पनि ग्राहकको उपस्थिति बढेको कम्पनीका कम्युनिकेसन एक्स्पर्ट मिनलमणि शर्मा बताउँछन् । सन् २०१० मै एनसेलले सगरमाथा आधार शिविरको ५ हजार ३ सय ८० मिटर उचाईमा थ्रीजी सेवा सुरु गरेको उनले बताए । कम्पनी हाल फोरजी सेवा संचालनको तयारीमा छ । टेलिकमले एक करोड लाइनको जीएसएम मोवाइल सेवा अन्तर्गत टूजीलाई थ्रीजीमा अपग्रेड कार्य तिब्र पारेको छ । टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले एक करोड लाइन जीएसएम मोबाइल योजनामा थ्रीजी सेवालाई प्राथमकितामा राखिएको र विस्तार समेत बढेको बताइन् । पश्चिमाञ्चल तथा राजधानीमा सबै टूजीलाई थ्रीजीमा प्रतिस्थापन गरिएको छ भने बाँकी क्षेत्रमा समेत थ्रीजी विस्तारको काम अगाडी बढेको छ । अहिले सवै जिल्ला सदरमुकाममा थ्रीजी सेवा पुगिसकेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies