Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

माधव नेपालको प्रश्न : अन्तै जन्मिएकाहरूको माग कसरी मधेसको हुन्छ ?

\"\"काठमाडौं, २१ पुस । एमाले नेता माधवकुमार नेपालले मधेसको नाम जोडेर राष्ट्रलाई विखण्डनतिर लैजाने नाजायज माग स्वीकार गरेर सरकारले गम्भीर त्रुटि गरेको बताएका छन् । आजको नयाँ पत्रिकामा खबर छ– प्रेस चौतारी नेपालद्वारा बुधबार आयोजित अन्तरसंवाद कार्यक्रममा नेता नेपालले बाबु–बाजेको जन्म पहिचान नै नभएकाहरूले उठाएको मागसमेत स्विकारेर सरकारले गल्ती गरिरहेको दाबीसमेत गरे । अन्तै जन्मिएकाले गर्ने कुरा कसरी मधेसको हुन्छ ? हामी कतिपयमा अहिले एउटा बुझाइएको कमजोरी देखिन्छ । फलानो मान्छेले भन्यो भन्दैमा सिंगै मधेसको माग भनेर बुझ्ने । मधेसको धर्तीपूत्र माधव नेपालले भनेको मधेसका कुरा नहुने, जसको जन्मै नेपालमा भएन, बाबु–बाजेको जन्म कहाँ भयो, पहिचान खुल्दैन उसले जे भन्यो त्योचाहिँ मधेसको कुरा (माग) हुने ? प्रचण्डको कमजोरी देउवाले सच्याउनुपर्छ तपाईं (शेरबहादुर देउवा)ले झमेलाको भूमिका खेल्ने होइन, तपाईं त धेरैपटक प्रधानमन्त्री भइसकेको, धेरैपटक देश–विदेश भ्रमण गरेको परिपक्व व्यक्तित्व हो । चुनौती कसरी सामना गर्ने सबै थाहा छ । कम अनुभवी प्रचण्डले कमजोरी गरे भन्दैमा तमासा मात्रै हेरिरहने होइन । प्रचण्डले कुनै त्रासमा, कसैको दबाबमा त्यस्ता गलत काम गर्न खोज्नुभएको होला । तर, तपाईंले ढाडस दिने, सहयोग गर्ने काम गर्नुस् । कसैले मिलेर जाऊँ भनेर एउटा हात दिन्छ भने एमाले अर्को हात दिन तयार छ । हामी नेपालको आन्तरिक मामिला आफैँ हल गर्नुपर्छ भन्ने पक्षमा छौँ । चुनावमा कांग्रेस–माओवादीको पत्तासाफ ५ नम्बर प्रदेशले के चाहन्छ भन्ने कुरा लाखौँ जनता सडकमा उत्रेर लगाएको नारा र ऐक्यबद्धताले प्रस्ट गरिसक्यो । तैपनि चेत्दैनन्, जनताको भावना बुझ्दैनन् भने कांग्रेस र माओवादी केन्द्र आउँदो निर्वाचनमा पत्तासाफ हुनेछन् । मोरङ–सुनसरीदेखि पर्सासम्मका जनताको चाहना र भावना सीमांकन परिवर्तन होइन, चुनाव र विकास हो । त्यसका लागि एमाले लाग्नेछ । सर्वोच्चले देशलाई दुर्घटनाबाट जोगायो एमालेले प्रदेशसभाको सहमतिविना सीमांकन हेरफेर असंवैधानिक हुने भनेर लिएको अडानलाई अदालतको फैसलाले सही पुष्टि गरेको छ, हामी त्यसको स्वागत गर्छौं । फैसलाले देशलाई ठूलो दुर्घटनाबाट बचाएको छ, चक्रव्यूहबाट देश जोगिएको छ । ५ नम्बर प्रदेश विभाजन गर्ने सुरुवाती कदम थियो । सिंगै तराई अलग नगरेसम्म चुप लाग्दैनौँ भनिरहेका वेला अदालतको फैसलाले सीमांकन हेरफेर अहिलेलाई रोकिएको छ । जातीय, धार्मिक मामिला संवेदनशील भारतको सर्वोच्च अदालतले जात र धर्मका नाममा राजनीतिक दलहरूले मत माग्न नपाउने गरी फैसला गर्‍यो । तर, हाम्रोमा राष्ट्रिय एकता बलियो बनाउने होइन, दूरी बढाउने काम भइरहेको छ । देश टुक्र्याउने, विखण्डन गर्ने धम्की दिइँदासमेत नियन्त्रण गर्ने, सजाय दिने काम हुँदैन । यस्तो विडम्बना मुलुकले भोगिरहेको छ । जातीय, धार्मिक विषयमा बोल्दा, व्यवहार गर्दा होस् पु¥याउनुपर्छ । यी सबै मामिलामा संसारका धेरै मुलुक सतर्क देखिन थालेका छन्, हाम्रो सर्वोच्च अदालतले पनि त्यतातिर नजर पु¥याइरहेको होला भन्ने ठानेको छु ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies