Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

नयाँ वर्षदेखि फेसबुकले ल्याउँदैछ यस्ता नयाँ कार्यक्रम

\"\"काठमाडौं, १५ पुस । सन् २०१७ मा फेसबुकमा केही नयाँ परिवर्तन देखिनेछन् । परिवर्तनमात्रै होइन केही नयाँ विशेषता पनि यसमा थपिनेछन् । यीमध्ये केही विशेषता सन २०१६ को अन्त्यतिरै घोषणा गरिएको छ भने केही अन्य विशेषतालाई कम्पनीका सीइओले नयाँ वर्ष अर्थात् सन् २०१७ मा लञ्च गर्ने इशारा गरेका छन् । आर्टिफिसियल इन्टेलिजेन्स होस् वा भर्चुअल रियालिटी, सन् २०१७ मा यसमा आधारित विशेषता देख्न पाइनेछ । यस्तै केही सम्भावित र सार्वजनिक भइसकेका विशेषताबारे हामी जानकारी दिँदै छौं । लाइभ अडियोः सन् २०१७ मा फेसबुकमा लाइभ अडियोको सम्भावना हुनसक्ने विज्ञहरुको दाबी छ । अहिले लाइभ भिडियो स्ट्रिमिङजस्तै फेसबुकममा लाइभ अडियोको सन् २०१७ मा सुरु हुने अनुमान गरिएको छ । इभेन्ट्स मोमेन्ट्सः सन् २०१६ को डिसेम्बर २० तारिखमा फेसबुकले आधिकारिक रुपमा मार्के्टिङ प्रोग्रामको लञ्च गरेको छ जसअनुसार मानिसहरुले आफ्नो जीवनमा घटित केही विशेष पल बारे कुरा गर्न सक्छन् र त्यससँग जोडिएका केही रमाइला घटना सेयर गर्न सक्नेछन् । यसका लागि एउटा विशेष प्रकारको डूडल तयार गरिएको छ जुन कार्यक्रमको हिसाबले कस्टमाइज गर्न सकिनेछ । फर्जी समाचारमाथि लगाम लगाउने व्यवस्थाः मार्क जुकरवर्गले फेसबुकमा फर्जी समाचारमाथि लगाम लगाउने जानकारी दिइसकेका छन् । यसका लागि केही गाइडलाइन जारी गरिएको छ र एउटा समूहले फर्जी खबरसँग जुध्नका लागि विशेष टुल्स बनाइरहेको छ । सन् २०१७ मा तपाईंले आफ्नो फेसबुक न्यूजफिडबाट फर्जी खबर नआओस् भन्ने चाहनुहुन्छ भने त्यसलाई हटाउनका लागि दिइएको अप्सनको प्रयोग गर्न सक्नुहुन्छ । भर्चुअल रियालिटी र फेसबुकः फेसबुकको सहयोगी कम्पनी अक्यूलसद्वारा बनाईको टच कन्ट्रोलरलाई सर्वश्रेष्ठ रियालिटी कन्ट्रोलर बताइएको छ । फेसबुकले अक्यूलसलाई खरिद गरेको थियो र सन् २०१७ मा फेसबुकको विशेषतामा यसको झलक देख्न सकिने अनुमान गरिएको छ । आर्टिफिसियल इन्टेलिजेन्समा आधारित विशेषताः फेसबुक सिइओ मार्क जुकरबर्ग आर्टि्फिशियल इन्टेलिजेन्सका प्रशंसक हुन् । यसै कारण उनले जार्विस नामको आर्टि्फिशियल इन्टेलिजेन्सको डेमो जारी गरे । यसका लागि हलिउड नायक मोर्गन फ्रिमेनले आवाज दिए । सन् २०१७ मा फेसबुकमा आर्टि्फिशियल इन्टेलिजेन्समा आधारित ‘शेयर्ड एल्बम’ भन्ने विशेषता आउन सक्छ । अर्थात, तपाईंको भिन्न समयमा खिचिएका तस्बिरलाई मेसिन लर्निङमार्फत त्यसै समयको हिसाबले संगठित गरिनेछ र त्यहाँबाट तपाईं एल्बम बनाएर सिधै फेसबुकमा सेयर गर्नसक्नुहुन्छ । GIF सपोर्टः यो वर्ष फेसबुकले मेसेन्जरमा न्ष सपोर्ट दियो जसलाई प्रयोगकर्ताहरुद्वारा निकै रुचाइयो र मानिसहरुले यसको अत्यधिक प्रयोग गरिरहेका छन् । सन् २०१७ मा फेसबुक कमेन्टमा न्ष को सेवा उपलब्ध हुनसक्ने अनुमान गरिएको छ । यसका लागि फेसबुकले न्ष्उजथ र च्षाकथ को सहायता लिनेछ जुन न्ष को विषयमा निकै चर्चित छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies