Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

बंगलादेशको बाइनालेमा नेपालका चार कलाकृति छनौट

\"\"काठमाडौं, ५ पुस । विश्वका कलाकारलाई हरेक दुई वर्षमा बंगलादेशको ढाकामा जमघट गराउँदै बंगलादेश शिल्पकला एकेडेमीले बाइनाले विगत ३४ वर्षदेखि गर्दै आइरहेको छ । यसपटक ढाकामा भएको १७ औं बाइनालेमा नेपालका चारजना कलाकारका कलाकृति छनौट परेका छन् । विश्वका ५४ देशका कलाकार सहभागी रहेको सो प्रदर्शनीमा नेपालबाट रविन्द्र श्रेष्ठ, जुपिटर प्रधान, कर्मा छेटु गुरुङ र लक्ष्मण श्रेष्ठ छनौटमा परेका हुन् । शिल्पकला एकेडेमीको आयोजनामा हुने सो प्रदर्शनीमार्फत बंगलादेशले आफ्नो साँस्कृतिक चेतनालाई विश्वमा चिनाउन सकेको बताइएको छ । सो प्रदर्शनीमा बंगलादेशका २ सय २० र अन्य देशका १ सय ४३ कलाकारका कलाकृति राखिएको छ । हरेक दुई वर्षमा हुने सो बाइनाले सन् १९८२ बाट सुरु भएको हो । कलाका क्षेत्रमा बंगलादेशले निकै फड्को मारेको उदाहरणका रुपमा यो बाइनालेलाई लिन सकिन्छ । डिसेम्बर १ बाट सुरु भएको सो बाइनालेमा सहभागी नेपाली कलाकार कर्मा छेटु गुरुङले आफ्नो काममा गर्व गर्ने श्रमजीवि वर्गलाई मुख्य विषय बनाएको कलाकृति राखेका छन् । उनले भने, ‘इमान्दारिताका साथ मिहिनेत गरेर काम ग¥यो भने नेपाली कलाले विश्वमा आफ्नो छुट्टै पहिचान निर्माण गर्न सक्छ ।’ दुई वर्ष अगाडिसम्म सो बाइनालेमा नेपालका तर्फबाट नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) बाट कलाकारको छनौट भइ सो प्रदर्शनीमा सहभागिता जनाउँदै आएता पनि यसपटक ग्लोबल आव्हान गरी व्यक्तिगत रुपमा कलाकारलाई सो प्रदर्शनीमा सहभागिताका लागि आयोजकले आवेदन मागेको थियो । प्रतिष्ठानबाट राम्राभन्दा पनि आफ्ना मान्छेलाई सहभागिता जनाउँदा गुणस्तरीय कलाकृति पठाउन नसकेको भन्दै व्यक्तिगत रुपमै नेपाली कलाकृति मागेको र आफुले ओपन रुपमै आवेदन दिएर सेलेक्सनमा परेको सो प्रदर्शनीमा सहभागी एक कलाकारले बताए । मानवीय संवेदनालाई कलात्मक रुपमा जोड्दै मानव जातिको हितमा सबै लाग्नुपर्दछ भन्ने भावका कलाकृति बनाएका कलाकार रविन्द्र श्रेष्ठले भने, ‘नेपालीको कलाबाट प्रभावित भएर प्रदर्शनीमा सहभागी भएका अन्य देशका कलाकार तथा कला पारखीबाट अफर आएको छ । यस्ता विश्वस्तरीय कला प्रदर्शनीले नेपाली कला र कलाकारका लागि स्पेस क्रिएट हुँदै गइरहेको छ । यो हाम्रा लागि गौरव गर्न लायक विषय हो ।’ प्रदर्शनीमा सहभागी अर्का कलाका जुपिटर प्रधानले ‘होम अवए होम’ शीर्षकमा प्रतिस्थापन कला प्रस्तुत गरेका छन् । त्यस्तै लक्ष्मण श्रेष्ठले भूकम्पको तरङ्गलाई अमूर्त चित्रमार्फत प्रस्तुत गरेको कलाकृति प्रदर्शनीमा राखेका छन् । प्रदर्शनी ३१ डिसेम्बरसम्म रहनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies