Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

संशोधनबाट किन पछि हटे उपेन्द्र यादव ?

\"Upendra-Yadav\"काठमाडौं, १४ मंसिर । संविधान संशोधनको औचित्य पुष्टि गर्नका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सोधिरहेका बेला संयुक्त मधेसी मोर्चामा आवद्ध संघीय समाजवादी फोरम भने व्याक सरेको छ । संशोधनमा मधेसको मागभन्दा पनि अहिलेको सरकारले पहाडमा विवाद सुरु गराएको भन्दै फोरम अध्यक्ष उपेन्द्र यादव व्याक सरेका हुन् । उनले निकटवर्तीहरुसँग अहिलेको संशोधनले काम नगर्ने भन्दै पछि हट्नुपर्ने बताउन थालेका छन् । त्यसकारण पनि आइतबारै संसदमा संशोधन दर्ता गराउन लागेको सरकार पनि अनिर्णित बनेको छ । सरकारले निर्वाचनको ग्यारेन्टि भएमात्र संशोधन हुने अभिव्यक्ति बाहिर ल्याएपनि मधेसी मोर्चामा नै समस्या देखेपछि दर्ता नगरेको स्रोतले जनाएको छ । अहिले यादवले मधेसी मोर्चा भन्दा पनि नयाँ शक्ति नेपालसँग घाँटी जोडी अगाडी बढ्ने कोशिश गरेका छन् । नयाँ शक्तिसँग विलय हुन लागेको संघीय समाजवादी फोरमको तयारीका कारण पनि उपेन्द्र व्याक सरेको लख अन्य मधेसी दलहरुले गरेका छन् । डा. बाबुराम भट्टराईसँग एकता गरी ठूलो पार्टी बनाउने र स्थानीय निकायको चुनावमा प्रभावकारी भुमिका बनाउने तयारीमा उपेन्द्र जुटेका छन् । संघीय समाजवादी पार्टीसँग एकता गरी संसदमा सभासद बढाएका उनी संगठनलाई बलियो बनाउन भट्टराईसँग एकताको तयारीमा लागेका छन् । त्यसो त भारतीय एजेन्डाका आधारमा संविधान संशोधनमा आफ्नो सहमति नरहने उनले बताउँदै आएका थिए । उनले नै अहिलेको संशोधन पनि मान्य हुन नसक्ने जनाउँ दिँदै आएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग त उनले बारम्बार उक्त कुरा राखीसकेका छन् । त्यसो त उपेन्द्रसहित भट्टराइले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेखित कुराका आधारमा पनि संशोधनमा फोरमको सहभागीता नरहेको जनाउ दिन्छ । नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरमले संविधान संशोधन गर्दा वर्गीय, जातीय, लैंगिक, भाषिक, सांस्कृतिक, धार्मिक र क्षेत्रीय भेद्भावहरुलाई अन्त्य गरिनुपर्ने भन्दै संयुक्त वक्तव्य सार्वजनिक गरेका छन् । सोमबार नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गर्दै संविधान संशोधनमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्ने लगायत विषयमा माग गरेका छन् । यी मुद्दाको सम्बोधन नभए संशोधनले समस्या समाधान हुन नसक्ने मात्रै नभइ संविधानको स्वीकारोक्ति र कार्यान्वयन पनि हुन नसक्ने संयुक्त वक्तव्यमा उल्लेख छ । यसअघि पनि नयाँ शक्ति र फोरमबीच संयुक्त आन्दोलनको तयारी गर्ने गरी नयाँ शक्तिले मधेसी मोर्चाका मागमा औपचारिक समथर्न गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies