Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

मलेसियामा नेपाली कामदार समस्यामा, राज्यको ध्यान नपुगेको गुनासो

[caption id=\"attachment_97903\" align=\"alignleft\" width=\"750\"]\"त्रिभुवन त्रिभुवन अन्तराष्टिय विमानस्थलमा वैदेसीक राेजगारीमा जानेकाे लाइन[/caption] मलेसीया, ६ कार्तिक । देशमै रोजगारीको वातावरण नभएकै कारण दिनहुँ हजारौं युवाहरु विदेसी भुमिमा जान बाध्य छन । वैदेसीक रोजगारीका लागि बाहिरीने युवाहरुले धेरै रकम रमाउने र परिवारको लालनपालन तथा त्यहाँ सिकेको सिप र आर्जेको पुँजी खर्चेर नेपालमै केहि गरौंला भन्ने मनमा ठूलो सपना बोकेको बताउँछन । ‘प्यारो घर परिवारको असिम मायालाई मुठीमा गाठो पारेर विदेसी भूमिमा दौडिनु आम वेरोजगार युवाहरुको वाध्यता जस्तै बन्दै गएको छ, तर राज्य भने युवाजनशक्तिलाई स्वदेसको विकाशमा लगाउने योजना बनाउन भन्दा पनि वैदेसीक रोजगारीबाट प्राप्त रेमिट्यान्सबाट मुलुक चलाउन खोज्दै छ’– शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट मलेसीयाको वैदेसीक रोजगारीमा जान लागेका एक युवाले खबरडबलीसँग दुखेको पोखें । बर्दिया स्थाई घर भएका सागर चौधरी प्रर्व माओवादी लडाकु समेत हुन । उनी माओवादीले राज्य परिवर्तनको नारा बोक्दै संचालन गरेको जनयुद्धमा पूर्णतया होमिएका सामान्य परिवारका मानिस हुन । ‘यतिबेला मुलुकमा गणतन्त्र आएको छ, हिजो राजा बस्ने ठाउँमा राजनीतिक दलका ठूला भनउदा नेताहरु पुगेका छन, हिजो यद्ध लडेकाहरु देशको बागडोर सम्हादै छन, तर सामान्य मानिसले शिक्ष,स्वास्थ्य र रोजगारिको विकराल समस्यासँग जुघm्नु परिरहेको छ’– उनले भने । उनले परिवार पाल्नैका लागि चर्को रकम बुझाँएर मलेसी स्थीत एक कम्पनिमा लेबरको रुपमा काम गर्न जान लागेको भन्दै अगाडि भने–‘ राजनीतिक परिवर्तनुसँग हिजोका माओवादीसाथीहरुले गाउँमा रहेको कार्यक्रर्तालाई चिन्नै छाडें, यतिबेला त नयाँ माओवादीहरुको लाइनमा नेताहरु हिडेका छन, यस्ले सामान्य नागरिको जीवनमा कुनै परिर्वतन गर्दैन । ’ उनीसँगै विदेस जाने लाइनमा लागेका दर्जनौ युवाहरु थिए, उनीहरु सबैको गुनासो सरकारले स्वदेसमै रोजगारीको वातावरण निर्माण गर्न ध्यान नदिएको तर्फ लक्षित रहेको थियो । उनीहरुले देश विकासको लागि युवा जनशक्तिलाई विदेशमा श्रम र पसिना बेच्ने बाध्य पार्ने र त्यहाबाट आउने रेमिट्यान्सले राजनीति गर्ने नेताहरुको नीति राष्ट्र विकास बिरोधी रहेको भन्दै आक्रोश व्यक्त गरें ।   \"kathmandu-airport-pti-l-750\" श्रम तथा रोजगार व्यवस्था विभागका अनुसार वैदेसीक रोजगारिका लागि धेरै युवाहरु खाडि मुलुकमा जाने गरेका छन । त्यसमध्ये पनि मलेसीयामा वैदेसीक रोजगारीका लागि गएका युवाहरुले धेरै समस्या भोग्नु परेको बारे खबरहरु आएसँगै त्यहाँको लागि सरकारले केहि कडाई गरेको बताउँछ । मलेसीयामा नेपाली कामदारहरु मेनपावर कम्पनी, रोजगार दाता, र मलेसीका स्थानीय वासीन्दाहरुद्धार ठगिने,लुटिने र यातना भोग्ने जस्ता समस्यामा पर्दै आएको त्यहाँबाट श्रमिकहरुले बताएका छन । उनीहरुले भने–‘वैदेशीक रोजगारीका लागि मलेसीया पुगेका नेपालीहरुलाई कसरी ज्यान बचाउने भन्ने पिरलो अधिक रहेको हुन्छ, नेपालीहरु मलेशीयन युवाहरुको तारो बनेका छन् । प्रहरी प्रशासनले पनि त्यस्तो घटनामा नेपालीलाई साथ नदिएको र दुतावासले समस्या सुल्झाउन खासै ध्यान दिएको देखिन्न ।’ मलेसीया दख गरेर कमाएको रकम घरमा पठाउन जादाँ धरै नेपालीहरु लुटिएका छन । धेरैले अनाहकमा ज्यान गुमाउनु परेको समेत समाचारहरु आएका छन, तर राज्यले यस्को समाधान किन खोज्दैन ? उनीहरुले प्रश्न गरेको छन । कहिले नेपाली कामदार कम्पनीसँग गरिएको सम्झौता अनुसारको सेवा सुवीधा नपाएर ठगिएका छन त कहिले मालीकको यातनाबाट, तर जति रिपोर्ट गरेपनि दुतावासको सक्रियत भने देखिएको छैन,उनीहरुको गुनासो छ । विमानस्थलमा दलालहरुकै कारण नेपालीहरुले दुख पाउने गरेको त्यहाँ रहेका युवा वताउँछन् । आफ्नो फाईदाका लागि दलालहरुले कम्पनीसंग सल्लाहनै नगरि आँफुखुशी कामदार पठाउने गरेका कारण धेरै नेपालीहरु विमानस्थलमै अलपत्र पर्ने गरेको उनिहरु वताउँछन् । कम्पनीसंग सम्झौतै नहुने भएका कारण कतिपया अवस्थामा कम्पनीको कोही प्रतिनीधिहरु विदेस पुगेका कामदारलाई एरपोर्टमा लिन समेत जाँदैनन् । दलालहरुले कम्पनीसंग सम्पर्क नगरेर हचुवाको भरमा नेपालीहरुलाई पठाउँदा, कम्पनीसंगको सम्पर्क विनै मलेशीया आएका धेरै नेपालीहरु अवैध हुने र एयरपोर्टमा लामो समय खोरमा कोचिन वाध्य हुने अवस्था समेत त्यहाँ देखिन्छ । मलेसीयामा दुई बर्ष बिताएका टिकाराम ओलीले भने– ‘युवाहरुलाई विदेश सप्लाई गरेर रेमिट्यान्समा दैनिकी भाग बन्डा गर्ने संसदीय व्यवस्थाका हिमायतीहरु, अहिले सरकारको कुर्सी ओगटेर बसिरहेका छन् । उनीहरुलाई लोकतन्त्रको कस्तो चिन्ता छ, जनताको रगत पसिना चुस्ने ?  २६ वर्षमा २५ सरकार बनाउने संसदीय व्यवस्था, जुन व्यवस्थाकै कारण दैनिक सैयौं युवालाई विदेश सप्लाई गरेर हरेक नेपाली डाँडामाथिकी घाम बनेका वृद्द बाबुआमालाई सन्तानको चिता हेर्न बाध्य बनाइरहेछ ।’ उनले राजनीतिक संस्कार गलत भएकै कारण नेपालीहरुले दुख पाएको भन्दै राजनीतिक दलका नेताहरुमाथि आक्रोश पोखेें– ‘अझै मच्चाउ राजनीतिक अस्थिरता । अझै बदल सकेजति सरकार । अनि थप पूर्वप्रधानमन्त्री र मन्त्रीहरुलाई सुविधा । गर, सकेजति रमाइलो गर । हजारौं हजारौं युवाहरूलाई गुलाम,बनाउन लाग, हजारौं युवाको भविष्य लिलामीगरी भव्य भोज गरिराख, तिम्रा छोराछोरी लाई बिदेशमा पढ्न पठाउ गरीबको छोरा छोरीलाई बिदेशी गल्लीमा सडाउ, तिमीहरुलाई दुई चार जना नेपाली विदेसी भूमिमा मर्दैमा के फरक पर्छ र ?’ [caption id=\"attachment_97905\" align=\"alignleft\" width=\"750\"]\"मलेसीयामा मलेसीयामा रहेका नेपाली श्रमिककाे समस्याबारे छलफल गर्दै जनप्रगसिल मोर्चा[/caption] मलेसीयामा रहेका नेपाली कामदारको समस्या र उनीहरुको अवस्थाको बारेमा बेला बेलामा छलफल गर्ने र सकेजति समाधानको लागि पहल समेत गर्न अग्रसर नेपाली जनप्रगसिल मोर्चा मलेसियाले त्यहाँ नेपाली कामदारका समस्या समाधानका लागि नेपाली राजदुतावासलाई ज्ञापन पत्र बुझाए पनि राज्यले कुनै चासो देखाएको छैन भन्छन, मोर्चाका प्रवक्ता समेत रहेको टीकाराम ओली । ओलीका अनुसार मलेसीयामा नेपालली कामदार असुरक्षित छन । उनीहरुको समस्यामा राज्यले गम्भिरतापूर्वक काम गर्नु पर्दछ । कतिपय असुरक्षित अवस्थामा रहेका कामदारहरुलाई नेपाल फर्काउन तथा श्रम शोपषणमा परेकाहरुको उद्धार र कानुनी न्याय दिलाउन सम्बन्धित निकायको ध्यान पुग्न जरुरी छ ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies